वीरमा ‘भ्रष्ट’को छटपटी
काठमाडौं । मुलुकको सबैभन्दा जेठो अस्पताल वीर अस्पतालमा लामो समयदेखि ‘तर’ मारेर बस्नेहरूको छटपटी सुरु भएको छ । त्यसरी, छटपटाउनेमध्ये एक अहेव टीका पनेरू हुन् । उनले समन्वय शाखामा बसेर गरेको अनियमितताबारे उनका विरुद्धमा गत अंकमा समाचार प्रकाशित भएपछि यस साप्ताहिकको कार्यालयमा उनले फोन गरेर विभिन्न धम्की दिएका थिए ।
अहेव पनेरूले ‘कार्यालयमा आएर कार्यालय नै उडाइदिने’देखि अत्यन्त तल्लो स्तरका शब्दहरू प्रयोग गरेर आइन्दा त्यस्ता समाचार नलेख्न धम्की दिएका थिए । अहेव भएर पनि शाखा प्रमुखका रूपमा अधिकृत स्तरको जिम्मेवारी दिइएको र उनको जिम्मेवारी निष्पक्ष नभएको भन्ने कुरा उक्त समाचारमा उल्लेख थियो ।
केही समययता वीर अस्पतालका खरिद शाखामा रहेका कर्मचारीहरू हेरफेर गरिएको छ । लामो समयदेखि उक्त शाखामा रहेका र लाखौं अतिरिक्त आम्दानी गर्दै आएका उनीहरू त्यस शाखा छोड्नुपर्दा विक्षिप्त भएका छन् । खरिद आदेशविना लाखौंको सामान खरिद गरेको बिल पेस गर्ने र ती सामानहरू जिन्सीमा दाखिला नगरी सक्ने गर्दै आएका थिए ।
उनीहरूले उपकरण तथा औषधिहरू सिधै वार्डमा लगेर प्रयोग भएको वा त्यस्तै अन्य बहाना बनाएर महिनामा लाखौं कुम्ल्याउने गरेका थिए । तर, त्यो शाखाका भ्रष्ट कर्मचारीदेखि ठेकेदार र सप्लायर्ससम्मको सेटिङ भत्काइदिएपछि उनीहरू अहिले अन्य कर्मचारीविरुद्ध खनिएका छन् । त्यसका लागि केही पत्रिकको सहारा लिएर उस्तै व्यहोराका समाचार दिनहुाजसो हरेक साप्ताहिक पत्रिकाहरूमा लेखाउादै हिाड्न थालेको पाइएको छ । अहिले वीरमा खरिद शाखामा यस विषयमा निकै कडाइ गरिएको बताइन्छ । शाखाको बाहिर नै सुचनामा भनिएको छ, खरिद आदेशविना सामान ल्याउने र जिन्सीमा लगेर दाखिला नगरी सिधै वार्डमा लाने गरिएकोमा अब त्यस्तो भएको पाइए भुक्तानी गरिनेछैन ।’ शाखाको यो सूचनापछि त पुरानो सेटिङमा चलेका ठेकेदार र आपूर्तीकर्ताहरू झनै सशंकित भएका छन् ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply