तीन ‘मन्त्री’को ‘एग्रिमो’ आयो, अरूको नाम नेपालमै तय गर्न छुट !
काठमाडौं । केपी ओली नेतृत्वको सरकारलाई हटाएर नयाा सरकार बनाउन लागेका मध्ये तीनजनाको नाम मन्त्रीका रूपमा प्याकेजमै सहमति भएको थाहा भएको छ । स्रोतका अनुसार पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने सहमतिसागै ती तीनजनालाई मन्त्री बनाउने सहमति पनि भएको छ ।
स्रोतका अनुसार पुष्पकमल दाहाल प्रधानमन्त्री निर्वाचित हुनासाथ पहिलो चरणमा माओवादीबाट एक र नेपाली कांग्रेसबाट दुईजनाले शपथ लिनेछन् । यसपटक कांग्रेसबाट विमलेन्द्र निधिले नेतृत्व गर्नेछन् । कांग्रेसभित्र खुलै रूपमा भारतीय पक्षपोषण गर्ने निधिले गृह मन्त्रालय पाउनेछन् । भारतमै ससुराली भएका निधिलाई कांग्रेसको नेतृत्वमा स्थापित गर्ने योजना भारतको रहेको कांग्रेस वृत्तमा यसअघिदेखि नै चर्चा चल्दै आएको छ ।
भौतिक योजनामन्त्री हुादा भारतको स्वार्थअनुसार द्रुत मार्ग उसैलाई दिन निधिले अन्तिम घडीसम्म निकै कोसिस गरेका थिए । स्रोतले भन्यो– ‘यसपटक निधिलाई पार्टी उपसभापति बनाउने योजना थियो । बीचैमा सरकारको कुरा आएकाले उनलाई गृह मन्त्रालयमा पठाएर बढी लाभ लिन सकिन्छ भन्ने दक्षिणको योजना छ ।’ त्यही स्रोतले कथंकदाचित निधिलाई उपसभापति बनाइए वैकल्पिक रूपमा अर्जुननरसिंह केसीलाई गृहमन्त्री बनाउने सुझाव पनि उताबाट प्राप्त भएको छ ।
माओवादीका तर्फबाट एमालेसागको समीकरण भत्काएर कांग्रेससागको समीकरण बनाउन निर्णायक भूमिका निर्वाह गरेका कृष्णबहादुर महरालाई अर्थमन्त्री बनाउने सहमति पनि सोही प्याकेजमा भएको छ । ०६७ सालमा पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन चिनियाा पक्षसाग ५० करोड रकम माग गरेको अडियो टेप भारतीय पक्षबाट सार्वजनिक भएपछि भारतसाग तर्सिएका महरा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आफूविरुद्ध मुद्दा परेर सबै सम्पत्ति रोक्का भएपछि गत वैशाखमा त्यसलाई सल्टाउन दिल्ली पुगेका थिए । त्यतिबेलै कांग्रेस सभापति शेरबहादुर देउवासाग मिलेर उनले ओलीलाई हटाउने योजना बनाएका थिए । उनलाई सोहीबापत अख्तियारको मुद्दाबाट उन्मुक्ति दिनुका साथै उपप्रधानमन्त्रीसहित अर्थ मन्त्रालय दिने सहमति भएको छ ।
भारतले रुचि राख्ने गरेको अर्को महत्त्वपूर्ण मन्त्रालय परराष्ट्रमा पनि आफूनिकट व्यक्तिलाई ल्याउने तय भइसकेको स्रोतले बतायो । कांग्रेसभित्र सत्ता समीकरणका विपक्षमा रहेका रामचन्द्र पौडेललाई पनि अप्ठेरोमा पार्ने गरी उनीनिकट रहेका डा. शेखर कोइरालालाई परराष्ट्रमन्त्री बनाएपछि दोहोरो फाइदा हुने विश्लेषण दक्षिणको छ । कोइराला परिवारको उत्तराधिकारीका रूपमा महामन्त्री शशांक कोइरालालाई अघि सारिए पनि विश्लेषण र सम्पर्कमा शेखर अगाडि छन् । लामो समयदेखि दक्षिण निकट रहेका उनी कृष्णप्रसाद सिटौलासागै शान्ति प्रक्रिया अघि बढाउन सुरुका दिनदेखि संलग्न छन् । त्यही बेलादेखि नै उनको भारतीय पक्षसाग विशेष सम्बन्ध विकास भएको बताइन्छ ।
स्रोतले भन्यो– ‘तीनवटा महत्त्वपूर्ण मन्त्रालयमा मन्त्री तय भएका छन् । बााकीको हकमा के गर्ने हो, यहीाका नेता बसेर तय हुनेछ ।’ स्रोतका अनुसार बााकी मन्त्रीका विषयमा पनि छलफल अघि बढिसकेको छ, तर आफैं छान्न दुवै पार्टीमा महाभारत परेको छ । कांग्रेसबाट मन्त्री हुनेहरूमा रमेश लेखक, बालकृष्ण खााड, नवीन्द्रराज जोशी, मीनबहादुर विश्वकर्मा, जीवन परियार, रामहरि खतिवडा, जीवनबहादुर शाही, डा. प्रकाशशरण महतलगायतको नाम चर्चामा छ ।
माओवादीबाट राम कार्की मन्त्री बन्ने निश्चितजस्तै भएको स्रोतले बतायो । त्यसबाहेक जनार्दन शर्मा, दलजित श्रीपाली, सीता नेपाली, पूर्वलडाकू कमान्डरहरू महेन्द्रबहादुर शाही, सन्तकुमार चौधरीको नाम पनि मन्त्रीका लागि छलफलमा छ । यो गठबन्धन भत्काउने कुराको विपक्षीमा रहेका नेता नारायणकाजी श्रेष्ठले पनि मन्त्रिमण्डलमा हिस्सा खोजेको बताइन्छ । उनको समूहबाट शिक्षा नै पाउादा गिरिराजमणि पोखरेललाई दोहोर्याउने र उनीबाहेक यो समूहबाट रामनारायण बिडारी र धनीराम (डीआर) पौडेललाई मन्त्री बनाउनुपर्ने अडान श्रेष्ठले राखेको बुझिएको छ ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply