गल्ती लुकाउन बाबुछोरालाई खोरमा !
काठमाडौं । अख्तियार दुरुपयोग अनुसान्धान आयोगका अनुसन्धान अधिकृत हरिबाबु पोखरेलले आफ्नो गल्ती ढाकछोप गर्न चालेको कदमको फन्दामा जोरपाटीस्थित बुद्ध एकेडेमी आवासीय माविका व्यवस्थापन समिति अध्यक्ष सोनाम वाङ्छेन शेर्पा र उनका बाबु सोनाम छिरिङ शेर्पा अख्तियारको खोरमा पुगेका छन् ।
यी बाबुछोरालाई यही भदौ ५ गते घूस दिएको आरोपमा अख्तियारले पक्राउ गरेको हो । पक्राउ गर्ने अनुसन्धान अधिकृत उनै पोखरेल थिए । तर, उनीहरूलाई पक्राउ गर्नुको पछाडिको जालो पोखरेलले विगतमा अरूसँग मिलेर गरेका भ्रष्टाचारसँग जोडिएको पाइएको छ । स्रोतका अनुसार शेर्पा बाबुछोरालाई सो विद्यालयको भ्रष्टाचारको मुद्दा कमजोर वनाउन पैसा खुवाउन लागेको अभियोगमा पक्राउ गरिएको हो, तर त्यो भ्रष्टाचारको मुद्दामा अख्तियारकै अधिकृत पोखरेलसमेत संलग्न रहेकाले उनीहरूलाई रकमसहित रंगेहात पक्राउ गरिएको भनेर फसाउन खोजेको दाबी शेर्पा बाबुछोराका आफन्त र निकटस्थहरूको छ ।
पक्राउ पर्ने बाबु सोनाम अखिल नेपाल हिमाली बौद्ध संघका अध्यक्ष हुन् भने उक्त विद्यायल यही संस्थाले गुठीमा चलाएको हो । यसअघि उक्त संस्थाको अध्यक्ष नोर्बु आंगेल लामा र सचिव आनिमा शेर्पा थिए । त्यो बेला विद्यालय व्यवस्थापन समितिको अध्यक्ष थिए पूर्वमन्त्री नरबहादुर बुढा । तर, विद्यायल व्यवस्थापन समितिको अध्यक्ष हुन एसएलसी पास हुनुपर्ने मापदण्ड बनेको र बुढा उक्त योग्यता नभएकाले उनलाइ हटाएर संघका सचिव आङनिमालाई व्यवस्थापन समितिको अध्यक्ष बनाइएको थियो । माउ संस्थाको सचिव विद्यालय व्यवस्थापनको अध्यक्ष बन्न नमिल्ने भन्दै आङनिमाविरुद्ध पुनरावेदन अदालतमा मुद्दा प¥यो । पुनरावेदनले उनलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाउन नमिल्ने फैसला सुनाएपछि गत जेठमा सोनाम वाङ्छेन अध्यक्ष भएका थिए ।
वाङ्छेन अध्यक्ष भएपछि आङनिमा समूह पनि अदालतमा गयो । अदालतले अहिले काम रोक्न जरुरी छैन भन्दै अन्तिम फैसला नहुन्जेल सोनाम वाङ्छेनलाई नै अध्यक्षका रूपमा काम गर्न भन्यो । तर, सोनाम वाङ्छेन अध्यक्ष हुनासाथ जिल्ला शिक्षा कार्यालयले विद्यालयको खाता रोक्का ग¥यो । नविल बंैकमा रहेको रोक्का खाता उनी पक्राउ दुई दिनपछि नै खोल्न फेरि पत्राचार गरियो । यो सबै खेलका पछाडि अख्तियारकै अनुसन्धान अधिकृत पोखरेल र जिल्ला शिक्षा अधिकारी शंकर गौतमको हात रहेको बताइन्छ । स्रोतका अनुसार अहिले अख्तियारमा अनुसन्धान अधिकृत रहेका पोखरेल त्यसअघि जिल्ला शिक्षा कार्यालय काठमाडौंको विद्यालय निरीक्षक थिए । उक्त विद्यालय उनकै स्रोत केन्द्रअन्तर्गत थियो । सो विद्यालयको निरीक्षक भएकाले उनी आङनिमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुँदा समितिको पदेन सदस्य थिए । त्यो पालामा विद्यालयको १ करोड रकम हिनामिना भएको थियो । त्यसको समेत उजुरी अख्तियारमा परेपछि अख्तियारले छानबिन अगाडि बढाएको थियो । अख्तियारले त्यो फाइल तानेपछि अहिले पक्राउ परेका सोनामले त्यसबेलाको बैंक स्टेटमेन्ट पनि अख्तियारलाई बुझाएका थिए । जहाँ आङनिमा र पोखरेल समेतको मिलेमतोमा रकम हिनामिना भएको प्रस्ट देखिन्छ । यसमा पोखरेललाई प्रजिअ गौतमले पनि सहयोग गरेका थिए । पोखरेलकै आग्रहमा गौतमले विद्यालयको खाता रोक्का गर्न पत्राचार गरेको दाबी पीडित पक्षको छ । अदालतले सोनामलाई नै काम गर्न दिनु भन्ने आदेश दिँदा पनि जिशिअले बैंक रोक्काका लागि पत्राचार गर्नुका पछाडि पनि अख्तियारकै डरले काम गरेको बताइन्छ । केही महिनाअघि विप्लव माओवादीका कार्यकताद्वारा मोसो दलिएका प्रजिअ पोखरेलको फाइल पनि अख्तियारमा छ । विनिबाट अहिले अख्तियार अधिकृत भएका पोखरेलले जोगाइदिने आश्वासन दिएको बताइन्छ । बाबुछोरालाई पक्राउ गर्ने दिन पनि पोखरेलले जिशिअ र अर्को आङनिमा समूहलाई पनि बोलाएको छु भन्दै बाबुछोरालाई बोलाएका थिए । तर, त्यहाँ मुद्दा कमजोर वनाइदिनुप¥यो भन्दै १० लाख रुपैयाँ दिएको आरोपमा उनैले पक्राउ गरेका थिए । अचम्म त के छ भने सोनाम विद्यालयको अध्यक्ष हुँदासम्म बन्द रहेको खाता उनलाई पक्राउ गरेको दुइ दिन पछि खोलिएको छ भने त्यसयता १० दिनमै सो खाताबाट ५० लाख रुपैयाँ झिकिएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply