मुखर्जी–नेपाल भेटमा के भयो ?
काठमाडौं । नेपाल भ्रमणका क्रममा भारतीय राष्ट्रपति प्रवण मुखर्जीले तीन प्रमुख दललाई प्रतिनिधिमण्डल तहमा र सात मधेसी दललाई संयुक्त रूपमा भेट्नेबाहेकको सूचीमा थिए, राष्ट्रपति मुखर्जीका पुराना मित्र पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल । नेपाल ०५१ सालमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री हुने बेलादेखि जोडिएको दुई नेताबीचको मित्रताले कात्तिक १८ गते बिहान हयात होटलमा २५ मिनेटको भेटवार्ता जुराएको थियो ।
नेकपा (एमाले) वैदेशिक मामिला विभाग प्रमुखसमेत रहनुभएका वरिष्ठ नेता नेपालको राष्ट्रपति मुखर्जीसँग भेटवार्ता अघिल्लो साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले सोल्टीमा आयोजना गरेको स्टेट ब्यांक्वेटको कार्यक्रममा भएको थियो । दुवैजनाले एकअर्काको सन्चो–बिसन्चो सोधपुछ गरेपछि मुखर्जीले अरू कुरा भोलि भेट्दा गरौंला भनेका थिए ।
राष्ट्रपति मुखर्जी र पूर्वप्रधानमन्त्री नेपालबीच ०५१ सालदेखि मित्रता छ । ०६६ मा नेपाल प्रधानमन्त्री भएको बेला मुखर्जी भारतीय अर्थमन्त्रीका रूपमा दुईपटक नेपाल आएका थिए भने पछि भारत जाँदा नेपालले उनलाई राष्ट्रपतिका रूपमा भेटेका थिए । १२ बुँदे सहमति गरेर माओवादीलाई शान्तिपूर्ण राजनीतिक धारमा ल्याउन भारतले गरेको पहलमा मुख्य भूमिका मुखर्जीले नै खेलेको मानिन्छ । त्यस प्रक्रियामा एमालेका तत्कालीन महासचिव नेपाल अविच्छिन्न रूपमा जोडिएकाले पनि उनीहरूबीच विभिन्न चरणमा कुराकानीहरू भएका थिए ।
भेटका क्रममा दुई नेताबीच दुई देशको सम्बन्धलाई प्रगाढ र पारस्परिक हितमा अभिवृद्धि गर्नेबारेमा कुरा भएको थियो । दुई स्वतन्त्र र सार्वभौम मुलुकका बीचमा कायम हुने हार्दिकता र असल सम्बन्धले दुवै देशका जनतालाई लाभ हुनेबारे उनीहरूले चर्चा गर्नुभएको थियो । भेटका क्रममा राष्ट्रपति मुखर्जीले वरिष्ठ नेता नेपाललाई भारत भ्रमणको निम्ता दिनुभएको थियो ।
एमालेको प्रतिनिधिमण्डलले साँझ अलग्गै भेटेको थियो । अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष वामदेव गौतम, अष्टलक्ष्मी शाक्य र भीमबहादुर रावल, महसचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेलसहितको टोलीले ह्यातमा करिब १६ मिनेट कुरा गरेको थियो । भेटका अवसरमा दुई देशको आपसी सम्बन्ध विस्तार र सुदृढीकरणका विषयमा कुराकानी भएको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply