गुप्तचरमा दुई भाइको मस्ती
काठमाडौं । वार्षिक १० करोडभन्दा बढी रकम विभिन्न शीर्षकमा दोहन गर्ने तर उपलब्धिमूलक कुनै कार्य र त्यसको ठोस परिणाम नदिने राज्यको केन्द्रीय गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभागमा केही व्यक्तिको मात्र मनपरी चल्ने गरेको बताइन्छ ।
कांग्रेसनिकट भए पनि केपी ओली नेतृत्वको सरकारको पालामा केही प्रभावशाली मन्त्री तथा नेताहरूको फेर समातेर आईजीपीमा बढुवा भएका दिलिप रेग्मीले त्यसयता मनपरी ढंगले विभाग चलाउन थालेको बताइन्छ । अहिले विभागमा आईजीपी रेग्मीका अतिरिक्त एआईजी गणेश अधिकारीको मात्र हैकम चल्ने गरेको स्रोतको दाबी छ ।
प्रशासन र लेखामा आफ्ना विश्वासी मान्छे खटाउने र त्यहीमार्फत विभिन्न शीर्षकको रकम कामै नगरी झ्वाम पार्ने गरेको भन्दै उच्च तहका अधिकृतहरूबीच नै असन्तुष्टि छाएको स्रोतले बतायो ।
अहिले विभागमा अर्का एआईजी देवराज भट्ट रहेका छन्, तर उनलाई कुनै भूमिका दिइएको छैन र पंगु बनाइएको बताइन्छ । त्यस्तै अर्का डीआईजी राजेन्द्र खत्री छन्, तर उनलाई पनि कुनै जिम्मेवारी नदिएपछि उनी पनि घाम तापेर दिन बिताउने गर्छन् ।
उक्त विभागका प्रमुखलगायत उच्च अधिकारीको प्रमुख काम नै विभिन्न दलका प्रमुख नेता, प्रधानमन्त्री र गृहमन्त्री एवं गृह सचिवका नातागोता र आफन्तलाई रिझाएर विभागका विभिन्न तहमा भर्ना गरिदिनु र आफन्तलाई सुतीसुती तलब खुवाउनु नै रहेको बताइन्छ ।
विभाग अहिले लथालिंग छ । विभागका केही कर्मचारी अहिले विदेशमा गएर पनि हाकिम रिझाएर नक्कली कागजातका आधारमा यहीँको तलब बुझिरहेका छन् । विभागका यसअघिका आईजीपी जितबहादुर केसी, मोती गुरुङ, अशोकदेव भट्ट, धनसिंह कार्की र देवीराम शर्माले पनि साधन स्रोत दुरुपयोग गरेर आफन्त भर्ती गर्ने र नेताहरू खुसी पार्नेबाहेकका केही काम गर्न नसकेको बताइन्छ ।
कुल ४२ सय कर्मचारी रहेको विभागमा अधिकांश नेता र उच्च ओहदाका व्यक्तिहरूले आफ्ना साला, साली, भान्जा, भान्जीलगायतलाई घरमै तलब पु¥याउने व्यवस्था गरेर मस्ती मारिरहेका छन् ।
केही कर्मचारी त्यहाँबाट अवकाश भएपछि फेरि करारमा त्यसकै लागि गुप्तचरी गरेर आजीवन खाइरहेका भेटिन्छन् भने केही अन्यत्र काम गरेर थोरै पारिश्रमिक लिएरै पनि सूचना बेचेर खाइरहेको बताइन्छ ।
काठमाडौं जिल्लाका सीडीओ हुँदा सहसचिव रत्नराज पाण्डेले आफ्नै छोरी भर्ती गरेका मात्र होइन, देवीराम शर्मा प्रमुख हुँदा प्युठानका सयौं आफन्तहरूलाई नियुक्ति दिलाएका थिए । त्यस्तै, लीलामणि पौडेल मुख्य सचिव हुँदा उक्त संस्था पंगु भएको भन्दै सुधारको पहल गर्ने भनेर भाषण ठोके पनि पछि गुल्मीतिरका उनका दर्जनौं आफन्त भर्ती गरेपछि उनी चुप बसेका थिए । त्यस्तै एमालेका एक प्रभावशाली नेताले वामदेव गौतम गृहमन्त्री भएका बेला आफ्नो घर बनाउने ठेकेदारको छोरालाई समेत सूचकका रूपमा स्थायीमा भर्ना गरिदिएका थिए । जुन व्यक्ति अहिले धादिङमा कार्यरत रहेका छन् । त्यस्तै, देवीराम शर्माको जेठानका छोरा इन्सपेक्टरका रूपमा कार्यरत छन् भने वामदेव गौतमका भान्जा पर्ने विश्वेश्वर आचार्य पनि कार्यरत रहेका छन् ।
त्यहाँ हुने खर्च गृह मन्त्रीको तजबिजमा हुने र महालेखा परीक्षकको कार्यालयले अडिट पनि नगर्ने हुनाले उक्त संस्थालाई दोहन गर्ने निकाय बनाइएको बताइन्छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply