प्रदेश कमिटी बनाउन तीन विकल्प
काठमाडौं । नेकपा एमालेले प्रदेश संगठन कमिटी गठनका लागि तीन विकल्पमा केन्द्रित रहेर छलफल अघि बढाएको छ । केन्द्रीय संगठन विभागले कमिटी गठनका लागि ती विकल्प छलफलका लागि प्रस्ताव गरेको हो ।
पहिलो विकल्पमा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरूलाई मात्रै समेटेर कमिटी सानो र छरितो बनाउने, दोस्रो विकल्पमा केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष र राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य तथा निवर्तमान जिल्ला अध्यक्ष राखेर कमिटी बनाउने रहेको छ । तेस्रो तथा अन्तिम विकल्पमा भने केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष, राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य, निवर्तमान जिल्ला अध्यक्ष तथा निवर्तमान अञ्चल सचिव राखेर कमिटी बनाउने गरी संगठन विभागले प्रस्ताव गरेको छ । तर, निवर्तमानहरूलाई राख्ने हो भने पूर्वराष्ट्रिय प्रतिनिधि परिषद् सदस्य र पूर्वकेन्द्रीय सदस्यहरूलाई किन नराख्ने ? भन्ने बहस छलफलमा उठेको पोलिटब्युरो सदस्य वेदुराम भुसालले बताए ।
‘हामी सानो कमिटी बनाएर जानुपर्छ भन्ने पक्षमा छौं । यदि निवर्तमानहरूलाई राखेर जाने हो भने पूर्वकेन्द्रीय सदस्यहरूलाई पनि समेटेर जानुपर्ने हुन्छ भन्ने प्रस्ताव छलफलमा आएको छ,’ उनले भने । स्थायी समितिको गत सोमबार सम्पन्न स्थायी समिति बैठकले भने प्रदेश कमिटीमा जनसंगठनका पदाधिकारी र स्थानीय निकायका पूर्वजनप्रतिनिधिहरूलाई पनि समेटेर जानेगरी मोटामोटी मापदण्ड तयार गरेको थियो । बैठकले यससम्बन्धी गृहकार्य गरेर सचिवालयमा नाम प्रस्ताव गर्ने जिम्मेवारी संगठन विभागलाई दिएको थियो ।
त्यसअनुसार छलफल चले पनि विभागले तीनवटा विकल्पसहितको प्रस्ताव मात्रै तयार पारेको छ । गत ४ वैशाखमा सम्पन्न केन्द्रीय कमिटी बैठकले प्रदेश कमिटी बनाउने निर्णय गरिसके पनि एमालेमा प्रादेशिक ढाँचाअनुसार अझै कमिटी बन्न सकेको छैन । प्रदेश कमिटी बनेपछि चुनाव लक्षित कार्यक्रम र अभियान सुरु गर्ने एमालेको तयारी छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply