६ सय नेताको नाम वर्षमानको खल्तीमा
काठमाडौं । एमाओवादी र नेकपा माओवादी एकीकरण गरेर बनेको नेकपा माओवादी केन्द्रमा १ हजार ९९ जनाको जम्बो केन्द्रीय महाधिवेशन आयोजक समिति बनेको छ । तर, माओवादीभित्र आश्चर्यको स्थिति के देखिएको छ भने एकीकरण भएको करिब एक महिना पुग्न लाग्दासमेत आयोजक समितिमा परेका करिब ६ सय जनाको नाम अझै केन्द्रीय कार्यालयको अभिलेखमा भेटिादैन ।
प्रचण्ड माओवादी र बादल नेतृत्वको माओवादीको केन्द्रमा रहेका केन्द्रीय सदस्यहरूको नाम एकीकरणपछि माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा अभिलेख रहे पनि बाँकी आयोजक समिति सदस्यको नाम ‘गुमनाम’ राखिएको छ । त्यसो त ती नाम आयोजक समिति गठनका लागि बनाइएको कार्यदल सदस्यद्वय वर्षमान पुन र देव गुरुङको खल्तीमा मात्रै रहेको माओवादीकै नेताहरूले टिप्पणी गर्न थालेका छन् । पार्टी हेर्डक्वार्टर बैठकमा नाम अनुमोदन भए पनि शीर्षस्थ नेताहरूलाई नै को–को केन्द्रीय महाधिवेशन आयोजक समितिमा छन् भन्ने ख्याल छैन ।
पछि थपिएका ६ सयजनाको नाम दुई नेताको खल्तीभित्रै सीमिति रहेका बेला सामाजिक सञ्जालहरूमा माओवादीको आयोजक समितिलाई खिल्ली उडाउनेहरूको संख्या दिनप्रतिदिन बढ्दो छ । ‘कतै तपाईं कोटेश्वरतिर त हुनुहुन्न, बाटामा हिँड्दा–हिँड्दै पाखुरामा समाएर केन्द्रीय सदस्य बन्नुपर्यो भन्दा आपत्मा पर्नुहोला…’ सामाजिक सञ्जालहरूमा यस्ता टिप्पणी प्रशस्तै पाइन थालेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply