एयरपोर्टको सेटिङमा एआईजीकै संलग्नता
काठमाडौं । पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ गरेर हुने तस्करी धन्दा मौलाएको छ । नेपाल प्रहरीले प्रत्यक्ष निगरानी राख्दै आएको उक्त क्षेत्रका अवैध र ओसारपसारमा प्रतिबन्धित सामग्री खुलेआम आयात निर्यात गरेर तस्करी बढेको हो । अहिले एयरपोर्टको मुख्य जिम्मेवारी नेपाल प्रहरीका डीआईजी गोविन्द निरौलाले लिएका छन् । तर, उनलाई पत्तो नदिईकन एसएसपी श्याम खत्री, एसपी प्रमोद खरेल, डीएसपी टीका केसीलगायतले तस्करीको लाइन मिलाएको बताइन्छ । अघिल्लो हप्ता डीआईजी निरौला स्वदेशमा थिएनन् । तर, उनलाई आशंका लागेकाले उनले पछिल्लो चरणमा आफ्ना केही मान्छेलाई सूक्ष्म ढंगले अध्ययनका लागि जिम्मेवारी दिएका थिए ।
त्यही क्रममा एयरपोर्टको मुख्य घेरा पार गरिसकेपछि विमानमा चढाउन लाग्दा एक जवानले ठूलो परणाममा काँचो मासु, सुकुटीलगायतका सामान बरामद गरे । प्रतिबन्धित वन्यजन्तु मृगलगायतको सुकुटी त्यसरी लामो समयदेखि सेटिङमा विदेश पठाइरहेको पुष्टि जब भयो, तब उक्त दिन ठूलो परिमाणमा फेला प¥यो । हाकिमहरूको उक्त सेटिङको सूचना आफूसँग नपुगेकाले उनले उक्त सामान बरामद त गरे, तर उक्त कारणबाट नै उनीमाथि दशा आइलाग्यो । महानगरीय प्रहरी परिसरबाट काजमा आएका ती सिपाहीको त्यसपछि हाकिमहरूले तुरुन्त सरुवा गरिदिए । उनी सिकायत गर्दै मेट्रोका एआईजी प्रतापसिंह थापाकहाँ पुगे र अनुरोध गरे डीआईजी निरौला नेपाल नफर्किउन्जेल आफूलाई नचलाइयोस् । डीआईजी आएपछि आफूले गल्ती नै गरेको भए पनि सजाय भोग्न तयार रहेको भनिरहँदा पनि एआईजी थापाले उनको गुनासो सुनेनन् ।
एसएसपी, एसपी र डीएसपीको कुरा मात्र नसुनीकन डीआईजी नफर्किउन्जेल कुर्न र उनीसँग यथार्थ बुझेर मात्र ती कर्मचारीलाई चलाउन केही आफन्तले आग्रह गरे पनि एआईजी थापाले भने तिनै सेटिङवाला अधिकारीहरूको पक्ष लिएको बताइन्छ । भेटघाटमा ती अधिकारीको नियत ‘ठिक छैन’ भनेर अनुरोध गर्दा एआईजी थापाले ‘डीआईजीको नियत पनि त ठीक नहुन सक्छ’ भन्ने जवाफ दिएको बताइन्छ । यस्तो कदमले केही गरेर देखाउँछु भन्ने कर्मचारीलाई हतोत्साही पारेको बताइएको छ । त्यसो त लामो समयदेखि भिजिट भिसा लिएर काम गर्न जाने कामदारलाई पठाउने, काँचो सुन अवैध रूपमा ल्याउनेलाई पैसा लिएर उन्मुक्ति दिने, प्रतिबन्धित पदार्थहरू ओसारपसार गर्ने काम विमानस्थलमा कसको संलग्नता र संरक्षणमा भइरहेको रहेछ भन्ने कुरा यस घटनापछि पुष्टि भएको छ । अकूत सम्पत्ति आर्जन गरिसकेका एआईजी थापालाई पछिल्लो समय अख्तियारले पनि सम्पत्ति छानबिनको घेरामा राखेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply