नेविसंघमा पनि त्रिपक्षीय भिडन्त
काठमाडौं । ६ महिनाअघि भएको नेपाली कांग्रेसको महाधिवेशनमा जस्तै उसको भ्रातृ संगठन नेविसंघमा पनि नयाा नेतृत्वका लागि त्रिपक्षीय भिडन्त हुने भएको छ । नेविसंघको जारी अधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाका अलगअलग गुट चुनावी मैदानमा होमिने भएका छन् ।
संस्थापन पक्ष अर्थात् देउवा गुटबाट नैनसिंह महर अध्यक्षको उम्मेदवार बन्ने पक्का भएको छ । यो समूहबाट जितजंग बस्नेतले पनि दाबी प्रस्तुत गरेका थिए । उनले अझै पनि आफू प्रतिस्पर्धामा नै नहरने बताउादै आएका छन् । तर, स्रोतका अनुसार देउवाले उनलाई पार्टीको आमन्त्रित केन्द्रीय सदस्य बनाउने वचन दिएर ब्याक गराइसकेका छन् । प्रतिनिधि विवाद साम्य नभएसम्म म पनि मैदानमा छु है भन्नका लागि मात्र बस्नेतले उम्मेदवारी दिने बताएको स्रोतको दाबी छ ।
सभापति उम्मेदवार चयनलाई लिएर सबैभन्दा समस्या अहिले पौडेल समूहलाइ परेको छ । यो समूहबाट मनोजमणि आचार्य र दीपक भट्टराईले अध्यक्षमा दाबी गरेका छन् । संगठनमा भट्टराईभन्दा आचार्य सिनियर हुन् । पौडेलको चाहना आचार्यलाई नै उठाउनुपर्छ भन्ने छ । तर, पौडेल समूहकै नेता तथा नेविसंधका पूर्व अध्यक्ष गोविन्द भट्टराई र अहिलेका अध्यक्ष रञ्जित कर्णले आचार्यलाई तगारो हालेको बताइन्छ । नेविसंघ अघिवेशन सम्पन्न गर्न बनाएको निर्देशन समितिमा पनि पौडेले आफ्नो तर्फबाट गोविन्द भट्टराईलाई सदस्य बनाएर पठाएका छन् । तर, भट्टराईले उम्मेदवार छनोटमा पौडेलको चाहनाभन्दा बाहिरका दीपक भट्टराईलाई उठाउने तयारी गरेको बुझिएको छ । स्रोतका अनुसार यो समूहबाट अन्तिममा सम्भवत: आचार्य नै सभापतिका उम्मेदवार हुन्छन्, तर यदि आचार्यलाई नदिएर भट्टराईलाई टिकट दिए भट्टराई र आचार्य दुवै यो समूहबाट अध्यक्षका प्रत्यासी हुनेछन् । पौडेल समूहबाटै यदि दुईजना उम्मेदवार भए भने देउवा समूहका महरले सजिलै चुनाव जित्नेछन् ।
सिटौला समूहबाट कुन्दन काफ्ले नेविसंघको अध्यक्षमा उठ्ने भएका छन् । उनलाई नेविसंघका पूर्वनेताहरू गगन थापा, प्रदीप पौडेलहरूले पनि साथ दिएको बुझिएको छ । अधिवेशनको उद्घाटनकै क्रममा नेता थापाले आफूले जसलाई समर्थन गर्यो उही नेविसंघको संस्थापन भन्दै काफ्लेको पक्षमा माहोल बनाउने प्रयास गरेका थिए ।
प्रतिनिधि विवादका कारण नेविसंघको अधिवेशन स्थगित भएको थियो । त्यसको पछाडि पनि काफ्ले समूहको विधानविपरीत मागले काम गरेको बताइन्छ । सो समूहले विधानविपरीत ३० प्रतिशत प्रतिनिधि माग गर्दै आमरण अनशनका नाममा भाग खोजेर अधिवेशन प्रभावित पार्न खोजेको बताइन्छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply