नौ महिनापछिको वातावरण बनाएर फर्के निधि
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रूपमा भारतको ६ दिने भ्रमण सकेर सोमबार स्वदेश फर्किएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले नौ महिनापछि आफ्नै पार्टी नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउने वातावरण बनाएर फर्केका छन् ।
प्रधानमन्त्री दाहालको दूतका रूपमा भएको उनको भ्रमणले स्वयं प्रधानमन्त्री दाहाललाई भने घाटा भएको छ । यो भ्रमणबाट सम्रगमा उपप्रधानमन्त्री निधि, उनले प्रतिनिधित्व गरेको दल नेपाली कांग्रेस र उक्त पार्टीका सभापति शेरबहादुर देउवालाई मात्र फाइदा पुगेको विश्लेषण कूटनीतिक वृत्तमा गरिन थालिएको छ । ‘यो भ्रमणको सबैभन्दा ठूलो उपलब्धि भनेको निधिले नौ महिनापछि आफ्नो पार्टी नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउने वातावरण बनाएर फर्के,’ स्रोतले भन्यो– ‘यसले सबैभन्दा धेरै फाइदा निधि, उनको पार्टी र पार्टी सभापति देउवालाई भएको छ ।’ यो भ्रमणपछि निधिको राजनीतिक उचाइ बढेको छ भने देउवा र दिल्लीको सम्बन्धलाई पनि नजिक्याएको बताइन्छ । विगतमा देउवाको दिल्लीसाग राम्रो सम्बन्ध नरहेको र पश्चिमा मुलुकसाग मात्र बलियो सम्बन्ध रहेको चर्चा नेपालको राजनीतिक वृत्तमा व्याप्त थियो ।
भ्रमणका क्रममा उपप्रधानमन्त्री निधिले २०६५ सालमा माओवादीकै अध्यक्ष दाहालको नेतृत्वमा सरकार बन्दा र त्यसयताका राजनीतिक घटनाक्रममा माओवादीले भारतलाई हेर्ने दृष्टिकोण गलत भएको भन्दै अहिले माओवादीले आत्मालोचना गरेको भन्दै भारतीय पक्षलाई कन्भिन्स्ड गराएका थिए । स्रोतका अनुसार भ्रमणका क्रममा उनले जहााजहाा जसजसलाई भेटे त्यहाा प्रधानमन्त्री दाहाललाई एक्सपोज गरे र त्यसको फाइदा आफूले लिए ।
आफू प्रधानमन्त्री हुादा तत्कालीन प्रधानसेनापति रुकमांगत कटवाललाई बर्खास्त गर्ने प्रकरणमा होस् वा त्यसपछि एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनाललाई प्रधानमन्त्री बनाउने सन्दर्भमा होस् दाहालले भारतसाग अनावश्यक सिागौरी खेलेको र त्यो गल्ती अहिले महसुस गरिसकेको भन्दै निधिले भेटका क्रममा भारतीय नेताहरूलाई जानकारी गराएका थिए । अहिले आफूहरूले नै माओवादीलाई यो ठाउासम्म ल्याइपुर्याएको र अहिले आफूहरूको प्रभाव धेरै रहेकाले माओवादीले भारतलाई हेर्ने दृष्टिकोणमा अर्को गल्ती गर्न नसक्ने भन्दै कन्भिन्स गराएको स्रोतको दाबी छ ।
भ्रमणका क्रममा निधिले राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज, कांग्रेस आईका उपाध्यक्ष राहुल गान्धी, भारतीय जनता पार्टीका अध्यक्ष अमित साह, महासचिव राम माधव, कांग्रेस आईका महासचिव जनार्दन दुवेदी, विदेश सचिव जयशंकर मेनन, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोबललगायतसाग भेटवार्ता गरेका थिए ।
यसरी फसे दाहाल
प्रधानमन्त्री दाहाललाई भारतसाग नजिक बनाएर आफूले फाइदा लिन निधिले स्वयं प्रधानमन्त्री दाहाललाई नै उपयोग गरेका थिए । दाहालकै विशेष दूतका रूपमा गएर उनले पहिलो कुरा त दाहालले पुरानो गल्ती स्विकारेको बताएका थिए भने त्योभन्दा महत्त्वपूर्ण कुरा प्रधानमन्त्री दाहाललाई भारतका सामु मगन्तेका रूपमा समेत चित्रण गराउन सफल भए । नेपालको विकासका लागि भारतलाई बुझाएको सपिङ लिस्टमा प्रधानमन्त्री दाहालको जन्मथलो कास्कीको ढिकुरपोखरीमा एउटा पोलिटेक्निक बनाइदिन पनि आग्रह गरिएको छ । प्रधानमन्त्री दाहालको यो प्रस्तावबाट भारतीय पक्ष झन् हौसिएको बताइन्छ । त्यहाा पोलिटेक्निक बनाउादा दाहाल पनि आफ्नो ग्रिपमा आउने भन्दै भारतीय पक्षले यो मागलाई विशेष महत्त्व र चासोका रूपमा लिएको बुझिएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply