गुन्टासमेत कस्न दिएनन्
काठमाडौं । उज्यालो नहुादै आफूभन्दा करिब सय मिटर अगाडिको एउटा बस विस्फोटमा पर्दा आएको तिखो आवाज अझै पनि भक्तनारायण श्रेष्ठको कानमा गुन्जिरहेको छ । युद्धग्रस्त अफगानितानको राजधानी काबुल सहरको त्यो कहालीलाग्दो बिहानीलाई उनी सायदै बिर्सन सक्लान् । भन्छन्– ‘म पछिल्लो गाडीमा थिएा, तर अगाडितिर एक्कासि केही पड्किएकोजस्तो आवाज आयो । त्यसपछि केही प्रहरी आए र सडक नै जाम भयो । सबैजना के भयो भनेर हेर्न थाले । तत्काल नेपालीहरू चढेको गाडीमा विस्फोट भयो भन्ने सुन्यौं ।’
काबुल विस्फोटपछि सन्न भएका श्रेष्ठ त्यतिबेला झनै भावुक बने, उक्त विस्फोटमा उनीसागै १३ वर्ष बिताएका विदुरबहादुर सुवेदी पनि परेको थाहा पाए । श्रेष्ठ र सुवेदी भैरवनाथ गणमा १३ वर्ष सागै बिताएका थिए । श्रेष्ठ भन्छन्– ‘उनी र म अत्यन्त मिल्ने साथी थियौं । तर, काबुलमा उनको दु:खद मृत्यु भएको खबरले म मर्माहित छु ।’
गएको असार ६ गते काबुलस्थित क्यानेडियन दूतावासमा सुरक्षा गार्डमा कार्यरत १३ नेपालीको विस्फोटमा परी मृत्यु भएपछि काबुलमा रहेका अरू सुरक्षा गार्डहरूमा तनाव सिर्जना हुनु स्वाभाविकै थियो । सो दिन बिहानै आफू बस्ने ठाउाबाट क्यानेडियन दूतावासमा ड्युटीका लागि जाादै गर्दा बाटैमा तालिबानी आक्रमणकारीहरूद्वारा नेपालीहरू चढेको बसमा आक्रमण भएको थियो, जसमा १३ नेपालीले जीवन गुमाए भने अरू घाइते भए । तालिबानीहरूको आक्रमणको निसानामा पटकपटक पर्दै आएको राजधानी काबुलस्थित विभिन्न विदेशी कूटनीतिक नियोग र अन्य निकायहरूमा सुरक्षा गार्डका रूपमा तैनाथ नेपालीहरूले अरू पनि त्यस्तै घटना दोहोरिन सक्ने त्रास पाल्नु स्वाभाविकै थियो । खासगरी, तालिबानीहरूले अमेरिका, क्यानडा र बेलायतजस्ता देशका कूटनीतिक नियोगका कार्यालयमाथि आक्रमणको निसाना बनाउने भएको हुादा बेलायती दूतावासमा कार्यरत नेपालीहरूले पनि सुरक्षाको प्रश्न उठाउन पुगे । तर, सुरक्षाको प्रत्याभूति माग गर्ने बेलायती दूतावासको सुरक्षामा कार्यरत ३ सय ५० मध्ये पटकपटक गरी १ सय ६ सुरक्षा फौजलाई अमानवीय तरिकाले नेपाल फर्काएपछि भने अहिले उनीहरूले आफूमाथि भएको अन्याय सबैलाई बााड्नुका साथै न्याय पाउने अपेक्षामा जुटेका छन् ।
जबर्जस्ती नेपाल फर्काइएका महेन्द्र केसी भन्छन्– ‘हामीले जुन ठाउामा सुरक्षा दिनुपर्ने हो, त्यही ठाउामा नै बस्ने व्यवस्था मिलाउन भनेका थियौं । किनकि, हामी बस्ने ठाउा र ड्युटी गर्ने ठाउाको दूरी करिब १३ किलोमिटरभन्दा बढी नै रहेको हुादा र गाडीमा ओहोरदोहोर गर्नुपर्ने भएको हुादा सुरक्षाको त्रास हामीलाई परिरहन्थ्यो । तर, हाम्रो कुराको सुनुवाइ भएन र हामीलाई जबर्जस्ती नेपाल फर्काइयो ।’ अर्का पीडित श्रेष्ठ भन्छन्– ‘नेपाल फर्काइनु बिहान हामी सुतिरहेका थियौं । केही गोराहरू हामी सुतिरहेको ठाउामा आए र हाम्रो ढोका खोले । उनीहरूले हामीलाई तपार्इंहरू आधा घन्टाभित्र एयरपोर्ट पुग्नुस् भने । हामीले सामान मिलाउनै पाएका थिएनौं । हामीलाई जबर्जस्ती उठाए र एयरपोर्टमा ल्याए । कोठामा भएका सामानहरू पनि मिलाउन नपाउादै हामीलाई नेपाल फर्काए ।’
नेपाल फर्किएर अलपत्र परेका १ सय ६ कामदारले अहिले विनापूर्वसूचना जागिरबाट निकाली डिपोर्ट गरिएकाले आफूहरूले पाउन बााकी तलब, ओभरटाइमबापतको रकम, छुट्टीको रकम, बोनस, यातायात खर्च, भत्तालगायत उपलब्ध हुन सबै बााकी रकम उपलब्ध गराउन माग गरेका छन् । आफूहरूसाग एक वर्षका लागि सम्झौता गरेको हुादा एक वर्षको तलब र सेवासुविधा पाउनुपर्ने माग पनि उनीहरूले गरेका छन् । उनीहरूको मागमा आफूलाई अफगानिस्तानमा काम गर्न पठाउने एक्सकम इन्टरनेसनल र सो देशस्थित आफूहरूले काम गरेको कम्पनीको माथिल्लो तहमा कार्यरत नेपालीहरूले, सुरक्षा गार्डका रूपमा कार्यरत नेपालीहरूले पाउने सेवासुविधाहरूमा कमिसनको खेल गरी आफूलाई जबर्जस्ती नेपाल फर्काइएको बताएका छन् । आफूहरूलाई नेपाल फर्काउन भूमिका खेल्ने श्रीराम पण्डित क्षत्री, डोलबहादुर खत्री, हटमान राई र टंकबहादुर तामाङलाई कारबाही गर्नुपर्ने माग पनि उनीहरूले उठाएका छन् । ती चारैजनाले काबुलमा ३ हजार डलर तलब खाने र आफूहरूलाई भने ८ सय ५० डलर मात्रै दिने गरेको उनीहरूले बताए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply