बालुवाटारमा आफूखुसी सुविधा वृद्धि
काठमाडौं । आफ्नो हात जगन्नाथ भन्ने उखान अहिले नेपाल राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर र बोर्ड सदस्यहरूका लागि लागू हुन पुगेको छ । केही समययता गभर्नर, डेपुटीलगायत राष्ट्र बैंकका बोर्ड सदस्यहरूले आफ्नो सुविधा र भत्ता वृद्धि गर्नेतिर मात्रै ध्यान दिन थालेका छन् । जसरी भए पनि पैसा कमाउने र सुविधाहरू वृद्धि गर्ने ध्याउन्नमा राष्ट्र बैंकको नेतृत्व तह लागिपरेको छ ।
खासगरी गभर्नर डा. चिरञ्जीवी नेपाल र डेपुटी गभर्नरहरू शिवलाल श्रेष्ठ र चिन्तामणि शिवाकोटीका लागि विशेष सुविधा वृद्धि गरिएको हो । राष्ट्र बैंकको सञ्चालक समितिको केही दिनअघि बसेको बैठकले गभर्नर र डेपुटीलाई ७० हजार रुपैयाँको मोबाइल सेट, १ लाख २० हजार रुपैयाँको आइप्याड र त्यति नै रकमबराबरको ल्यापटप र १५ हजार रुपैयाँको ब्रिफकेस दिने टुंगो गरेको हो । साथै, गभर्नर र डेपुटीलाई हरेक महिना ५ हजार रुपैयाँबराबरको टेलिफोन खर्च दिने निर्णय पनि गरिएको छ । यसअघि गभर्नर र डेपुटीलाई त्यस्तो सुविधा दिने गरिएको थिएन । तर, बैंकका सञ्चालक सदस्यहरूलाई भने मासिक ५ हजार रुपैयाँ टेलिफोन खर्च दिइँदै आएको थियो ।
यसरी नै गभर्नर र डेपुटी गभर्नरले आफ्ना चालकहरूको भत्ता २५ प्रतिशतले वृद्धिसमेत गरेको छ । तर, गभर्नर र डेपुटीहरूले चालक र पेट्रोलबापतको खर्च लिने गरेका भए पनि लामो समयदेखि उनीहरूले राष्ट्र बैंककै गाडी र पेट्रोल प्रयोग गर्दै आइरहेका छन् । बैंककै गाडी चढे पनि गभर्नर र डेपुटीहरूले चालकबापत पाइने रकम भने लिन छाडेका छैनन् । त्यसो त यसअघि नै गभर्नर डा. नेपालले गाडी सुविधा बढाएर ८० लाखको गाडी किनिसकेका छन् । डा. नेपालभन्दा अघिका गभर्नरहरूले ४० लाखभन्दा माथिका गाडी नचढे पनि उनले भने एकैपटक गाडीको सुविधा मूल्य बढाएर ८० लाख पु¥याएका थिए । उक्त गाडी पदमुक्त भएपछि गभर्नरले आफूसँगै लैजान्छन् ।
गभर्नर डा. नेपालले राष्ट्र बैंकलाई आफ्नो निवासस्थानमा राख्न ५६ इन्चको टेलिभिजनसमेत किन्न लगाएका छन् । उक्त टेलिभिजन उनले केही दिनअघि निवासमा भिœयाइसकेका छन् । यसअघि राष्ट्र बैंककै रकममा ४३ इन्चका दुईवटा टेलिभिजन उनले किनेर निवासस्थलमा राखेका थिए । तर, आफूलाई निवासमा टेलिभिजनको अभाव भएको र सानो पनि रहेको भन्दै राष्ट्र बैंकलाई किन्न लगाएका हुन् ।
त्यसो त, गभर्नर मात्र होइनन्, डेपुटी गभर्नरहरू पनि मालामाल हुने धन्दामा लागेका छन् । राष्ट्र बैंकको नयाँ नेतृत्वले ५० वटाजति भत्तावाल कमिटीहरू बनाएपछि डेपुटी गभर्नरहरूलाई भ्याइनभ्याइ भएको छ । बिहान दुई र बेलुकी दुई गरी एकैदिन चारवटासम्म भत्तावाल बैठक भ्याउने कार्यमा डेपुटी गभर्नरहरू लागेका छन् । उनीहरूले एउटा बैठकको भत्ताबापत ५ हजार रुपैयाँ बुझ्ने गर्छन्, यस हिसाबले एकैदिन उनीहरूले २० हजारजति भत्ता रकम बुझ्ने गरेको बताइन्छ । यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भत्तावाल समितिहरू खारेज गर्न आदेश दिएको भए पनि अहिले त्यस्ता समितिहरू बनाएर फेरि लुट मच्चाउन थालिएको छ ।
पहिला–पहिला राष्ट्र बैंकको सञ्चालक समितिको बैठक हप्तामा एक दिन मात्रै बस्ने गरेको भए पनि अहिले भने हप्तामा दुईपटकसम्म बस्न थालेका छन् । प्रत्येक बैठक भत्ताबापत सञ्चालकहरूले ५ हजार पाउने गर्दछन् । तर, अहिले बैठक भत्ता बढाएर ७ हजार ५ सय रुपैयाँ पु¥याउने तयारी गरिरहेको छ । यस्तै, गभर्नर र डेपुटीहरूमा को बढी विदेश जाने भन्ने प्रतिस्पर्धा पनि तीव्र बन्न पुगेको छ । विदेश नगएका बेला पनि गभर्नर डेपुटीहरू हप्तामा तीन दिन काठमाडौं उपत्यकाबाहिर नै रहने गरेका छन् । कुनै पनि बैंकको शाखा वा एटीएम उद्घाटन गरेबापत राम्रै भत्ता पाउने भएको हुँदा पनि गभर्नर र डेपुटीहरूको ध्यान त्यतातिर आकृष्ट भएको बताइन्छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply