मन्त्रीले नै टेर्दैनन् प्रधानमन्त्रीलाई
काठमाडौं । कहीँ नभएको जात्रा हाँडी गाउँमा भनेझैं कांग्रेस–माओवादी केन्द्र गठबन्धन सरकारमा कांग्रेसका मन्त्रीहरूले प्रधानमन्त्री प्रचण्डको कार्यशैलीप्रति सार्वजनिक असन्तुष्टि जनाउँदै दिनहुँ आलोचना गर्न थालेका छन् । नामै किटेर उछित्तो काढेर सार्वजनिक आलोचना गर्न मन्त्रीहरूबीच प्रतिस्पर्धा देखिए पनि कांग्रेसकै बैसाखीमा प्रधानमन्त्री बनेका कारण प्रचण्डले ती सबै विषयमा रहस्यमयी तरिकाको मौनता साँधेका छन् ।
‘क्याबिनेट सिस्टम’मा प्रधानमन्त्रीले बोलेको मात्रै होइन, उनले राख्ने प्रस्तावमै निर्णय हुने गर्छ, निर्णय नमान्ने मन्त्रीले या त राजीनामा दिनुपर्छ या सोझै बर्खास्तगीसम्मको खतरा मोल्नुपर्ने हुन्छ । तर, कांग्रेसका मन्त्रीहरूमध्ये रक्षामन्त्री बालकृष्ण खाँड, परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतदेखि श्रम तथा रोजगारमन्त्री रोमी गौचन थकालीसम्मले प्रधानमन्त्री प्रचण्डको दिनहुँ आलोचना र खण्डन गर्दै हिँडेका छन् । रक्षामन्त्री खाँडले सोमबार र आइतबार प्रचण्डले नेपाली सेनालाई पूर्ण बेवास्ता गरेको भन्दै पत्रकारहरूसँग सार्वजनिक रूपमै कडा प्रतिक्रिया जनाए ।
संविधान दिवस धुमधामका साथ मनाउन सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा लोकतान्त्रिक गणतन्त्र स्थापनासम्म योगदान पु¥याउने नेपाली सेनाले संविधान निर्माणमा खेलेको प्रशंसनीय भूमिकाको नामै नलिएर नजरअन्दाज गरेको भन्दै खाँडले प्रधानमन्त्रीको वक्तव्यको कडा प्रतिवाद गरे । त्यस्तै, प्रतिवाद उनले आइतबार संसद् भवन नयाँ बानेश्वरमा आयोजित सभामुख ओनसरी घर्तीमगरको वक्तव्यमाथि पनि गरे । सभामुखले पनि संविधान निर्माणमा सेनाको भूमिकाबारे एक शब्द उच्चारण नगरेको भन्दै खाँडले आलोचना गरेका थिए । खासगरी कांंग्रेस सभापति शेरबहादुर देउवादेखि सबै मन्त्री माओवादीले जनयुद्धका जनसेनाका नाम लिएर नेपाली सेनाको अवमूल्यन गरेको भन्दै निकै आक्रोशित हुँदै गएको खाँडको अभिव्यक्तिले नै पुष्टि हुँदै गएको छ ।
त्यति मात्रै होइन, केही दिनअघि उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले सरकारले संविधान संशोधनको गृहकार्य गरिरहेकाले छिट्टै संविधान संशोधन हुने बताएलगत्तै खाँडले सार्वजनिक रूपमै प्रतिवाद गरेका थिए । उनले प्रमुख प्रतिपक्षीसहित सबै पक्षसँग छलफल गरेर एउटा निष्कर्षमा पुगेपछि मात्रै संविधान संशोधन प्रक्रिया अघि बढ्ने भन्दै त्यसअघि संविधान संशोधन हुनै नसक्ने बताएर महराको भनाइको कडा प्रतिवाद गरेका थिए ।
खाँड मात्रै होइन, अर्का मन्त्री गौचनले त मन्त्रालयहरूमा प्रधानमन्त्रीको हस्तक्षेप र निर्देशन अस्वीकार्य हुने भन्दै कांग्रेसका मन्त्रीहरूले स्वतन्त्र ढंगले काम गर्ने भन्दै ठाडै चुनौती दिँदै आएका छन् । सबै मन्त्री प्रधानमन्त्रीको निर्देशनअनुसार चल्नुपर्ने हुन्छ, यदि नचल्ने हो भने प्रधानमन्त्रीले कुनै पनि बेला मन्त्रीको राजीनामा माग्ने मात्रै होइन, सीधै बर्खास्तसमेत गर्न सक्छन् । तर पनि प्रचण्ड भने सार्वजनिक रूपमा व्यक्त भइरहेका मन्त्रीहरूको असन्तुष्टिसामु निरीह साबित भएका छन् ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply