मन्त्री नहुादै केसीको चुरीफुरी
काठमाडौं । पछिल्लो समय पार्टी सभापति शेरबहादुर देउवासाग नजिकिएका नुवाकोटे कांग्रेस नेता अर्जुननरसिंह केसीको मन्त्री नहुादै चुरीफुरी बढेको भन्दै कांग्रेसकै कार्यकर्ताले आलोचना गर्न थालेका छन् ।कार्यकर्ताहरूसागको भेटघाटमा केसीले ‘अबको गृहमन्त्री म नै बन्ने हो, त्यसैले केही फिक्री गर्नुपर्दैन’ भन्दै आफ्नो प्रचार आफैंले गर्न थालेपछि उनीद्वारा लामो समयदेखि पालितपोषित कार्यकर्ताहरूले भने खुसी मनाउन थालेको बताइन्छ ।
खासगरी केसीले आफैंले गृहमन्त्रीको हल्ला चलाएपछि उनको राजनीतिक संरक्षणमा गुन्डागर्दी धन्दा चलाउनेहरूले दादागिरी मच्चाउन थालेको बताइएको हो । प्रहरीले इन्काउन्टर गरेका चर्चित गुन्डा नाइके कुमार घैंटेको पक्षमा आफ्ना ज्वाइा गगन थापासमेत भएर कोकोहोलो मच्चाएका कारण बदनामी कमाएका केसीले अहिले पनि केही गुन्डा नाइकेहरूलाई संरक्षण गर्ने गरेको आरोप लाग्ने गरेको छ ।
नुवाकोटका प्रतापसिंह लामा, गान्टे भनिने दीपक चित्रकारसमेतले अहिले केसीको नाम लिएर आफ्नो व्यापार विस्तार गरिरहेको बताइन्छ । उनीहरूको मुख्य धन्दा नै त्रिशुली र तादी नदीको बालुवाको तस्करी गर्ने रहेको बताइएको छ । गणतन्त्र आएपछि एकपटक पनि मन्त्री हुने सौभाग्य नपाएका केसीले आफैंले पनि सञ्चारकर्मीहरूलाई ‘मन्त्री हुने पक्कापक्की भयो भन्दै यसो चर्चा गरिदेऊ न’ भनेर आग्रह गर्ने गरेका छन् ।
उनको चर्चासागै केसी निवास गोंगबुमा अचेल दिनहुा ५०–६० जना कार्यकर्ता सरुवा, बढुवा तथा अन्य चलखेलका लागि भन्दिनुपर्यो भन्दै आउन थालेको एक कार्यकर्ताले बताए । तर, नुवाकोटबाटै देउवाका पुरानो विश्वासी डा. प्रकाशशरण महत परराष्ट्रमन्त्री भए भने योपटक पनि केसीको मन्त्री बन्ने योजना हावा साबित हुने बताइन्छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply