यस्तो छ १७ गतेको तयारी
काठमाडौं । संविधान संशोधन विधेयकविरुद्ध आन्दोलनरत नेकपा (एमाले) सहित ८ प्रतिपक्षी दलले आगामी १७ पुसमा खुला मञ्चमा चुनाव घोषणाका लागि दबाब दिन आमसभा आयोजना गर्ने भएका छन् । प्रचण्ड नेतृत्वको वर्तमान सरकार मुलुकलाई विभाजनतिर धकेलेर संवैधानिक संकट सिर्जना गर्न उद्धत देखिएपछि चुनाव घोषणाको माग गर्दै दबाब आमसभा आयोजना गर्न लागिएको हो । ं
सरकारको राष्ट्रघाती कदमको भण्डाफोर गर्दै चुनाव घोषणाका लागि दबाब दिने उद्देश्यले यसअघि नै एमालेले सातवटै प्रदेशका ठूला सहरहरूमा विशाल प्रकृतिको आमसभा आयोजना गर्ने घोषणा गरेको थियो । राष्ट्रियताका पक्षमा संसद् र सडक दुवैतिर कसिलो मोर्चा तयार पारिरहेको एमालेले आठ दलसँग मोर्चाबन्दी गरेर संविधान संशोधन विधेयक जर्बजस्ती अघि बढाउन खोजिए सभामुखको रोस्ट्रम घेराउ गर्नेसम्मको योजना बनाएको छ । गत सोमबार एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको आ ठ दलको संयुक्त बैठकमा पनि यी विषयमा छलफल भएको उपाध्यक्ष वामदेव गौतमले बताएका छन् ।
बैठकमा एमालेसहित नेकपा माले, नेमकिपा, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, नेपा पार्टी, मधेस समता पार्टी र लोकतान्त्रिक जनजाति पार्टीका नेताहरू सहभागी थिए । प्रतिपक्षी नेताहरूले लगत्तै महाभारतको जस्तै सरकारले पाण्डव र कौरवबीचको लडाइँको घोषणा गरेको भन्दै अन्ततः सत्यको जित निश्चित रहेको उद्घोष गरेका थिए । प्रतिपक्षी पार्टीहरूका तर्फबाट सांसद लक्ष्मण राजवंशीले उक्त चेतावनी दिएपछि पछिल्लो संसद् बैठक अवरुद्ध भएको थियो ।
५ नम्बरको आन्दोलनमा ऐक्यबद्धता
आठ दलको बैठकले विधेयकको विरोधमा तीन सातादेखि ५ नम्बर प्रदेशका जिल्लाहरूमा जारी आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गरिएको नेम्वाङले जनाए । आन्दोलनमा राष्ट्रिय झन्डासहित स्वतःस्फूर्त जनताको सहभागिता देखिएको भन्दै बैठकले संयुक्त रूपमा ऐक्यबद्धता प्रकट गर्ने निर्णय गरेको हो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply