पहिले घनिष्ठ, अहिले पानी बाराबार
काठमाडौं । स्वार्थ पूरा भएपछि मान्छे कतिसम्म जब्बर भन्ने कुराको गतिलो उदाहरण सिँचाइमन्त्री दीपक गिरी बनेका छन् । नेपाली कांग्रेसका तर्फबाट दाङबाट चुनाव जितेका गिरी मन्त्री बन्नुअघिसम्म महामन्त्री शशांक कोइरालाका खास मान्छे थिए । तर, अहिले यी दुईबीचको सम्बन्ध पानी बाराबारकै जस्तो अवस्थामा छ ।
कोइराला र गिरी कतिसम्म निकट थिए भने नयाँ सरकार बनेपछि पार्टीभित्रको भागबन्डामा कोइरालाले आफूले पाएको एकजनाको कोटामा गिरीलाई नै मन्त्री बनाए । कतिसम्म भने टोखामा रहेको कोइराला र गिरीको घर जोडिएकै अवस्थामा छ । केही महिनाअघि कोइराला अचानक बिमारी परेर अस्पताल भर्ना हुँदा उनको स्वास्थ्य अवस्था बुझ्न कार्यकर्ताको भीड गिरी निवासमा थेगिनसक्नु भयो । तर, जसको आशीर्वाद र संरक्षणमा मन्त्री भए उनैलाई अहिले गिरीले लात हानेका छन् ।
स्रोतका अनुसार मन्त्री भएपछि गिरीले कोइरालाले भनेका कुनै काम नगरेपछि सम्बन्ध बिग्रिएको हो । सिँचाइ मन्त्रालयअन्तर्गत नै इन्जिनियर रहेका कांग्रेस नेता दिलेन्द्रप्रसाद बडूका भाइलाई सुदूरपश्चिममा सरुवा गरिदिन कोइरालाले गिरीलाई भनेका थिए, तर उनले टेरपुच्छर नै लगाएनन् । पछि दिलेन्द्र बडूले सभापति शेरबहादुर देउवाकै पावर भिडाएर भाइको सरुवा गराएका थिए । मन्त्री गिरीले पनि आफूले चाहेर भन्दा बाध्यताका कारण नेताहरूको सिफारिस मान्न नसकेको मन्त्रालय स्रोतले बतायो । स्रोतका अनुसार मन्त्री गिरीले सरुवा बढुवाको कामका लागि पहिल्यै सचिव गजेन्द्र ठाकुरलाई ठेक्का दिएका छन् । सरुवा बढुवाका काममा आफूले हस्तक्षेप नगर्ने शर्तमा मन्त्री गिरीले ठाकुरसँग पहिल्यै ७ करोड रुपैयाँ बुझिसकेको चर्चा मन्त्रालयमा व्याप्त छ । आफूले मन्त्रीलाई पैसा बुझाइसकेकाले सचिव ठाकुरले मन्त्रीले भनेअनुसार नभएर आफ्नो इच्छाअनुसार सरुवा बढुवाका काम गर्ने गरेका छन् । ठेक्का लिएपछि नेताले भनेअनुसार काम सचिवले नगरिदिएपछि मन्त्रीसँग आफ्नै नेताको सम्बन्ध बिग्रिएको बताइन्छ ।
त्यति मात्र होइन, कोइरालामार्फत नै आफ्नो साथीको सरुवाका काठमाडौं सरुवाका लागि केही दिनअघि राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्द पोखरेल मन्त्री गिरीकोमा पुगेका थिए, तर उनले पोखरेलको काम पनि गरिदिएनन् । सिँचाइमा काठमाडौंलाई थन्क्याउने ठाउँका रूपमा बुझिन्छ । यस्तो ठाउँमा पनि सरुवा गर्न नमान्नुपछिको कारण खोज्दा सचिवलाई पैसामा ठेक्का दिएको रहस्य खुलेका बताइन्छ । अहिले त मन्त्री गिरी शशांक नभएर के हुन्छ र, बूढानीलकण्ठसँग मिलाइहाल्छु नि भन्दै हिँड्ने गरेको स्रोतले बतायो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply