भिक्षुले च्यापे ‘भ्रष्ट’
काठमाडौं । लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु निग्रोधले एकजना कम्प्युटर अपरेटरलाई लेखा अधिकृतमा बढुवा गरेपछि अहिले कोषभित्र व्यापक रूपमा हल्लीखल्ली मच्चिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समेत बढुवाका लागि अयोग्य ठहराएका कम्प्युटर अपरेटर भीम बस्नेतलाई केही दिन अघि बढुवा गरिएको हो ।
कोषका सदस्य सचिव अजितमान तामाङले आफूअनुकूलको काम गराउन कम्प्युटर शाखाबाट लेखामा ल्याएका बस्नेतलाई यसअघि पनि बढुवा गर्न प्रयास गर्दा अख्तियार र मन्त्रालयले रोकेको थियो । बस्नेतको बढुवाको प्रक्रिया अघि बढाउादा अख्तियारका कर्मचारीले कोषको काठमाडौंस्थित सम्पर्क कार्यालयमा उपाध्यक्ष निग्रोधलाई भेटेर ‘बस्नेतलाई कुनै पनि हालतमा लेखाको अधिकृतमा बढुवा नगर्नू, उनको योग्यता पुग्दैन’ भनेर सचेत तुल्याएका थिए । त्यस्तै, उपाध्यक्ष निग्रोधलाई मन्त्रालयमै बोलाएर मन्त्रालयका उपसचिव दयाराम श्रेष्ठले ‘बस्नेतको योग्यता नपुग्ने भएको र उनको शाखा पनि अर्कै रहेको हुादा बढुवा नगर्नू’ भनेर सुझाव दिएका थिए । तर, अख्तियार र मन्त्रालयको सुझावलाई लत्याउादै उपाध्यक्षले नियम, कानुन मिची बस्नेतलाई लेखा अधिकृतमा बढुवा गरेका छन् । अहिले लेखा अधिकृतमा बढुवा भएका बस्नेतको सेवा र समूह नमिल्ने भएको हुादा अख्तियार र मन्त्रालयले रोकेको थियो । उनको सेवा इन्जिनियरिङ शाखा हो भने समूहचाहिा प्रशासन थियो । तर, विगत केही वर्षदेखि लेखा फाट हेर्ने जिम्मा पाएपछि अहिले उनी सेवा र समूह परिवर्तन नगरी लेखा अधिकृतमा बढुवा भएका हुन् । त्यसो त, अख्तियारले बस्नेतमाथि भ्रष्टाचारसम्बन्धी छानबिन गरिरहेको हुादा उनको बढुवाका लागि बाटो खुल्ने अवस्था थिएन । तर, जसरी पनि बढुवा हुने दाउमा लागेका बस्नेतले अख्तियारको महाशाखा–४ का प्रमुख इन्जिनियर दीपक श्रेष्ठलाई राम्रै नजराना चढाएर बढुवाका लागि लबिङ गरेका थिए । इन्जिनियर श्रेष्ठले नै पत्र दिएपछि अख्यितारले डामेका बस्नेतलाई बढुवा हुन बाटो खुलेको थियो । अख्तियार र मन्त्रालयले रोक्दारोक्दै पनि बस्नेतलाई बढुवा गर्नैपर्ने बाध्यता किन उपाध्यक्षलाई पर्यो ? अहिले कोषभित्र यसले व्यापक चर्चा मात्र पाएको छैन । एकजना भ्रष्ट व्यक्तिलाई बढुवा हुन अख्तियारले नै बाटो खोलिदिएकोमा कोषका अरू कर्मचारीहरू चकित परेका छन् ।
प्रचण्डको सचिवालयमा हेरफेर
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको स्वकीय सचिवालयमा हेरफेर भएको छ । विगतको तुलनामा सचिवालय निकै कमजोर बन्दै गएको भन्दै आलोचना बढ्न थालेपछि दाहालले सचिवालयमा सामान्य हेरफेर गरेका हुन् ।
आठ महिनादेखि मिडिया संयोजनको जिम्मेवारीमा रहेका सूर्यकिरण शर्माको स्थानमा दाहालले ३ नम्बर प्रदेश कार्यालयका पूर्ण कार्कीलाई ल्याएका छन् । स्रोतका अनुसार दाहालको सचिवालयबाट कमजोर सूचना प्रवाह भएको भन्दै मूल धारका पत्रिका र अनलाइनमा माओवादी बिट हेर्दै आएका पत्रकारहरूले आलोचना र गुनासो गरिरहेका बेला कार्कीलाई ल्याइएको हो । तर, पत्रकारितामा सम्बन्धै नभएका रामेछापका कार्कीलाई ल्याइएकोमा प्रेस सेन्टर नेपालका पदाधिकारीदेखि माओवादी बिट हेर्दै आएका पत्रकारहरू झन् आश्चर्यचकित भएका छन् । ‘पहिले त कम्तीमा पत्रकारितासाग जोडिएकै व्यक्ति सचिवालयमा थिए, सूचना लुकाए पनि फोन उठाउाथे, तर अहिले कतै साइनो–सम्बन्ध नजोडिएका व्यक्तिलाई ल्याइएपछि अब अध्यक्षज्यूलाई भेटेरै सूचना सम्प्रेषणको महत्त्वमाथि प्रकाश पार्नुपर्ने स्थिति देखियो,’ प्रेस सेन्टरका एक पदाधिकारीले भने । कार्कीले तीन दिनदेखि जिम्मेवारी सम्हालेका छन् ।
शर्माअघि दाहालको सचिवालयमा प्रेस संयोजककै जिम्मेवारीमा रहेका राज्य समिति सदस्य शिव खकुरेल भने केन्द्रीय कार्यालयमा उपाध्यक्ष नारायणकाजी श्रेष्ठको सचिवालयअन्तर्गत प्रशासनिक क्षेत्रमा दिइने कमजोर जिम्मेवारीको भाषामा भन्नुपर्दा जगेडाअन्तर्गत काम गर्छन् ।
केन्द्रीय सदस्य चूडामणि खड्काले स्वकीय सचिवालयको नेतृत्व सम्हाल्दासम्म सचिवालय गतिशील र चुस्त–दुरुस्त रहे पनि नौ महिनायता पोलिटब्युरो सदस्य जोगबहादुर महराले सो जिम्मेवारी सम्हालिरहेका छन् । वरिष्ठ नेता डा. बाबुराम भट्टराईले पार्टी परित्याग गरेर नयाा शक्ति पार्टी गठनको अभियान थालेलगत्तै दाहालले खड्कालाई गोर्खामा पार्टी काम कमजोर बन्न नदिन इन्चार्ज बनाएर पठाएका थिए । महराकै कारण सचिवालय कमजोर बनेकाले पूर्ण हेरफेर नभएसम्म दाहालको सचिवालय अस्तव्यस्त हुने पत्रकारहरूको टिप्पणी छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply