निगममा भर्तीका लागि दबाब
काठमाडौं । नेपाल वायुसेवा निगम राजनीतिक हस्तक्षेप र विभिन्न समयमा भएका भ्रष्टाचार काण्डले थिलथिलो भइरहेका बेला फेरि राजनीतिक हस्तक्षेपको तयारी भएको छ ।
पर्यटनमन्त्री जीवनबहादुर शाहीले निगमप्रति बक्रदृष्टि लगाएकाले राजनीतिक हस्तक्षेपको तयारी भएको निगम स्रोतले बतायो । निगममा ठूला तहका खरिदमा महाप्रबन्धक, बोर्ड सदस्य विभागीय मन्त्रीले आँखा लगाएर लामो हात गर्ने गरिएको छ । त्यति मात्र होइन, विभिन्न सल्लाहकार र विज्ञका रूपमा कर्मचारी भर्ती गर्ने र करारमा ज्यालादारी कर्मचारी थपेर पनि राजनीतिक कार्यकर्ताको अखडा बनाउने गरिएको छ । मन्त्री भएलगत्तै उनले विभिन्न राजनीतिक कार्यकर्ता ५० जनाको सूची तयार गरी मन्त्रालयबाट निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारसमक्ष पठाएर जसरी पनि ज्यालादारीका रूपमा भर्ती गर्न बारम्बार दबाब दिएको थिए । मन्त्रीको दबाब भन्ने कारण देखाएर त्यही मौकामा आफ्ना पनि केही मान्छे घुसाउन पाउने आशाले निगमका महाप्रबन्धकसहित उच्च तहका कर्मचारी उक्त काम गर्न राजीसमेत भएका थिए । एक निर्देशकले आफ्नो छोरासमेतलाई ज्यालादारीका रूपमा भर्ती गर्ने अन्तिम तयारी गरेपछि निगममा विवाद भएको बताइन्छ ।
सो कुरा बाहिर चुहिएपछि निगमको आधिकारिक ट्रेड युनियनले महाप्रबन्धक सुगतरत्न कंसाकारको ध्यानाकर्षण गराउँदै उक्त रकम अविलम्ब रोक्न दबाब दिएको छ । युनियनका तर्फबाट गत मंसिर १५ गते ध्यानाकर्षण गराउँदै ‘यात्रुसेवा विभागमा सार्वजनिक सूचना नगरी गोप्य रूपमा दैनिक ज्यालादारी कर्मचारी नियुक्ति गर्ने प्रक्रिया भइरहेको सुन्नमा आएको’ भन्दै उक्त कार्य तुरुन्त बन्द गर्न अपिल गरिएको छ । युनियनले यात्रुसेवा विभागका निर्देशक तथा मानव संसाधन विभागका निर्देशकलाई बोधार्थ दिएर महाप्रबन्धकसमक्ष ध्यानाकर्षण पत्र दिँदै ‘निगमलाई अति आवश्यक पर्ने ज्यालादारी कर्मचारी भर्ना गर्नुपरे निगमको मानव संशाधन विभागबाट आवश्यक प्रक्रिया पु¥याएर मात्र गर्न अनुरोध गरेको छ । चलानी नम्मर १ सय १३ को उक्त पत्रमा निगमको प्रशासन सेवामा निकट भविष्यमा नै १ सय ४८ जना नयाँ कर्मचारी नियुक्ति गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेका बेला ज्यालादारी कर्मचारी आवश्यक नभएको उल्लेख गरिएको छ ।
स्मरणीय छ, विगतमा आनन्द पोखरेल नेकपा (एमाले) का तर्फबाट पर्यटनमन्त्री नियुक्त हुँदा ज्यालादारी कर्मचारीका रूपमा एकजना पनि भर्ना गरिएको थिएन । अहिलेका मन्त्रीका स्वकीय उपसचिव तथा हुम्लातिर एनजीओमा कार्यरत रहेका राजबहादुर रोकायले मन्त्रीको नाम लिँदै विभिन्न क्यासिनो तथा होटल सञ्चालकहरूसँग रकम संकलन गरिरहेको खबर प्राप्त भएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply