विदेश उडेको मन्त्रीलाई पत्तै छैन
काठमाडौं । कुनै पनि कर्मचारीले आफू विदेश जाादा मन्त्री वा सचिवलाई पूर्वसूचना दिएर उड्ने गर्दछन् । तर, लुम्बिनी विकास कोषका सदस्य सचिव अजितमान तामाङले भने आफ्नो तालुकवाला मन्त्रालयका सचिव र मन्त्री कसैलाई पनि थाहै नदिई विदेश उडेका छन् । तामाङ उपाध्यक्ष भिक्षु निग्रोधको स्वीकृति लिएर विदेशतिर लागेका हुन् ।
आफूसाग राम्रो सम्बन्ध नभएका कारण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेललाई सुइाकोसमेत नदिई सदस्य सचिव तामाङ दस दिनका लागि टर्कीको इस्तानबुलतिर उडेका छन् । विश्व सम्पदा सूचीमा परेका ऐतिहासिक र पुरातात्त्विक धरोहरबारे हुने कार्यक्रममा भाग लिन तामाङ केही दिनअघि मात्रै कोषको काठमाडौं सम्पर्क कार्यालयका ज्ञानिन राईलाई लिएर इस्तानबुलतिर गएका हुन् । मन्त्री पोखरेललाई थाहापत्तै नदिई उनी विदेशतिर लागे पनि सचिव प्रेमकुमार राईलाई भने उनी विदेश जान लागेको थाहा थियो । किनकि, मन्त्रीसाग सम्बन्ध बिग्रिएपछि सचिव राईलाई हातमा लिएर काम गरिरहेका तामाङले इस्तानबुलको कार्यक्रममा सचिव राईलाई पनि लिएर जाने तारतम्य मिलाएका थिए । तर, पछिल्लो समय यही विषयलाई लिएर सचिव राईको आलोचना बढ्न थालेपछि र तामाङसाग राई जाादा मन्त्री पोखरेलले पनि नराम्रो ठान्ने सम्भावना रहेको हुादा अन्तिम समयमा आएर राईले इस्तानबुल नजाने टुंगो गरेको बताइन्छ ।
यसैगरी, सदस्य सचिव तामाङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जापानको सोकियो अर्गनाइजेसनले लुम्बिनी क्षेत्रभित्र थालेको बिहार निर्माणको काम रोकेको विषयमा स्पष्टीकरण सोधेको छ । जापानको उक्त संस्थाले कोषसँग सम्झौता गरेर सन् १९९३ देखि नै विहार निर्माणको काम थालनी गरेर केही महिनाभित्रै उद्घाटन गर्नेे तयारी गरिरहादा तामाङले काम रोक्न पत्र दिएका थिए । उक्त संस्थासँग ५० लाख रुपैयाँको बार्गेनिङ गरे पनि कुरा नमिल्दा तामाङले काम रोकेको बताइन्छ ।
यही विषयलाई लिएर अख्तियारले तामाङसाग स्पष्टीकरण माग्दा उल्टै उनले मन्त्री पोखरेललाई दोषी देखाएर उम्किन खोजेका छन् । अख्तियारले ‘जापानी संस्थाको काम किन रोकेको ?’ भनेर तामाङलाई सोध्दा उनले ‘मैले होइन, मन्त्रीले रोक्न लगाएका हुन्’ भनी जवाफ दिएका थिए । तर, स्रोतका अनुसार यो विषयमा मन्त्री पोखरेललाई कुनै जानकारी नै छैन ।
यसैबीच, कोषको बैंकिङ चेकमा उपाध्यक्ष, सदस्य सचिव र कोषाध्यक्षको हस्ताक्षर हुने भए पनि उपाध्यक्ष र सदस्य सचिवले मात्र चेक काट्न थालेपछि बैंकले त्यसलाई अस्वीकार गरेको छ । बैंकले चेकमा कोषाध्यक्षको हस्ताक्षर अनिवार्य हुनुपर्ने जनाएपछि उपाध्यक्ष र सदस्य सचिवले एकलौटी गर्न चाहे पनि त्यस्तो सम्भावना टरेको बताइन्छ । यो कुरा मन्त्री पोखरेलसमक्ष पनि पुगेको थियो । मन्त्रीले समेत बैंकको चेकमा कोषाध्यक्षको हस्ताक्षर अनिवार्य हुनुपर्ने बताएका थिए । त्यसो त कोषको बैंक खातामा अहिले पैसा नै छैन । तर, पैसा नभए पनि करोडौंको चेक काट्ने काम भएको बताइन्छ । अहिले लुम्बिनीमा काम गरेका ठेकेदारहरू बैंकमा पैसा नै नभएको चेक लिएर घुमिरहेको बताइन्छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply