महानगरमा गोलमाल गर्ने को–को ?
काठमाडौं । काठमाडौं महानगरपालिका लामो समययता भ्रष्टाचारको अखडाका रूपमा परिणत हुन पुगेको छ । महानगरमा भएको अनियमितताका सन्दर्भमा पटकपटक अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरे पनि अन्तत: त्यसलाई गोलमाल पार्ने र निर्दोष साबित गर्ने गरिएको बताइन्छ ।
महानगरमा आर्थिक वर्ष ०७१/७२ मा भ्याटबाहेक ५४ करोड ४० लाख रुपैयाा बराबरको खरिद कार्य भएको छ । लागत अनुमान ६६ करोड रुपैयाा रहेको थियो । समीक्षा अवधिमा कुल १ सय ३६ वटा सम्झौता भएका थिए । त्यसमध्ये ९० वटा निर्माणसम्बन्धी, ४२ वटा मालसामानसम्बन्धी र चारवटा परामर्श/अन्य सेवाका रहेका छन् । त्यसैगरी, खरिद योजनाबमोजिम बोलपत्र कारबाही तोकिएको समयावधिमा सम्पन्न गर्न लागत अनुमान तथा कार्यक्रम समयमै स्वीकृत गर्नुपर्ने हुन्छ । त्यसो नगरी आफू निकट र बढी कमिसन पाउने ठेकेदार कम्पनीहरूलाई सेटिङ मिलाएर निर्माणको ठेक्का दिने गरिएको बताइन्छ ।
यस कार्यमा निर्माण विभाग प्रमुख उत्तर रेग्मी, प्रशासन प्रमुख ज्ञानेन्द्र कार्की, लेखा प्रमुख नूरनिधि न्यौपाने र नासुबाट केही अघि मात्र बढुवा भएका उठ्ती कार्यका नाइके श्याम पाण्डे संलग्न रहने गरेको थाहा भएको छ । त्यसो त पाण्डेले नै ठेकेदारहरूसाग रकम उठाएर तलदेखि माथिसम्म बााड्ने गरेको महानगरका कर्मचारीबीचमा चर्चा छ ।
लामो समयदेखि निर्माण विभागमा बसेका पाण्डेले नै कार्यकारी र ठेकेदारसम्म सेतुका रूपमा काम गर्ने गरेका छन् । भर्खरै समाप्त भएको आर्थिक वर्षमा त महानगरकै इतिहासमा सबैभन्दा बढी ठेक्का सम्पन्न भएका छन् । भएभरका बजेट परिचालन गर्ने र आवश्यक कमिसन लिने काममा विभागीय प्रमुख रेग्मी पनि अब्बल मानिन्छन् । उनले यसअघि पनि यूएनडीपीको परियोजनाको बजेट हिनामिना गरेको बताइन्छ ।
सेटिङकै कारण महानगरका ठेक्का प्रायश अशोकभक्त श्रेष्ठ, सूर्य तामाङ र ओङ्चु लामाले पाउने गरेका छन् । त्यसमध्ये श्रेष्ठ के एन्ड केडी निर्माण सेवा, तामाङ सिद्धार्थ कन्ट्रक्सन प्रालि र लामा बिरुवा कन्ट्रक्सन प्रालिका प्रोपाइटर हुन् ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply