३० रुपैयााको निहुामा औंला चट
काठमाडौं । सांसद, मन्त्रीसमेत भइसकेको मान्छे ३० रुपैयााको निहुामा बजारमा खुलेआम झगडा गर्न तम्सादा कालोमोसो दलिनबाट बालबाल बचेका छन् ।
घटना गत मंगलबारको हो । संसद्को विधायन समितका
सभापति गंगा चौधरी नेतृत्वमा १८ सदस्यीय टोली गत सोमबार पुनरावेदन सेती (डोटी) र महाकाली (कञ्चनपुर)साग मुलुकी ऐन प्रतिस्थापन गर्ने विधेयकका विषयमा छलफल गर्न गएको थियो ।
कञ्चनपुरको कार्यक्रम सकिएपछि मंगलबार टोलीका अरू सबै तल कञ्चनपुरमै बसे । भोलिपल्ट कञ्चनपुरबाट डोटी जानुपर्ने थियो । तर, सोही भेग बाजुराबाट सांसद भएका र पूर्वउद्योगमन्त्री समेत भएका कर्ण थापालाई त्यहाा अलिकति चुरीफुरी नदेखाई किन हुन्थ्यो र ? अरूले त्यही बस्ने भन्दाभन्दै उनीचाहिा सांसद अफिलाल उखेडा, लालबहादुर रावल र कृपा रानालाई लिएर शीतल खान भन्दै खानीडााडाका लागि हिाडे ।
खानीडााडा भनेको कैलालीमै पर्ने केही अग्लो भूभाग हो, पूर्वको भेडेटारजस्तै । खानीडााडा अत्तरिया हुादै जानुपर्छ । जाादाजाादै बाटोमो अत्तरिया पुगेपछि थापाले यहाा आफ्ना आफन्त भेट्ने प्रस्ताव राखे । गाडी त्यही रोकेर आफन्तको पसलतिर लागे । आफन्सको पसलसागै जोडिएको अर्को पसलमा सुक थापाले नरिवलको भाउ सोधे । पसलेले किलोको ४ सय ३० रुपैयााा पर्ने बताए । थापाका आफन्तले अर्को पसलमा किलोको ४ सयमा नै दिने कुरा गरे । यो सुनेपछि थापाले रिस थाम्न सकेनन् । उनी त ‘३० रुपैयाा बढी लिने ? ठग्ने, ब्ल्याकमेलिङ गर्ने ?’ भन्दै झगडा गर्न तम्सिए । रिसको झोंकमा मुड्कीले हानेर पसलको सिसा फुटाए । सिसा पुटेर बुढी औंलाको नसा काटियो, रगतको भल बग्न थाल्यो ।
बजारमा ठूलो हल्लाखल्ला भयो । वरिपरिका सर्वसाधारण, व्यापारी जम्मा भए र थापालाई कालोमोसो दल्ने भन्दै कराउन थाले । एकैछिनमा प्रहरी पनि आए । प्रहरीले उनी सांसद, पूर्वमन्त्री भएको चिने र त्यहााबाट जोगाएर धनगढीतर्फ पठाए । सागै गएका सांसद लालबहादुर रावलले सिसाको १५ सय तिरे ।
डोटी जानुपर्ने मान्छे त्यहाँबाट धनगढी गए । रात त्यही काटे । त्यहाा मेडिकलमा देखाए । राम्रो उपचार नभएपछि भोलिपल्ट बिहानै प्लेनबाट काठमाडांै आएर औंलाको उपचार गराए । सगै गएका अरू चाहि डोटीमा काम गरेर फर्किएका थिए ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
Leave a Reply