गृहमन्त्रीको उक्साहटले तिवारीको हत्या : एमाले
काठमाडौं । यतिबेला ५ नम्बर आन्दोलित छ । सरकारले संविधान संशोधन विधेयक ल्याएर ५ नम्बर प्रदेशलाई टुक्र्याउने निधो गरेसँगै सो प्रदेशका बुटवललगायत अरू जिल्लाहरूमा तीन सातादेखि आन्दोलन चर्किएको छ । तर, सोही आन्दोलनमा सक्रिय रूपले सहभागी र नेतृत्व गरेका युवा संघ नेपालका रूपन्देही जिल्ला अध्यक्ष तथा नेकपा (एमाले) क्षेत्रीय कमिटी सदस्य दुर्गा तिवारीको निर्ममतापूर्वक हत्या गरियो ।
सोमबार अपराह्न करिब साढे ३ बजे रूपन्देहीको देवदह नगरपालिका–६ खैरेनीमा हिँडिरहेको बेला मोटरसाइकलमा आएका दुईजना व्यक्तिले गोली हानी तिवारीको हत्या गरेका थिए । एमाले महासचिव ईश्वर पोखरेलले तिवारी हत्याकाण्डको घोर भत्र्सना गर्दै हत्याराहरूलाई तुरुन्त कारबाही गर्न माग गरेको छ । राष्ट्रिय एकता, अखण्डता, स्वाधीनता र स्वाभिमानका पक्षमा सञ्चालित आन्दोलनमा तिवारी सक्रिय भन्दै महासचिव पोखरेलले त्यसमा संलग्न अपराधीहरूलाई तुरुन्त गिरफ्तार गरी कडा कानुनी कारबाही गर्न माग गरेका हुन् ।
महासचिव पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री पुष्पकमल दाहाल स्वयंले नेकपा (एमाले) र आन्दोलनरत जनताविरुद्ध उत्तेजनापूर्ण अभिव्यक्ति दिइरहेको तथा गृहमन्त्रीले उक्साहटपूर्ण भनाइ राखिरहेका बेला देशभक्त युवा नेताको हत्या भएको छ । देश र जनताको सुरक्षा गर्नुपर्ने व्यक्तिहरूको त्यस्तो उत्तेजना र उक्साहटपूर्ण अभिव्यक्ति सार्वजनिक भएकै बेला यो देशभक्त नेपालीहरूमाथि गरिएको षड्यन्त्रपूर्ण आक्रमण हो । आन्दोलनकारी युवा नेताको हत्या गरेर एकातर्फ उक्त आन्दोलनलाई कमजोर बनाउने र अर्कातर्फ साम्प्रदायिक सद्भाव बिथोलेर मुलुकमा विखण्डन सिर्जना गर्न गम्भीर आपराधिक षड्यन्त्र भइरहेको गम्भीर आशंका पैदा भएको छ । केही दिन पहिला रूपन्देहीकै भैरहवामा एकजना व्यवसायीमाथि समेत गोली प्रहार भएको कुरा यहाँनेर स्मरणीय छ ।’
हत्या र षड्यन्त्रको पर्दाफास गर्दै संयम र धैर्यका साथ राष्ट्र, राष्ट्रियता, संविधान कार्यान्वयन र अग्रगमनको यात्रामा अविचलित सक्रियताका साथ भएर लागिरहन कार्यकर्ता पंक्तिलाई समेत एमालेले आग्रह गरेको छ । व्यवसायीसमेत रहेका तिवारीमाथि ६ महिनाअघि पनि आक्रमण भएको थियो ।
यसैबीच, युवा संघ नेपालले आफ्ना होनहार जिल्ला अध्यक्षको षड्यन्त्रमूलक ढंगबाट हत्या भएको दाबी गर्दै आन्दोलनको घोषणा गरेको छ । अध्यक्ष राजीव पहारीको अध्यक्षतामा सोमबार बसेको आकस्मिक बैठकपछि युवा संघले मंगलबार लुम्बिनी अञ्चल बन्द गर्ने घोषणा गरेको हो । बैठकले हत्याको घोर निन्दा गर्दै अपराधीलाई कडा कारबाही गर्न माग गरेको छ ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply