एमालेले बनायो सात प्रदेश संगठन कमिटी
\काठमाडौं । नेकपा एमालेले नयाँ संवैधानिक व्यवस्थाअनुसार सात प्रदेश संगठन कमिटी गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समिति बैठकले पार्टीको पुरानो सांगठनिक ढाँचा विस्थापित गर्दै नयाँ संवैधानिक व्यवस्थाअनुरूप सात प्रदेश संगठन कमिटी गठन गरेको हो ।
बैठकले प्रदेश कमिटीको संयोजक…. रहने गरी कमिटी गठन गर्ने निर्णय गरेको छ । जसअनुसार सबै प्रदेशमा सम्बन्धित भूगोलमा कार्यक्षेत्र रहेका केन्द्रीय सदस्य, जिल्ला कमिटीका अध्यक्षहरू, राष्ट्रिय प्रतिनिधि परिषद्का पूर्वसदस्य र अञ्चल समन्वय कमिटीका पूर्वसचिव प्रदेश संगठन कमिटीका सदस्यहरू रहनेछन् । ‘नयाँ संविधानको ढाँचाअनुसार सबै प्रदेशमा प्रदेश संगठन कमिटी गठन गरिएको छ,’ बैठकपछि सचिव तथा प्रचार विभागका प्रमुख योगेश भट्टराईले भने, ‘प्रदेश कमिटीले बैठकबाट सचिव चुन्नेछन् ।’ उनले प्रदेश कमिटीहरूले संविधान कार्यान्वयन कार्ययोजनाअनुसार निर्वाचनको आन्तरिक तयारी गर्ने बताए । यसअघि एमालेमा केन्द्रीय कमिटीभन्दा तल अञ्चल समन्वय कमिटी थियो । जिल्लाभन्दा माथिल्लो कमिटी रहे पनि अञ्चल कार्यकारी थिएन । पााचवटा विकास क्षेत्रको कामको समन्वय गर्ने जिम्मेवारी पाँच उपाध्यक्षलाई दिइएको थियो । तर, स्थायी समितिबाट गठित प्रदेश कमिटी भने अञ्चल कमिटीभन्दा कार्यकारी हुनेछन् । प्रदेश संगठन कमिटीले मातहतको जिल्ला, नगर, गाउँ तहको भेला र अधिवेशनहरू गरी ६ महिनाभित्र प्रदेश संगठन कमिटीको प्रथम अधिवेशन गर्नेछ ।
११ विभागले पाए सचिव
काठमाडौं । नेकपा (एमाले)का ३१ वटामध्ये ११ वटा केन्द्रीय विभागले सचिव पाएका छन् । जेठको पहिलो हप्ता विभागहरूले पूर्णता पाएसागै धमाधम सचिव चयन प्रक्रिया सुरु भएको हो ।
यो हप्ता मात्र चारवटा वभागले सचिव छानेका छन् । जसमा पोलिटब्युरो सदस्य राजेन्द्र पाण्डे प्रमुख रहेको निर्वाचन विभागमा बाबुराम दाहाल, पोलिटब्युरो सदस्य तुलबहादुर गुरुङ प्रमुख रहेको राष्टिय हित तथा सुरक्षा प्रवद्र्धन विभागमा सोभियत ढकाल, पोलिटब्युरो सदस्य पशुपति चौलागार्इं प्रमुख रहेको सहकारी विभागमा केबी उप्रेती र पोलिटब्युरो सदस्य कर्णबहादुर थापा प्रमुख रहेको युवा तथा खेलकुद विभागमा …..सचिव भएका छन् ।
अघिल्लो हप्ता वरिष्ठ नेता माधवकुमार नेपाल प्रमुख रहेको विदेश विभागले यादवचन्द्र शर्मा, स्थायी समिति सदस्य मुकुन्द न्यौपाने प्रमुख रहेको उद्योग तथा वाणिज्यले श्रीचन्द्र शर्मा, केन्द्रीय सदस्य ठाकुर गैरे प्रमुख रहेको कृषि तथा भूमिसुधारले लक्ष्मण लम्साल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे प्रमुख रहेको अर्थ योजनाले डा. गोविन्दबहादुर थापा र स्थायी समिति सदस्य परशुमेघी गुरुङ प्रमुख रहेको संघीय मामिलाले शिव गुरुङलाई सचिव चयन गरेको थियो । पार्टी अध्यक्ष केपी ओली प्रमुख रहेको स्कुल विभागमा ईश्वरी रिजाल र सचिव पृथ्वीसुब्बा गुरुङ प्रमुख रहेको संगठन विभागमा ज्ञानबहादुर भुजेललाई केन्द्रीय कमिटी बैठकले नै सचिवको जिम्मेवारी तोकेको थियो । अब बााकी २० वटा विभागले पनि चााडै सचिव छान्ने बताइएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply