प्रहरीमा ‘वान टु वान’ चलखेल
काठमाडौं । आगामी फागुन ३ गतेबाट नेपाल प्रहरीका आईजीपी उपेन्द्रकान्त अर्यालको पदावधि सकिएसँगै बाँकी रहेका एआईजीहरू पनि घर जाने पक्का भएपछि प्रहरीका केही डीआईजी अहिलेदेखि नै एआईजी हुन खुट्टा उचालिरहेका छन् ।
फागुन ३ आउन करिब डेढ महिना बाँकी भए पनि पाइपलाइनका डीआईजीहरूले अहिलेदेखि नै गृहमन्त्री विमलेन्द्र निधिको चाकडी बजाउनेदेखि विभिन्न उपहारको व्यवस्था गर्नसमेत थालेको बताइन्छ ।
गृहमन्त्री निधिले आईजीपी अर्याललाई ‘घर जाने बेला भएको हुनाले धेरै काम नगर्नू, मलाई गर्न दिनू’ भनेर सिधै आफ्नो अनुकूल बढुवा गर्ने संकेत दिइसकेको बताइन्छ ।
आईजी अर्यालले पनि ‘आफू बाहिरिने बेला राजनीतिक मान्छेहरूलाई किन चिढ्याउने काम गर्नु’ भनेर त्यति चासो दिएका छैनन् । त्यसैले, अहिले मन्त्री निधिका पीए विश्वास विक्रमले बढी नै चलखेल गरेको थाहा भएको छ ।
अहिलेका डीआईजी नवराज सिलवाल, जयबहादुर चन्द, बमबहादुर भण्डारी र प्रकाश अर्यालमध्ये एकजना आईजीपी र बाँकी तीनजना एआईजीमा बढुवा भएपछि पनि केही एआईजीको दरबन्दी रिक्त हुनेछ । ३० वर्षे सेवा हदका कारण घर जाने भएपछि रिक्त हुन आउने तीन एआईजी पदमा अहिलेका दर्जनौं डीआईजीहरूले दौडधुप गरिरहेको बताइन्छ ।
उनीहरूले पीएसँग समन्वय गरेर गृहमन्त्री निधिलाई वान टु वान भेट गर्न थालेको बताइन्छ । अहिल्यैदेखि एआईजी हुने दौडमा रहेका डीआईजीहरूमा पशुपति उपाध्याय, माधव नेपाल, विजयलाल कायस्थ, गोविन्द निरौला, मिङ्मार लामा, पंकज श्रेष्ठ, कमलसिंह बम, माधव जोशी, सुदीप आचार्यलगायत छन् ।
यीमध्ये कसलाई बढुवा गर्ने भन्नेबारे गृहमन्त्रीको सचिवालयले अहिल्यै निष्कर्ष ननिकाले पनि रकम बोलकबोल गर्न थालेको बुझिएको छ ।
यता तत्काल डीएसपीमा बढुवा हुनुपर्ने ६१ जना इन्सपेक्टरको पनि नाम छनोटको गृहकार्य हुन थालेको बताइन्छ । त्यसमा पनि मन्त्री निधि र उनका पीएहरूको चलखेल बढी भइरहँदा आईजी अर्याल रमिते बनेर बसेका छन् । उनले अवकाशको केही दिनअगाडि मात्र भएकाले ‘मन्त्रीसँग विवाद गर्न नचाहेर मन्त्रीले भनेकै नामलाई सदर गर्न’ खोजेको भन्दै प्रहरीभित्र असन्तुष्टि छाएको बताइन्छ । मन्त्री निधिले भने चुनाव भइहाले खर्च आवश्यक हुन्छ भन्ने ठानेर यही बढुवालाई रकम संकलनको मौका मानी उठाउन निर्देशन दिएको बताइन्छ ।
६१ डीएसपीका लागि अहिले पुरानो टोलीका ३५ जना र नयाँ टोलीका ५१ जना इन्स्पेक्टर दौडमा छन् । त्यसमध्ये पुरानो टोलीबाट नरेन्द्र कुँवर, रुगम कुँवर, प्रेम केसीलगायत रहेका छन् । तर, मन्त्रीको सचिवालयले भने रकम कबोल गर्दै बढी रकम दिन तयार भए नयाँ टोलीलाई पनि समावेश गर्ने सोच बनाएको बुझिएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply