बाफियामा फेरि चलखेल
काठमाडौं । तीव्र विवाद भएपछि पूर्ववर्ती सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ समितिमा फिर्ता पठाएका बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) लाई आफ्नो स्वार्थअनुरूप ल्याउन बैंकर्ससमेत रहेका केही सांसदहरूले भित्रभित्रै चलखेल गरिरहेको बुझिएको छ । विवाद बढेपछि पूर्वअर्थमन्त्री पौडेलले पुनः छलफलका लागि अर्थ समितिमा पठाइएको उक्त ऐनमाथि अहिलेसम्म कुनै छलफल हुन सकिरहेको छैन ।
करिब तीन महिनाअघि संसद्को उपसमितिले सो ऐनलाई अन्तिम टुंगो लगाएर अर्थ समितिमा पठाएको थियो । तर, अर्थ समितिले स्वीकृतिका लागि सदनमा पेस गरे पनि अधिकांश सांसदले विरोध जनाएपछि तत्कालीन अर्थमन्त्रीले पुनः अर्थ समितिमै छलफलका लागि पठाएको हो । त्यसो त ऐनबारे लेखा समिति र उपसमितिबीचमै पनि विवाद भएको थियो । उपसमितिले आफूले टुंग्याएर पठाएको ऐनमा हेरफेर गर्न नहुने अडान राखेको थियो । यसबीचमा व्यवस्थापिका–संसद्ले राष्ट्र बैंक ऐन र बैंकिङ कसुर सजाय ऐन पारित गरे पनि अर्थ समितिले छलफलका लागि कुनै चासो नदिएको हुँदा बाफिया भने अझै सदनमा पेस हुन सकेको छैन ।
अर्थ समितिका सदस्य केदार सञ्जेल भने केही दिनभित्रै अर्थ समितिले सो ऐन टुंग्याउने बताउँछन् । उनले भने– ‘बाफियालाई अर्थ समितिले टुंग्याउने तयारी गरिरहेको छ । हामी मुलुकको अर्थतन्त्रलाई बचाउन हामी चिन्तित छौं र बैंकिङ प्रणालीलाई मर्यादित तुल्याउन तत्पर रहेका छौं । त्यसैले, यो ऐन चाँडै नै आउँछ ।’
अर्थ समितिलाई भने बैंकर्ससमेत रहेका केही सीमित सांसदहरूले दबाब दिइरहेको हुँदा ऐन आउनुमा ढिलाइ भइरहेको बताइन्छ । सो ऐनलाई बैंकर्सहरूले आफूअनुकूल ल्याउन चाहेका थिए । उनीहरूले बैंकका अध्यक्ष र सञ्चालकहरूको कार्यकालको सीमा हटाउनुका साथै सञ्चालक र कार्यकारी अधिकृतको समयावधि चार वर्षलाई बढाएर पाँच वर्ष पु¥याएका थिए । त्यस्तै, प्राथमिक सेयर निष्कासनमा बैंकका कर्मचारीहरूलाई सेयर हिस्सा छुट्ट्याउनुका साथै संस्थापक परिमार्जन गर्ने अवधि १० वर्षबाट घटाएर सात वर्षमा झारिएको थियो । उक्त ऐन आउँदा सर्वसाधारणको निक्षेप डुब्ने र सिंगो बैंकिङ क्षेत्र नै तहसनहस हुने देखिएपछि संशोधित ऐनलाई पारित नगरी छलफलका लागि पुनः अर्थ समितिमा पठाइएको थियो ।
बैंकर्सहरूले आफ्नो स्वार्थअनुरूप ऐन ल्याउन प्रयत्न गरेको हुँदा राष्ट्र बैंकले तीव्र रूपमा विरोध जनाएको थियो । तर, लामो समय बितिसक्दा पनि ऐनमाथि छलफल नहुनुले विभिन्न आशंकाहरू उत्पन्न गरेको छ । सो ऐनलाई आफूअनुकूल ल्याउन केही सांसद, बैंकर्सहरूले भित्रभित्रै खेलिरहेको हुँदा पनि आशंका उत्पन्न भएको बताइन्छ ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply