नार्कमा जति भाँडभैलो कहाँ हुन्छ र ?
काठमाडौं । पदीय दुरुपयोग गर्दै उच्च शिक्षा अध्ययन गर्नेहरूको भीड नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा लाग्न थालेपछि त्यसले कृषि र पशु विज्ञान क्षेत्रमा खोज र अनुसन्धान गर्ने एउटा सरकारी संस्थाभित्रका विसंगतिहरू छताछुल्ल हुन पुगेका छन् । नार्कका अधिकांश वैज्ञानिकहरूले संस्थाकै स्रोत र साधन प्रयोग गरेर उच्च अध्ययन गर्ने गरेका छन्, जुन बहालवालाहरूले गर्न मिल्दैन । तर, नार्कमा त्यस्ता वैज्ञानिकहरू पशस्तै छन्, जसले पदीय दुरुपयोग गर्दै अध्ययन गरेका थिए ।
स्रोतका अनुसार पदमा छँदाछँदै कृषि क्याम्पस रामपुरबाट उच्च अध्ययन गर्नेहरूमा एक दर्जनभन्दा बढी वैज्ञानिकहरू रहेका छन् । नार्कका कार्यकारी–निर्देशक डा. वाईआर पाण्डेले पनि कृिष अनुसन्धान केन्द्र, लुम्लेको प्रमुख हुँदा रामपुरबाट पीएचडी गरेका थिए । त्यस्तै, क्षेत्रीय निर्देशनालय परवानीपुरमा क्षेत्रीय निर्देशक रहँदा कैलासप्रसाद भुडेरले, तेलबाली अनुसन्धान केन्द्र नवलपुरमा प्रमुख हुँदा नवलकिशोर यादवले, किट विज्ञान महाशाखाको प्रमुख हुँदा यज्ञप्रसाद गिरीले र नार्कको योजना प्रमुख हुँदा हरिकृष्ण श्रेष्ठले पीएचडी सिध्याएका थिए ।
पदमा रहेकै बेला पप्एचडी गर्नेहरूमा वेदानन्द चौधरी र रामवरण यादव पनि हुन् । यसरी नै बीउ विज्ञान प्रविधि महाशाखाका प्रमुख हुँदा ज्वाला बज्राचार्य, कृषि अनुसन्धान केन्द्र, सुर्खेतको प्रमुख हुँदा रामबाबु पनेरू, वैज्ञानिक सुधा सापकोटा, सुदूरपश्चिमाञ्चलको क्षेत्रीय निर्देशक हुँदा हरिकुमार प्रसाई र मत्स्य अनुसन्धान केन्द्र, गोदावरीको प्रमुख हुँदा सुरेशकुमार वाग्लेले पनि पीएचडी गरेका थिए । राष्ट्रिय आलुबाली अनुसन्धान केन्द्रको कार्यक्रम संयोजक बुद्धिप्रकाश शर्मा, बागवानी केन्द्रका वरिष्ठ वैज्ञानिक गिरिधारी सुवेदी र आलुबाली अनुसन्धान केन्द्रका वैज्ञानिक ईश्वरीप्रसाद गौतमले पनि पीएचडी गरेका छन् ।
पदको दुरुपयोग गरेर उच्च शिक्षा अध्ययन गर्नेहरू मात्र होइन, आफ्नो अनुभव र क्षमताको दुरुपयोग गर्ने वैज्ञानिकहरू पनि नार्कभित्र रहेका छन् । नार्कमा अहिले प्रशासनको निर्देशक रहेका डा. रामचन्द्र अधिकारीलाई नार्कले बागवानी विषयमा उच्च अध्ययन गर्न भारत पठाएका थिए । भारतमा पीएचडी गर्न जाँदा सरकारी क्वार्टरमा आफ्नो परिवारलाई राखेर गएका उनले भारतबाट पीएचडी सिध्याएर फर्किएपछि उनले बागवानी विषयमा अनुसन्धान गर्न चाहेनन् । बरु, डा. अधिकारीले प्रशासनको निर्देशक हुन चाहे । त्यस्तै, रामबहादुर केसीलाई नार्कले एमएस्सी गर्न रामपुर क्याम्पसमा पठायो ।
तर, उनले पनि अध्ययन सिध्याएर आएपछि आफ्नो क्षेत्र बागवानीमा लाग्ने सोच बनाएनन् । उनी अहिले नार्कमा लेखा निर्देशकका रूपमा कार्यरत छन् । डा. अधिकारी र केसीलाई नार्कले पाँच वर्षसम्म लगानी गरे पनि अहिले उनीहरूले आफूले अध्ययन गरेको विषयमा अनुसन्धान गर्नेभन्दा पनि बेग्लै क्षेत्रको जिम्मेवारी सम्हालिरहेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply