कांग्रेसले आज मन्त्री पठाउने
काठमाडौं । १३ वटा मन्त्रालयसहित माओवादी नेतृत्वको सरकारमा सहभागी भएको नेपाली कांग्रेसले नयाा सरकार गठन भएको तीन हप्ता बितिसक्दा पनि आफ्ना तर्फबाट दुईजनाबाहेक अरूको मन्त्रीको नाम अझै पठाउन सकेको छैन । स्रोतका अनुसार बल्ल आज उसले बााकी मन्त्रीहरू पठाउने तयारी गरेको छ ।
सुरुमा भ्रातृ संगठन नेविसंघको महाधिवेशन प्रभावित हुने भन्दै महाधिवेशन पछाडि मात्र सरकारमा पार्टीका तर्फबाट बााकी मन्त्री पठाउने बहाना गर्दै आएको थियो । तर, नेविसंघ महाधिवेशन सकिएको एक हप्ताभन्दा बढी भइसक्दा पनि मन्त्री छान्न नसक्नुको पछाडि आन्तरिक कलह नै प्रमुख कारण रहेको बुझिएको छ । स्रोतका अनुसार सभापति शेरबहादुर देउवा अब जोजो असन्तुष्ट भए पनि आज मन्त्रीहरूको नाम प्रधानमन्त्रीलाई पठाएर पर्सी सिंगापुर टाप कस्न लागेका छन् । उपचारका लागि सिंगापुर जान लागेको बाहिर प्रचार गरिए पनि खास भित्री कारण यता मन्त्रीको पठाएर विवादबाट तर्किन जान लागेको स्रोतको दाबी छ । ‘फलो अपका लागि जान लागेको भनिएको छ, अहिले उनलाई रोगले चापेको पनि छैन, यही समय मिलाउनु पछाडिको कारण अरू कुनै छैन,’ स्रोतले भन्यो ।
भागमा परेका १३ मध्ये विमलेन्द्र निधिले उपप्रधानमन्त्रीसहित गृह र रमेश लेखकले भौतक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्रीका रूपमा प्रधानमन्त्री पुष्पकमल दाहालसागै शपथ लिइसकेका छन् । यी दुवैजना देउवा गुटका हुन्् । बााकी ११ जनामा पौडेल समूहलाई पााचजना दिनेमा देउवा सकारात्मक छन् । तर, परराष्ट्रमा कुरा नमिल्दा नाम छान्न मुस्किल भएको स्रोतले बतायो । देउवा परराष्ट्र पौडेल समूहलाई दिने कि आफैं राख्ने भन्नेमा अझै निर्णयमा पुग्न सकेका छैनन् । पौडेल समूहकै भए पनि शेखर कोइरालालाई परराष्ट्र दिनेमा देउवा सकारात्मक भए पनि नेविसंघको अधिवेशनमा शेखरले धोका दिएकाले यो मन्त्रालय नलिने र कोइरालालाई मन्त्री नै नबनाउने खेलमा पौडेल रहेको बुझिएको छ । त्यसबाहेक अरू मन्त्रीहरूमा देउवा समूहबाट अर्जुननरसिंह केसी, अम्बिका बस्नेत, बालकृष्ण खााड, डा. प्रकाशशरण महत, जीवनबहादुर शाहीलगायतको नाम चर्चामा छ । यही गुटमा रहेका खुमबहादुर खड्कालाई पनि एकजना मन्त्री दिने बताइन्छ । खड्काको गुटबाट पहिला शंकर भण्डारीको नाम चर्चामा आए पनि मोहनबहादुर बस्नेतले बाजी मार्ने बुझिएको छ । त्यस्तै, पौडेल समूहबाट कोषाध्यक्ष सीतादेवी यादव, शेखर कोइराला, किरण यादव, ध्यानगोविन्द रञ्जित, भीमसेनदास प्रधान, दीपक गिरी, बलबहादुर केसीमध्येबाट मन्त्री बन्ने स्रोतको दाबी छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply