पौडेलका भागमा पााच मन्त्री
काठमाडौं । नेविसंघको महाधिवेशन सकिएपछि मात्र पार्टीका तर्फबाट बााकी मन्त्रीहरूको नाम पठाउने भन्दै बसेको नेपाली कांग्रेसले अब एक दुई दिनभित्रै मन्त्रीको नाम टुंगो लगाउने भएको छ । पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलनअनुसार भागबन्डामा सहमति भइसकेकाले अब दुई समूहले आ–आफ्ना समूहबाट नाम टुंगो लगाउन बााकी रहेको बुझिएको छ ।
सत्ता साझेदार माओवादी केन्द्रसाग कांग्रेसले १३ वटा मन्त्रालय लिने सहमति यसअघि नै गरेको छ । भागमा परेको ती १३ मध्ये पााच रामचन्द्र पौडेललाइ दिन देउवा राजी भएको बुझिएको छ । पौडेलले पनि कम्तीमा पााचजना पाउनुपर्ने माग गरेका थिए । देउवाका भागमा परेका आठमध्ये विमलेन्द्र निधि र रमेश लेखक पहिलो चरणमै सरकारमा सहभागी भइसकेका छन् । बााकी ६ मध्ये एक महिला, एक आदिवासी जनजाति र एकजना पिछडिएको क्षेत्रवाट र कम्तीमा एकजना खुमबहादुर खड्कालाई दिने सोचमा देउवा रहेको बुझिएको छ । खड्का समूहबाट शंकर भण्डारीको नाम मन्त्रीका लागि चर्चामा छ । देउवालाई नै बोक्दै आएको कृष्णप्रसाद सिटौला समूहले अहिले दाबी नगर्ने बरू देउवाकै नेतृत्वमा बन्ने सरकारमा भाग खोज्ने बताएको बुझिएको छ ।
पौडेलले पाउने पााचजनामा पनि उनका आफन्त र आसेपासेले नै घेरेकाले मन्त्री छान्न उनलाई सकस परेको स्रोतले बतायो । स्रोतका अनुसार पौडेलका सम्धी तारिणिदत्त चटौत, गृह जिल्ला तनहुाका रामचन्द्र पोखरेल, कमला पन्तलगायतले मन्त्री बनाउन पर्यो भन्दै पौडेललाई दबाब दिएका छन् । बााकी एकजना प्रकाशमान सिंह र एकजना शशांक कोइरालालाई पनि पौडेलले छुट्टयाउनुपर्ने छ । सिंहको कोटाबाट बलबहादुर केसी र कोइरालाको कोटाबाट दीपक गिरीको नाम मन्त्रीका लागि चर्चामा छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply