अन्ततः हटिछाडे अजितमान
काठमाडौं । अन्ततः लुम्बिनी विकास कोषका विवादास्पद सदस्य सचिव अजितमान तामाङले कोषको कामबाट हात झिक्नुपरेको छ । सदस्य सचिवमा नियुक्त भएदेखि नै विवादास्पद कामहरू गर्दै आएका तामाङलाई एक वर्ष अवधि बाँकी छँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा हाजिर गराइएको छ ।
विद्युत् प्राधिकरणको मिटर रिडरबाट सिधै कोषको सदस्य सचिवमा नियुक्त भएका तामाङले आफ्नो फाइदा र स्वार्थका लागि कोषलाई नै बन्धक बनाउँदै आइरहेका थिए । लाभका निम्ति विदेशी कम्पनीहरूलाई विश्व सम्पदा सूचीमा रहेको लुम्बिनीभित्र विभिन्न विहार बनाउन दिनेसम्मका चलखेल गरेका तामाङलाई केही दिनअघि मात्रै मन्त्रालयले सदस्य–सचिवबाट हटाएर मन्त्रालयमा हाजिर गराइरहेको छ ।
पछिल्लो समय, लुम्बिनीमा कार्यरत ज्यालादारी मजदुरहरूको आवाजलाई नसुनेपछि उनी र मजदुरहरूबीच द्वन्द्व बढेको थियो । त्यही कारण, उनले हटाएकामध्ये ज्यालादारी कर्मचारी रवीन्द्रप्रसाद शुक्लाले तामाङको राजीनामा माग्दै आमरण अनशन थालेका थिए । अनशनमा बसेका शुक्लासँग मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको टोलीले वार्ता गरे पनि शुक्लाले अनशन नछाडेपछि समस्या बल्झिँदै गएको थियो ।
मन्त्री जीवनबहादुर शाहीले तामाङलाई राजीनामा दिएर समस्या समाधान गर्न पटकपटक आग्रह गरे पनि उनले अटेर गर्दै आएका थिए । राजीनामा पनि नदिने र लुम्बिनीको समस्याप्रति पनि आँखा चिम्लिन थालेपछि उनलाई बाध्य भएर मन्त्रालयमा तानिएको बताइन्छ । तामाङलाई सदस्य सचिवबाट हटाएपछि उपाध्यक्ष भिक्षु निग्रोधलाई अर्को व्यवस्था नहुन्जेलका लागि जिम्मेवारी दिइएको छ । तर, उपाध्यक्ष निग्रोध पनि लामो समय काठमाडौंमा बस्ने र लुम्बिनीमा आक्कलझुक्कल मात्र जाने भएका हुँदा उनीबाट पनि लुम्बिनीका कर्मचारी र व्यवसायीहरूले उठाएको मागलाई पूरा गराउने अपेक्षा राख्न छाडिएको छ । यसअघि कर्मचारीहरूले आन्दोलन र अनशन गर्दा लुम्बिनी गएका उपाध्यक्ष निग्रोधलाई कर्मचारीहरूले दुव्र्यवहार गरेपछि एक दिन मात्रै लुम्बिनीमा बसेर काठमाडौं फर्किएका थिए ।
कोषका पदाधिकारीमा अहिले उपाध्यक्ष मात्र रहेका छन् । सदस्य सचिवबाट तामाङलाई हटाएपछि उपाध्यक्ष मात्र रहेका हुन् । कोषाध्यक्षको यसअघि नै अवधि सकिएको हुँदा सो पद खाली रहेको छ भने दुई सञ्चालक पनि नियुक्त हुन सकिरहेको छैन ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply