आन्दोलन झन् चर्काउने तयारीमा एमाले
काठमाडौं । संविधान संशोधन विधेयक राष्ट्रघाती भएको निष्कर्षसहित त्यसविरुद्ध सञ्चालित आन्दोलनलाई एमालेले सदन र सडक दुवैतिर चर्काउने भएको छ । मधेस र पहाडमा दुई राष्ट्रियता रहेको मान्यता स्थापित गरेर अन्ततः राष्ट्रियता विभाजन गर्ने विदेशी डिजाइनअनुसार संशोधन विधेयक दर्ता गरिएको एमालेको निष्कर्ष छ । सोही कारण कुनै हालतमा प्रदेश सीमांकन हेरफेर गर्ने संशोधन विधेयक पारित गर्न नदिने योजनाअनुसार एमालेले आन्दोलन चर्काउँदै लैजाने निर्णय गरेको हो ।पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सोमबार बसेको स्थायी समिति बैठकले सदन र सडक दुवैतिर आन्दोलन चर्काउने निर्णय गरेको छ । राष्ट्रियता जोगाउने पक्षमा तराई, मधेस र पहाड सबैतिर आन्दोलन फैलिँदै गएकाले ५ नम्बर प्रदेशमा केन्द्रीकृत आन्दोलनलाई देशव्यापी बनाउँदै लैजाने एमालेको तयारी छ । बैठकले विकसित राजनीतिक घटनाक्रमका साथै विधेयकविरुद्ध सञ्चालित आन्दोलनको गम्भीर समीक्षासमेत गरेको छ । आन्दोलनमा व्यापक जनसमर्थन बढ्दै जाँदा कांंग्रेस–माओवादी गठबन्धन सरकार अत्तालिएर कुप्रचारमा लागेको ठहरसहित बैठकले आन्दोलनलाई अझ उचाइमा पु¥याउन व्यापक जनपरिचालनको योजना बनाएको छ । राष्ट्रियता जोगाउने आन्दोलनमा जनता स्वतःस्फूर्त राष्ट्रिय झन्डासहित सहभागी भइरहेका छन् ।
त्यसका निम्ति सातवटै प्रदेशका मुख्य सहरहरूमा विशाल प्रकृतिको आमसभा र जनप्रदर्शन गर्ने निर्णय गरिएको सचिव तथा प्रचार विभागका प्रमुख योगेश भट्टराईले बताए । ‘आन्दोलनलाई प्रभावकारी बनाउने सिलसिलामा सातवटै प्रदेशका मुख्य सहरहरूमा केन्द्रित रहेर विशाल आमसभा र जनप्रदर्शन गरिनेछ’ भट्टराईले भने– ‘आमसभाको मिति र स्थान केही दिनभित्रै घोषणा गरिनेछ ।’ ५ नम्बर प्रदेशको बुटवलमा आयोजित जनसभामा १ लाखभन्दा बढी जनसमुदायको सहभागिता थियो । त्यस्तै, प्रकृतिको सभा सबै प्रदेशमा आयोजना गरेर सरकारको राष्ट्रघाती कदमको भण्डाफोर गर्ने एमालेको योजना छ । विधेयकविरुद्ध विभिन्न जिल्ला सदरमुकाममा एमालेकै अगुवाइमा जुलुस प्रदर्शनहरू भइरहेका छन् । तराई र पहाड अलग्याउने गरी संविधान संशोधनको तयारीविरुद्ध विशेषगरी ५ नम्बर प्रदेशका सबै जिल्लामा दिनहुँ आन्दोलन चलिरहेको छ ।
संसद्मा मोर्चाबन्दी
एमालेले आन्दोलन चर्किंदै जाँदा आवश्यकताअनुसार सभामुखको रोस्ट्रमसमेत घेराउ गर्ने गरी संसद्मा पनि आन्दोलन चर्काउने रणनीति लिएको छ । संसद्मा नेकपा माले, राष्ट्रिय जनर्मोचा, नेमकिपा र नेपासहित अन्य चार पार्टी पनि विधेयकविरुद्ध उभिएका छन् । उनीहरूसँगको एकतालाई थप मजबुद बनाउँदै राप्रपालगायतका दलहरूलाई पनि गोलबन्द गर्ने गरी एमालेले विधेयकविरुद्ध सबै दललाई एकताबद्ध बनाउने योजना बनाएको छ । सरकारले चुनाव घोषणा नगर्ने तर त्यही नाममा संसद् खुलाएर संशोधन विधेयकसमेत प्रस्तुत गर्ने गरी योजना बनाउन थालेपछि फिर्ता नलिएसम्म सदन अवरोध कायमै राख्ने योजना एमालेले बनाएको हो । जबर्जस्त गर्न खोजिए रोस्ट्रमसमेत घेर्न सकिने विषयमा समेत एमालेले छलफल गरेको छ । ‘तर, अहिले नै हामी त्यो तहसम्म जान चाहँदैनौं । अवरोधचाहिँ कायम राख्छौं,’ भट्टराईले भने– ‘जति पनि पार्टी विधेयकविरुद्धमा छन्, ती पार्टीसँगको एकतालाई मजबुत बनाउँदै अन्य दल र सभासद्लाई पनि विरुद्धमा गोलबन्द गर्दै अघि बढ्छौं ।’ त्यस्तै, बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालले नै आन्दोलनकारी जनसमुदायको अपमान हुने गरी वितण्डाकारीको उपमा दिएर उत्तेजित बनाउने, साम्प्रदायिकता बिथोल्नेजस्तो अत्यन्त गैरजिम्मेवार प्रयास भएकोमा घोर आपत्तिसहित भत्र्सना गरेको छ ।
भारतीय विज्ञप्ति ः खेदजनक र कूटनीतिक मर्यादाविपरीत
भारतीय विदेश मन्त्रालय र नेपालस्थित भारतीय दूतावासले विधेयकको पक्षमा स्वागत वक्तव्य निकालेर कूटनीतिक मर्यादाविपरीत खेदजनक काम गरेको भन्दै बैठकले गम्भीर आपत्ति जनाएको छ । आइतबार विज्ञप्तिमार्फत भारतीय सरकार र दूतावासले संशोधन विधेयक स्वागतयोग्य भएको भन्दै पारित हुने विश्वास व्यक्त गरेको थियो ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply