पद बचाउन प्रदीपको चलखेल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख इन्जिनियर प्रदीप अधिकारी आफ्नो पद बचाउने अभियानमा लागेका छन् । राम्रो र मालदार स्थान भएका कारण सेटिङ मिलाएर सो आयोजनामा पुगेका उनी पर्यटनमन्त्री फेरिएसँगै संकटमा परेको बताइन्छ ।
पूर्ववर्ती सरकारको पालामा एमालेले पर्यटन मन्त्रालयको जिम्मेवारी पाएपछि उनी सो आयोजना प्रमुख हुन पुगे पनि त्यहाँ आर्थिक अनियमिततामा बाजी मारेपछि उनलाई अहिले सो पद जोगाउन मुस्किल परेको बताइन्छ । पाँच महिनाअघि आयोजना पुगेका अधिकारीले त्यहाँ अनियमितता र भ्रष्टाचारको शृंखला नै चलाएपछि पर्यटन मन्त्रालयले सहसचिव सुरेश अधिकारीको संयोजकत्वमा छानबिन कमिटी गठन गरेको थियो । सो कमिटीले स्पष्टीकरण लिएका अधिकारीले अरूलाई ‘उल्टै आफ्नो विरोध गरे जागिर खाइदिने’ धम्की दिँदै हिँड्ने गरेको आयोजनाका एक अधिकारीले बताए ।
केही दिनअघि मात्र नेपाल इन्जिनियर्स एसोसिएसनको निर्वाचनमा महासचिवको उम्मेदवार बनेका अधिकारीले निर्वाचनका लागि भन्दै आयोजनाका ठेकेदार र परियोजना प्रमुखहरूसँग लाखौं रकम उठाएको पनि बुझिएको छ । चार वर्षमा बनिसक्नुपर्ने सो आयोजना प्रमुख अधिकारीका कारण समयमा पूरा नहुने अवस्था उत्पन्न भएको बताइन्छ । अधिकारीले सो परियोजनाको ३ सय रोपनी जग्गा अधिग्रहण गर्दा व्यापक कमिसन लिनुका साथै आयोजनालाई अनावश्यक व्ययभार थोपर्न कार्यालयमा गाडी हुँदाहुँदै अर्को गाडी भाडामा लिएका थिए । त्यस्तै ढल निकास र नाला खन्ने क्रममा पहिले अनावश्यक स्थानमा खन्न लगाएको र फेरि भत्काएर दोहारो खर्च गराएको बताइन्छ । त्यति मात्र होइन, विमानस्थलमा भएको ग्यारेज भत्काउन लगाएर त्यहाँ भएका काठ तथा जस्तापाता सिधै जिन्सीमा लगत राख्न दिनुपर्नेमा ठेकेदारलाई प्रयोग गर्न दिएर कमिसन खाएको बताइएको छ ।
त्यसो त ‘बुधबार’ले यो विषयमा केही अघि नै समाचार प्रकाशन गरेपछि प्राधिकरणका वरिष्ठ इन्जिनियर ध्रुव मोचिभयाको संयोजकत्वमा छानबिन भइरहेको बताइन्छ । सो कमिटीलाई प्रभावित गरेर आफू निर्दोष साबित हुन अधिकारीले निकै चलखेल गरिरहेको बुझिएको छ । यस विषयमा प्रतिक्रिया लिन उनको मोबाइलमा सम्पर्क गर्दा कल फरवार्ड गरेकाले सम्पर्क हुन सकेन । यता, नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम अहिले पर्यटनमन्त्री जीवनकुमार शाहीसहितको जम्बो टोली लिएर क्यानडा भ्रमणमा गएका छन् । महानिर्देशक गौतम मात्र गए हुने उक्त कार्यक्रमका लागि चाकडी बजाउनकै निम्ति मन्त्री शाहीसमेतलाई लिएर गएको बताइन्छ । सो टोलीले दैनिक ५ सय डलर भत्ता लिने बताइएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply