तराईमा एमालेको राजमार्गकेन्द्रित विशेष जागरण अभियान
काठमाडौं । मधेसी मोर्चाको प्रतिवाद र मोर्चाबन्दीले आगामी चुनावमा एमाले कमजोर बन्ने हौवा पिटाइएका बेला पूर्वी तराईबाट एमालेले जनप्रदर्शन र जनपरिचालन अभियान सुरु गरेको छ । यससँगै तराईमा एमालेको पक्षमा व्यापक जनलहर सिर्जना हुने प्रारम्भिक संकेत देखिएको छ ।
भारतसँग सिमाना जोडिएको सुनसरी–३ को हरिपुराबाट सुरु भएको जनपरिचालन र जनप्रदर्शन पूर्वी तराईका सबै जिल्लाका निर्वाचन क्षेत्र हुँदै सुदूरपश्चिमको कञ्चनपुरसम्म निर्वाचनको संघारसम्मै निरन्तर सञ्चालन हुने भएको छ । तराईको पूर्व–पश्चिम राजमार्ग र हुलाकी राजमार्गमा आगामी निर्वाचनसम्मै निरन्तर अभियान सञ्चालन हुने सचिव तथा प्रचार विभागका प्रमुख योगेश भट्टराईले बताए । सुनसरीको सोमबारको आमसभालाई एक दर्जन कार्यकर्ता परिचालन गरेर मधेसी मोर्चाले बिथोल्न खोजे पनि हजारौं जनसहभागितामाझ एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सम्बोधन गर्नुभएको छ । सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले तराईको शोषण र उत्पीडनविरुद्ध संघर्ष गर्दै जन्मिएको एमालेलाई लखेट्न खोज्नेहरू आउँदो निर्वाचनमा पत्तासाफ हुने बताए । सभा बिथोल्न खोज्ने मोर्चाका कार्यकर्ताहरू हजारौं सहभागीको प्रतिकार र उपस्थितिले तितरबितर भएका थिए । झापा, सुनसरी, मोरङ हुँदै क्रमशः २ नम्बर प्रदेशमा एमालेले जनपरिचालन अभियान जनसभाका रूपमा विस्तारित हुँदै अघि बढ्ने बताइएको छ । पुसको अन्तिम साताबाट तराईकेन्द्रित आमसभामा एमालेको पक्षमा व्यापक जनलहर सिर्जना भएको छ ।
एमालेले तराईको ‘भोट बैंक’ मानिने राजमार्गहरूमा फागुनबाट छुट्टै विशेष जागरण अभियान चलाउने योजनासमेत बनाइसकेको छ । पूर्व–पश्चिम राजमार्ग (झापादेखि कञ्चनपुरसम्म), मध्यपहाडी लोकमार्ग (पाँचथरदेखि दार्चुलासम्म) र तराईका सबै जिल्ला जोड्ने हुलाकी राजमार्ग आसपासका सबै क्षेत्रमा विशेष जागरण अभियानकेन्द्रित हुने सचिव भट्टराईले बताए । एमालेले सो अभियानमा सबैसबै शीर्ष नेता मात्रै होइन, केन्द्रीय कमिटीको आधा हिस्सालाई नै चुनावको संघारसम्म लगातार परिचालन गर्ने गरी योजना बनाएको छ । तीनवटै राजमार्ग पार्टीकै योजनामा निर्माणाधीन रहेको, हुलाकी राजमार्ग जोड्ने तराईका शाखा सडकहरूलाई ओली नेतृत्वको सरकारले पर्याप्त बजेट छुट्ट्याएको एमालेले बताउँदै आएको छ । ओली नेतृत्वको सरकारले हुलाकी राजमार्ग विस्तार र शाखा सडकहरू निर्माणका लागि ४ अर्ब २० करोड रुपैयाँ बजेट छुट्ट्याएको थियो । उक्त बजेटको परिचालन विकास निर्माणका लागि निगरानी गर्दै निरन्तर जनपरिचालन अभियान केन्द्रित गर्ने निष्कर्षमा एमाले पुगेको हो ।
गत २२ गते काठमाडौंमा आयोजित जनप्रदर्शनमा अध्यक्ष केपी शर्मा ओलीले तराईकेन्द्रित एमालेको जनप्रदर्शनलाई स्याटलाईटबाट खिच्नुपर्नेगरी जनलहर पैदान हुने दाबीसहित सहभागीहरूलाई उत्साहित बनाउनुभएको थियो । तीनवटै राजमार्गमा पार्टी पंक्तिलाई एकैपटक हाते साङ्लो प्रदर्शनमा उतार्ने योजनाबारेसमेत एमालेले छलफल चलाइरहेको छ । त्यस्तै, तराईको विकास निर्माणलाई निर्वाचन घोषणापत्रमा समेट्न एमालेले सातवटै प्रदेशलाई आ–आफ्ना प्रदेशको समृद्धि र विकाससम्बन्धी खाका आगामी फागुनसम्म केन्द्रमा पठाइसक्न निर्देशन दिएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply