सिटौला बने देउवाको भर्याङ ?
काठमाडौं । पहिलो संविधानसभाताका नेपाली कांग्रेसको बैठकमा कृष्ण सिटौला प्रवेश गर्यो कि अरू नेताहरूले उनलाई फरक शैलीले हेर्थे । बैठकमा उनी प्रवेश गर्नासाथ कतिपयले त ‘पारिको मान्छे आयो’ भन्दै कानेखुसीसमेत गर्थे । गिरिजाप्रसाद कोइराला जीवित छउन्जेल उनको चाकडी गरेर राजनीतिक दुनो सोझ्याएका उनै सिटौला अहिले सभापति शेरबहादुर देउवाको चाकडीमा लिप्त बनेका छन् । आफ्नो स्वार्थका लागि उनी देउवाको भर्याङ बन्न अग्रसर भएको टिप्पणी कांग्रेस वृत्तमा व्याप्त छ ।
नेविसंघको जारी महाधिवेशनमा सिटौलाले खेलेको भूमिकालाई लिएर खासगरी रामचन्द्र पौडेल पक्षधरहरूले खुलेआम उनको कडा आलोचना गर्न थालेका छन् । प्रतिनिधि मनोनयनमा आफ्नो भाग माग्दै अनशन बसेको सिटौला समूहले भाग पाउनासाथ देउवा समूहलाई समर्थन गरेपछि देउवा सिटौला गठबन्धनको भित्री रहस्य झन् उजागर भएको छ । सिटौला कांग्रेसमा देउवाको उपयोगको पात्र बनेर प्रस्तुत भएको बताइन्छ । गत फागुनमा सम्पन्न पार्टीको १३औं महाधिवेशनमा पनि सिटौला तेस्रो समूहका रूपमा मैदानमा खडा भएको थियो । स्रोतले भन्यो– ‘त्यो बेला पनि देउवाले नै उनलाई तेस्रो शक्तिका रूपमा खडा गराएका थिए ।’ सभापतिमा रामचन्द्र पौडेल र आफू दुईजना मात्र उम्मेदवार हुादा पहिलो चरणमै जित्नेमा विश्वस्त नभएर दोस्रो चरणमा भए पनि सहज जितका लागि सिटौलालाई उठाइएको थियो । दोस्रो चरणमा सिटौला समूहले देउवालाई नै समर्थन गरेको थियो ।
अहिले नेविसंघको अधिवेशनमा पनि सिटौला समूहले पार्टीको अधिवेशनकै रणनीति लिएको छ । यो सबै देउवाकै चुनावी रणनीतिअन्तर्गत भएको बताइन्छ । सिटौला समूहका नेतालाई अनशन बसाएर त्यो पक्षलाई प्रतिनिधि मनोनीत गराएपछि देउवा समूहसाग मिलेर उम्मेदवारी दिइएको हो । १ सय ५१ सदस्यीय केन्द्रीय कमिटीमध्ये १ सय २९ जनाका लागि आज चुनाव हुादै छ । भोटिङ मेसिनबाट मतगणना गर्ने भएकाले आज राति वा भोलिसम्ममा परिणाम आउने बताइन्छ ।
देउवा समूहबाट सभापतिमा नैनसिंह महर र महामन्त्रीमा सिटौलानिकट कुन्दनराज काफ्लेले उम्मेदवारी दिएका छन् भने पौडेल समूहबाट सभापतिमा मनोजमणि आचार्यले उम्मेदवारी दिएका छन् । अनशन बसेर आफ्ना प्रतिनिधि मनोनीत गरिएकाले देउवा समूहले सहजै जित हासिल गर्ने अनुमान गरिएको छ । देउवाले सिटौलालाई यसरी तेस्रो पक्षका रूपमा खडा गर्नुका पछाडि आफू पार्टीमा सांगठनिक रूपमा बलियो हुन भएको बताइन्छ । यसो गर्दा मन्त्री छान्दादेखि लिएर केन्द्रीय सदस्यमा मनोनयन, पार्टीका विभाग, कार्यसम्पादन समिति, संसदीय बोर्ड आदि गठन गर्दा पनि सिटौला पक्षको भाग खोज्ने र आफ्नै मान्छे पठाउन सजिलो हुने हुनाले देउवाले यो रणनीति लिएको कांग्रेसनिकट स्रोतको दाबी छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply