तीन ‘मन्त्री’को ‘एग्रिमो’ आयो, अरूको नाम नेपालमै तय गर्न छुट !
काठमाडौं । केपी ओली नेतृत्वको सरकारलाई हटाएर नयाा सरकार बनाउन लागेका मध्ये तीनजनाको नाम मन्त्रीका रूपमा प्याकेजमै सहमति भएको थाहा भएको छ । स्रोतका अनुसार पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने सहमतिसागै ती तीनजनालाई मन्त्री बनाउने सहमति पनि भएको छ ।
स्रोतका अनुसार पुष्पकमल दाहाल प्रधानमन्त्री निर्वाचित हुनासाथ पहिलो चरणमा माओवादीबाट एक र नेपाली कांग्रेसबाट दुईजनाले शपथ लिनेछन् । यसपटक कांग्रेसबाट विमलेन्द्र निधिले नेतृत्व गर्नेछन् । कांग्रेसभित्र खुलै रूपमा भारतीय पक्षपोषण गर्ने निधिले गृह मन्त्रालय पाउनेछन् । भारतमै ससुराली भएका निधिलाई कांग्रेसको नेतृत्वमा स्थापित गर्ने योजना भारतको रहेको कांग्रेस वृत्तमा यसअघिदेखि नै चर्चा चल्दै आएको छ ।
भौतिक योजनामन्त्री हुादा भारतको स्वार्थअनुसार द्रुत मार्ग उसैलाई दिन निधिले अन्तिम घडीसम्म निकै कोसिस गरेका थिए । स्रोतले भन्यो– ‘यसपटक निधिलाई पार्टी उपसभापति बनाउने योजना थियो । बीचैमा सरकारको कुरा आएकाले उनलाई गृह मन्त्रालयमा पठाएर बढी लाभ लिन सकिन्छ भन्ने दक्षिणको योजना छ ।’ त्यही स्रोतले कथंकदाचित निधिलाई उपसभापति बनाइए वैकल्पिक रूपमा अर्जुननरसिंह केसीलाई गृहमन्त्री बनाउने सुझाव पनि उताबाट प्राप्त भएको छ ।
माओवादीका तर्फबाट एमालेसागको समीकरण भत्काएर कांग्रेससागको समीकरण बनाउन निर्णायक भूमिका निर्वाह गरेका कृष्णबहादुर महरालाई अर्थमन्त्री बनाउने सहमति पनि सोही प्याकेजमा भएको छ । ०६७ सालमा पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन चिनियाा पक्षसाग ५० करोड रकम माग गरेको अडियो टेप भारतीय पक्षबाट सार्वजनिक भएपछि भारतसाग तर्सिएका महरा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आफूविरुद्ध मुद्दा परेर सबै सम्पत्ति रोक्का भएपछि गत वैशाखमा त्यसलाई सल्टाउन दिल्ली पुगेका थिए । त्यतिबेलै कांग्रेस सभापति शेरबहादुर देउवासाग मिलेर उनले ओलीलाई हटाउने योजना बनाएका थिए । उनलाई सोहीबापत अख्तियारको मुद्दाबाट उन्मुक्ति दिनुका साथै उपप्रधानमन्त्रीसहित अर्थ मन्त्रालय दिने सहमति भएको छ ।
भारतले रुचि राख्ने गरेको अर्को महत्त्वपूर्ण मन्त्रालय परराष्ट्रमा पनि आफूनिकट व्यक्तिलाई ल्याउने तय भइसकेको स्रोतले बतायो । कांग्रेसभित्र सत्ता समीकरणका विपक्षमा रहेका रामचन्द्र पौडेललाई पनि अप्ठेरोमा पार्ने गरी उनीनिकट रहेका डा. शेखर कोइरालालाई परराष्ट्रमन्त्री बनाएपछि दोहोरो फाइदा हुने विश्लेषण दक्षिणको छ । कोइराला परिवारको उत्तराधिकारीका रूपमा महामन्त्री शशांक कोइरालालाई अघि सारिए पनि विश्लेषण र सम्पर्कमा शेखर अगाडि छन् । लामो समयदेखि दक्षिण निकट रहेका उनी कृष्णप्रसाद सिटौलासागै शान्ति प्रक्रिया अघि बढाउन सुरुका दिनदेखि संलग्न छन् । त्यही बेलादेखि नै उनको भारतीय पक्षसाग विशेष सम्बन्ध विकास भएको बताइन्छ ।
स्रोतले भन्यो– ‘तीनवटा महत्त्वपूर्ण मन्त्रालयमा मन्त्री तय भएका छन् । बााकीको हकमा के गर्ने हो, यहीाका नेता बसेर तय हुनेछ ।’ स्रोतका अनुसार बााकी मन्त्रीका विषयमा पनि छलफल अघि बढिसकेको छ, तर आफैं छान्न दुवै पार्टीमा महाभारत परेको छ । कांग्रेसबाट मन्त्री हुनेहरूमा रमेश लेखक, बालकृष्ण खााड, नवीन्द्रराज जोशी, मीनबहादुर विश्वकर्मा, जीवन परियार, रामहरि खतिवडा, जीवनबहादुर शाही, डा. प्रकाशशरण महतलगायतको नाम चर्चामा छ ।
माओवादीबाट राम कार्की मन्त्री बन्ने निश्चितजस्तै भएको स्रोतले बतायो । त्यसबाहेक जनार्दन शर्मा, दलजित श्रीपाली, सीता नेपाली, पूर्वलडाकू कमान्डरहरू महेन्द्रबहादुर शाही, सन्तकुमार चौधरीको नाम पनि मन्त्रीका लागि छलफलमा छ । यो गठबन्धन भत्काउने कुराको विपक्षीमा रहेका नेता नारायणकाजी श्रेष्ठले पनि मन्त्रिमण्डलमा हिस्सा खोजेको बताइन्छ । उनको समूहबाट शिक्षा नै पाउादा गिरिराजमणि पोखरेललाई दोहोर्याउने र उनीबाहेक यो समूहबाट रामनारायण बिडारी र धनीराम (डीआर) पौडेललाई मन्त्री बनाउनुपर्ने अडान श्रेष्ठले राखेको बुझिएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply