दाहाललाई हराउने उनकै क्याबिनेटमा !
काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई संविधानसभा दोस्रो निर्वाचनमा काठमाडौं–१० मा पराजित गर्ने नेपाली कांग्रेसका राजन केसी दाहालकै क्याबिनेटमा राज्यमन्त्री बन्ने प्रबल सम्भावना रहेको बुझिएको छ । काठमाडौं–१० र सिरहा–५ बाट चुनाव लडेका दाहाल काठमाडौं–१० मा केसीसँग पराजित भएका थिए ।
सत्ता साझेदार दल नेपाली कांग्रेसले केही दिनभित्रै आफ्नो पार्टीबाट केही राज्यमन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझाउने तयारी गरेको छ । आफ्नो भागमा परेका १५ मन्त्रालयमध्ये कम्तीमा आठजनालाई राज्यमन्त्री बनाउने तयारीमा कांग्रेस रहेको बुझिएको छ । कांग्रेसबाट राज्यमन्त्रीका लागि दीर्घराज भाट, ध्यानगोविन्द रञ्जित, राजन केसी, सुजाता परियारलगायतको नाममा करिब–करिब सहमति जुटेपछि अरूमा लफडा भएको बताइन्छ । भाटले माओवादी नेता लेखराज भट्टलाई हराएका हुन् भने रञ्जितले देवेन्द्र पौडेल र केसीले माओवादी अध्यक्ष दाहाललाई हराएका हुन् ।
नयाँ गठबन्धन निर्माण गर्दा माओवादी र कांग्रेसले सानो आकारको मन्त्रिमण्डल बनाउने सहमति गरेका थिए । तर, अहिले कांग्रेसले आफ्ना राज्यमन्त्री नपठाउँदा पुष्पकमल दाहाल नेतृत्वको सरकार ३१ सदस्यीय छ । अब कांग्रेसले सातजना मात्रै राज्यमन्त्री बनाउँदा पनि मन्त्रिमण्डलको आकार ३८ सदस्यीय हुन्छ । तर, ककसलाई राज्यमन्त्री बनाउने भन्ने विषयमा कांग्रेस सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल समूहबीचको लफडा समाधान गर्दा राज्यमन्त्रीको संख्या अझै बढ्न सक्ने बताइन्छ । आठ मन्त्रालय पाएको माओवादीले आफ्नो तर्फबाट चार राज्यमन्त्री बनाइसकेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply