यस्तो छ १७ गतेको तयारी
काठमाडौं । संविधान संशोधन विधेयकविरुद्ध आन्दोलनरत नेकपा (एमाले) सहित ८ प्रतिपक्षी दलले आगामी १७ पुसमा खुला मञ्चमा चुनाव घोषणाका लागि दबाब दिन आमसभा आयोजना गर्ने भएका छन् । प्रचण्ड नेतृत्वको वर्तमान सरकार मुलुकलाई विभाजनतिर धकेलेर संवैधानिक संकट सिर्जना गर्न उद्धत देखिएपछि चुनाव घोषणाको माग गर्दै दबाब आमसभा आयोजना गर्न लागिएको हो । ं
सरकारको राष्ट्रघाती कदमको भण्डाफोर गर्दै चुनाव घोषणाका लागि दबाब दिने उद्देश्यले यसअघि नै एमालेले सातवटै प्रदेशका ठूला सहरहरूमा विशाल प्रकृतिको आमसभा आयोजना गर्ने घोषणा गरेको थियो । राष्ट्रियताका पक्षमा संसद् र सडक दुवैतिर कसिलो मोर्चा तयार पारिरहेको एमालेले आठ दलसँग मोर्चाबन्दी गरेर संविधान संशोधन विधेयक जर्बजस्ती अघि बढाउन खोजिए सभामुखको रोस्ट्रम घेराउ गर्नेसम्मको योजना बनाएको छ । गत सोमबार एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको आ ठ दलको संयुक्त बैठकमा पनि यी विषयमा छलफल भएको उपाध्यक्ष वामदेव गौतमले बताएका छन् ।
बैठकमा एमालेसहित नेकपा माले, नेमकिपा, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, नेपा पार्टी, मधेस समता पार्टी र लोकतान्त्रिक जनजाति पार्टीका नेताहरू सहभागी थिए । प्रतिपक्षी नेताहरूले लगत्तै महाभारतको जस्तै सरकारले पाण्डव र कौरवबीचको लडाइँको घोषणा गरेको भन्दै अन्ततः सत्यको जित निश्चित रहेको उद्घोष गरेका थिए । प्रतिपक्षी पार्टीहरूका तर्फबाट सांसद लक्ष्मण राजवंशीले उक्त चेतावनी दिएपछि पछिल्लो संसद् बैठक अवरुद्ध भएको थियो ।
५ नम्बरको आन्दोलनमा ऐक्यबद्धता
आठ दलको बैठकले विधेयकको विरोधमा तीन सातादेखि ५ नम्बर प्रदेशका जिल्लाहरूमा जारी आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गरिएको नेम्वाङले जनाए । आन्दोलनमा राष्ट्रिय झन्डासहित स्वतःस्फूर्त जनताको सहभागिता देखिएको भन्दै बैठकले संयुक्त रूपमा ऐक्यबद्धता प्रकट गर्ने निर्णय गरेको हो ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply