लोकमानका सारथि सिटौला र घिमिरे
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कमिटी बैठकमा दुईजना सदस्यले मात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीको पक्षका खुलेर वकालत गरेका छन् ।
८५ सदस्यीय केन्द्रीय कमिटीमा ११ जना सदस्य मनोनयन गर्न नै बाँकी छ । बाँकी ७४ सदस्यमध्ये गत महाधिवेशनमा खुलाबाट अन्तिम पच्चिसौंभित्र परेर जितेका मीनेन्द्र रिजाल र पहिलोपटक केन्द्रीय सदस्य भएका गुरुराज घिमिरेले मात्र लोकमानको बचाउ गरेका छन् ।
विद्यार्थी पृष्ठभूमिबाट आएका युवा नेताहरू गगन थापा, विश्वप्रकाश शर्मा, धनराज गुरुङ, प्रदीप पौडेललगायतका नेताहरूले कार्कीविरुद्धको महाअभियोगको पक्षमा पार्टीले निर्णय लिनुपर्ने भनेर दबाब दिइरहेका बेला घिमिरेले केन्द्रीय कमिटी बैठकमा नांगो ढंगले कार्कीको बचाउ गरेको देखेर अरू सदस्यसमेत आश्चर्य मानेका थिए । कार्कीको समर्थन गर्ने रिजाल र घिमिरे दुवै कार्कीको गृह जिल्ला मोरङ निवासी हुन् । कांग्रेसनिकट स्रोतले भन्यो –‘यी दुवै नेताको दानापानीको बन्दोबस्त नै कार्कीले मिलाइदिएका छन्, किन जोगाउन नखोजून् त ?
अधिकांश सदस्य कार्कीको महाअभियोगको विपक्षमा भनेर बाहिर प्रचार भएजस्तो पार्टीभित्रको बैठकमा नभएको एक केन्द्रीय सदस्यले बताए । उनले भने– ‘धेरैको धारणा कार्की गलत मान्छे हुन् भन्ने नै छ, तर महाअभियोगको प्रस्ताव छापामार तरिकाले कांग्रेससँग छलफल नै नगरी आएकोमा मात्र विरोध हो, तर रिजाल र घिमिरेले मात्र कार्कीको बचाउ गरेका छन् ।’ सत्तारूढ र त्यो पनि प्रमुख पार्टीलाई पत्तै नदिई प्रस्ताव आएकाले यसको विधिमान मात्र अधिकांश सदस्यले विरोध जनाएको स्रोतको दाबी छ ।
उनीहरूले यसबारे प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रस्टीकरण लिएर मात्र महाअभियोगको पक्षमा निर्णय लिनुपर्ने धारणा राखेको बताइन्छ । त्यसो त सभापति शेरबहादुर देउवाले पटकपटक जनभावना बुझेर त्यसैअनुरूप निर्णय लिने भन्दै महाअभियोगको पक्षमा निर्णय लिने संकेत दिइसकेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply