आफ्नै नजिरले सुगतलाई संकट
काठमाडौं । नेपाल वायुसेवा निगममा कुलबहादुर लिम्बू महाप्रबन्धक छादाछादै कार्यकारी अध्यक्ष बनेर लिम्बूसँग सिँगौरी खेल्न पुगेका सुगतरत्न कंसाकारलाई आफैंले स्थापित गरेको नजिरले संकट उत्पन्न गराएको छ । कंसाकार अहिले निगममा तेस्रोपटक महाप्रबन्धक बनेर आएका छन् ।
सुशील कोइराला नेतृत्वको सरकारमा सबै पार्टीका नेताहरूलाई चित्त बुझाएर निगमका आएका उनी पछिल्लो समय पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलसाग सम्बन्ध धमिलिएपछि चिन्तित बनेको बताइन्छ ।
पर्यटनमन्त्री पोखरेलले निगमको कार्यकारी अध्यक्षमा पूर्वमहाप्रबन्धक मदन खरेललाई नियुक्त गर्न मन्त्रिपरिषद्मा ठाडो प्रस्ताव लगेपछि कंसाकार झस्किएको बताइन्छ ।विमान खरिद र ठूला खालका भुक्तानीका सवालमा मन्त्री र महाप्रबन्धकबीच कुरा नमिलेपछि महाप्रबन्धक कंसाकारलाई अप्ठ्यारो पार्न अर्को व्यक्तिलाई अध्यक्षका रूपमा निगममा ल्याउने तयारी गरेको बताइन्छ ।
पैसाका लागि मरिहत्ते गर्ने मन्त्री पोखरेललाई अर्का झापाली मन्त्री अग्नि खरेलले कान फुकेपछि पोखरेलले मदन खरेललाई कंसाकारभन्दा माथि कार्यकारी अध्यक्ष बनाउने प्रस्ताव मन्त्रिपरिषद्मै लगेका थिए । मदन खरेल र अग्नि खरेलबीच नजिकैको पारिवारिक सम्बन्ध रहेको बताइएको छ ।
पूर्वपर्यटनमन्त्री दीपक अमात्यले एमाले नेता झलनाथ खनालको दबाबमा शिवशरण न्यौपानेलाई अध्यक्ष बनाएपछि निगममा विगतमा पनि विवाद उत्पन्न भएको थियो । कार्यकारी तहको महाप्रबन्धक कंसाकार हुादाहुादै निगमबाट काम गर्न नसकेर बीचैमा छाडेर हिाडेका महाप्रबन्धक खरेललाई पुन: कार्यकारी अध्यक्षमा ल्याउनुलाई रहस्यमय तरिकाले हेरिएको छ ।
अहिले निगमको अध्यक्षमा पर्यटन सचिव प्रेमकुमार राई छन् । उनी देशबाहिर रहेका बेला मन्त्री पोखरेलले यो प्रस्ताव ल्याएका हुन् । मन्त्रिपरिषद्मा सचिवले प्रस्ताव लैजाने प्रावधान भए पनि मन्त्री पोखरेलले उनी नभएको मौकामा गत शुक्रबार मन्त्रिपरिषद् बैठकमा ठाडो प्रस्ताव लगेका थिए ।
मन्त्री पोखरेलले प्रस्ताव लिएर जाादा निगमका महाप्रबन्धक कंसाकार पनि देशबाहिर थिए । उनको प्रस्तावप्रति मन्त्रिपरिषद्का केही सदस्यले आपत्ति जनाएका थिए । स्रोतका अनुसार पोखरेल पर्यटनमन्त्री भएर आएको दिनदेखि नै महाप्रबन्धक कंसाकारलाई हटाउने दाउमा थिए । कंसाकारलाई सुशील कोइराला नेतृत्वको सरकारले ०७२ जेठ १४ गते चार वर्षका लागि निगम महाप्रबन्धक नियुक्त गरेको थियो । त्यसअघि पनि उनले महाप्रबन्धक र कार्यकारी अध्यक्ष भएर निगमको नेतृत्व गरेका थिए ।मन्त्री पोखरेलले कार्यकारी अध्यक्ष नियुक्त गर्न प्रस्ताव गरेका खरेल ०४२ सालतिर निगम प्रवेश गरेका हुन् । उनी महाप्रबन्धक हुनुअघि कमर्सियल डाइरेक्टर (१० तह)मा कार्यरत थिए । सरकारले खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गर्ने भएपछि उनी कमर्सियल डाइरेक्टरबाट राजीनामा दिएर प्रतिस्पर्धामा उत्रिएका थिए।
२०६९ मंसिर दोस्रो साता प्रतिस्पर्धाबाट चार वर्षका लागि निगमको महाप्रबन्धक छानिएर आएका खरेलले काम सुरु गरेको २७ महिनामै राजीनामा दिएका थिए । कर्मचारी युनियनले असहयोग गरेका कारण राजीनामा दिन बाध्य भएको त्योबेला खरेलले साथीभाइसाग बताएका थिए ।
त्यस बेला आफूभन्दा माथि अर्को व्यक्ति नियुक्त गरिनु र सरकारको माथिल्लो निकायबाट काम गर्ने वातावरण बिगारी निरन्तर हस्तक्षेप भएको गुनासो गरेका खरेल अहिले आफैं कार्यकारी अध्यक्ष हुन दौडधुप गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
निगममा पदाधिकारीका रूपमा छिरेका हरेक व्यक्तिले हवाई माफियाको एजेन्टका रूपमा उनीहरूको स्वार्थ सिद्धी गर्ने ढंगले काम गर्दै आएपछि विवादमा पर्ने गरेका छन् । यसैबीच, राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोषलाई १ अर्ब ५८ करोड रुपैयाा चुक्ता गरेको छ । निगमले गएको १५ महिनामा यो रकम चुक्ता गरेको हो । वायुसेवा निगमले युरोपेली जहाज निर्माता कम्पनी एयरबससाग १५ महिनाअघि खरिद गरी ल्याएका दुई थान नयाा जहाजको रकम सञ्चय कोषसाग ऋण स्वरूप लिएको थियो । निगमले कोषसाग १० अर्ब रुपैयाा ऋण लिएको थियो ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply