वर्ष दिन घुमेरै बिताए यी सहसचिवहरूले
काठमाडौं । कुन मन्त्रालयका सहसचिवले धेरै पटक विदेश घुम्ने भन्ने प्रतिस्पर्धा चल्यो भने सम्भवतः कृषि विकास मन्त्रालयका सहसचिवहरूले पहिलो स्थान प्राप्त गर्नेछन । किनकि, अरु मन्त्रालयका उच्च तहका कर्मचारीहरू पनि विदेश घुम्छन । तर, एक वर्षको रेकर्ड पल्टाउने हो भने कृषि विकास मन्त्रालयका सहसचिवहरूले विदेश भ्रमणमा छलाङ नै मारेका छन ।
धेरै पटक विदेश घुम्नेमा मन्त्रालयका नीति तथा अन्तर्राष्ट्रिय सहयोग समन्वय महाशाखाको प्रमुख सहसचिव डा. सुरोज पोखरेल रहेका छन । पछिल्लो समय माओवादी निकट पुगेका सहसचिव पोखरेलले आफूअनुकूलका मन्त्री पाएका हुँदा विदेश भ्रमणमा सर्वाधिक रेकर्ड तोडन पुगेका हुन । एक वर्षको अवधिमा मात्रै उनले ८ पटक विदेश जाने मौका पाएका छन । उनले जर्मनी, फिलिपिन्स, इटाली, युएई, भियतनाम र दुई पटक थाइल्याण्डको भ्रमण गरेका छन ।
त्यस्तै, मन्त्रालयको खाद्य सुरक्षा, कृषि व्यवसाय प्रवद्र्धन तथा वातावरण महाशाखाका प्रमुख सहसचिव लेखनाथ आचार्यले चीनसमेत गरी ८ मुलुकको भ्रमण गरेका छन । सबभन्दा धेरै पटक विदेश घुम्नेमा तेस्रो नम्बरमा पर्दछन, कृषि विभागका महानिर्देशक युवकध्वज जिसी । जिसीले एक वर्षको अवधिमा ७ पटक विदेश घुम्ने अवसर पाएका छन भने सोही विभागका उपमहानिर्देशक सूर्यप्रसाद पौडेलले पनि ७ पटक नै विदेश घुमेका छन ।
योजना महाशाखाका प्रमुख सहसचिव योगेन्द्रकुमार कार्कीले ६ पटक र प्रशासन महाशाखाका प्रमुख सहसचिव काशीराज दाहालले ५ पटकसम्म विदेश घुम्ने मौका पाएका थिए । तर, थोरै विदेश घुम्नेमा भने अनुगमन, मूल्यांकन तथा तथ्यांक महाशाखाका प्रमुख सहसचिव ईश्वरप्रसाद रिजाल हुन । उनले २ पटक मात्रै विदेश घुम्ने अवसर पाएका थिए । मन्त्रालयका सहसचिवहरूले एकै वर्ष ८÷९ पटकसम्म हप्तौहप्तासम्म विदेश घुम्न थालेपछि राज्यमन्त्री राधिका तामाङ केही असन्तुष्ट रहेको बताइन्छ । सचिव, सहसचिवलगायत उच्च तहका कर्मचारीहरूको विदेश घुम्ने मोह देखेपछि राज्यमन्त्री तामाङले विदेश भ्रमणको कार्यविधि बनाउनुपर्ने कुरामा जोड दिएको बताइन्छ । तर, राज्यमन्त्री असन्तुष्ट रहे पनि मन्त्री गौरीशंकर चौधरीले भने तीन महिनाको अवधिमा दुई देश घुम्न भ्याइसकेका छन । मन्त्री चौधरी इटाली र दक्षिण कोरिया घुमिसकेका छन ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply