चिनियाा लामा नियुक्तिमा आर्थिक चलखेल
काठमाडौं । गुठी संस्थानले आर्थिक चलखेलका आधारमा स्वघोषित औतारी भूपति लामालाई बौद्ध घ्याङगुठीको चिनियाा लामा पुजारी नियुक्ति गर्ने निर्णय गरेको छ । २०७२ असोजमा नियुक्त चिनियाा लामा सेरब दोर्जेको २०७३ जेठ १६ गते निधन भएपछि रिक्त पदमा उनका छोरा ज्योतिबज्र लामाको नियुक्ति गर्न गुठी संस्थान शाखा कार्यालय काठमाडौंले सिफारिस गरेको थियो । बौद्ध घ्याङगुठीको लगत र मिसिलमा रहेको लालमोहर, तोक सदर दस्तखतहरू र कौसी तोषाखानाबाट प्राप्त भएको १९०७ सालको लालमोहरमा सन्तान दरसन्तानमध्ये चिनियाा लामाका छोरालाई चिनियाा लामा नियुक्त गर्नुपर्ने उल्लेख छ । मिसिल र लालमोहरका आधारमा सेरब दोर्जेको निधनपछि उनका छोरा ज्योतिबज्र लामा चिनियाा लामाका हकदार भए पनि गुठी संस्थानका उच्च अधिकारीले ठूलो रकम घूस खाएर कथित औतारी भूपति लामालाई नियुक्ति गर्ने निर्णय गरेका छन् । भूमिसुधार राज्यमन्त्री विक्रमबहादुर थापा र संस्थानको धार्मिक शाखाका प्रमुख दीपकबहादुर पाण्डेले भूपति लामालाई चिनियाा लामा नियुक्ति गर्ने क्रममा करोडौं आर्थिक चलखेल गरेको आरोप छ । लालमोहर प्राप्त सेरब दोर्जेका छोरा ज्योतिलाई चिनियाा लामा नियुक्ति गर्न संस्थानको काठमाडौं शाखाले गरेको सिफारिस लुकाएर भूपतिको निर्णय गर्ने क्रममा आर्थिक चलखेल भएको उजुरी भूमिसुधारमन्त्री रामकुमार सुब्बासमक्ष परेपछि उनले नियुक्तिपत्र दिन रोकेका छन् । तर, भूमिसुधार राज्यमन्त्री थापाले घुस लिइसकेकाले उनीहरू भूपतिलाई पत्र दिने तयारीमा छन् । राप्रपा नेपालको केन्द्रीय कार्यालयदेखि एमाले कार्यालयसम्म चिनियाा लामा नियुक्तिमा आर्थिक चलखेल भएको उजुरी परेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नक्कली डाक्टरको छानबिन गरिरहेको छ । भूपति लामाले रिम्पोछे उपाधि कसरी पाए, कसरी धर्मगुरु लेखेका छन् । बौद्धका लामाहरू भन्छन्– ‘उनी कसका अवतार हुन्, उनलाई लामाहरूको चार सम्प्रदायमध्ये कुन सम्प्रदायले औतारी घोषणा गरेको हो, छानबिन गरे उनी नक्कली ठहरिनेछन् ।’ भूपति लामाले पासपोर्टमा समेत आफूलाई औतारी लेखेका छन् । जबकि, लामाका चार सम्प्रदायमध्ये गेलुक्पा, कग्युपा, शाक्यपा, मिङ्मापामध्ये उनलाई कसैले औतारी घोषणा गरेका छैनन्, तर स्रोतका अनुसार उनी औतारी, रिम्पोछे, धर्मगुरु भन्दै नपाएको उपाधि प्रयोग गर्दै हिाडेका छन् ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply