रामनगरको जंगलमा उपसचिवको अन्त्य
काठमाडौं । कुनै पनि जिल्लामा प्रमुख जिल्ला अधिकारी भएर जानेले जिल्लाको वस्तुस्थितिबारे बुझ्नु स्वाभाविकै हो । तर, स्याङ्जा जिल्लामा सरुवा भएर जाने जुनसुकै प्रजिअले भने जिल्ला भूसंरक्षण कार्यालयका प्रमुख उपसचिव कमलप्रसाद गौतमसँग ब्रिफिङ लिन चाहन्थे । किनकि, जिल्लामा धेरै वर्ष बसेका कार्यालय–प्रमुखहरूमध्ये उनी नै थिए र उनीबाटै ब्रिफिङ लिन खोज्दथे । गौतम चार वर्षभन्दा बढी समयदेखि कार्यालय प्रमुखका रूपमा स्याङ्जामा कार्यरत थिए ।
जिल्लामा इमानदार कार्यालय–प्रमुखको छवि बनाएका गौतमको मृत शरीर चितवनको रामनगरस्थित एउटा जंगलमा झुन्डिएको अवस्थामा भेटिएपछि उनको आत्महत्या रहस्यमय बन्न पुगेको छ । गत पुस १८ गते स्याङ्जाबाट विभागीय कामको सिलसिलामा काठमाडौं हिँडेका उनी नौ दिनपछि सोमबार बेलुकी रामनगरबाट डेढ किलोमिटर टाढाको जंगलमा झुन्डिएको अवस्थामा फेला परेका हुन् । गएको शुक्रबार रामनगरको जंगलमा वन गोडमेल गर्न गएका स्थानीयवासीहरूले झुन्डिएको अवस्थामा गौतमलाई भेटेका थिए ।
नौ दिनअघि काठमाडौं हिँडेका उनी सिधै काठमाडौं नगई मुग्लिनस्थित एउटा होटलमा बसेका थिए । सो होटलमा बसेको दिनदेखि नै उनी सम्पर्कविहीन बन्न पुगेका थिए । मुग्लिनको होटलमा बस्दा समेत मोबाइलमा सम्पर्क भए पनि भोलिपल्टदेखि भने उनको मोबाइल बन्द भएको थियो । काठमाडौंमा पनि नपुगेका र अन्यत्र खोजी गर्दा पनि फेला पर्न नसकेपछि उनको व्यापक रूपमा खोजी भएको थियो । तर, काठमाडौं हिँडेका गौतमले रामनगरको जंगलमा गएर आत्महत्या गरेको हुन सक्ने बताइन्छ ।
एउटी छोरी डाक्टर, अर्की छोरी इन्जिनियर रहेका गौतमको एउटा छोराले पनि उच्च अध्ययन गरिरहेका छन् । कुनै पारिवारिक तनावमा समेत नरहेका पर्वत घर भएका गौतमले किन आत्महत्या गरे ? अहिलेसम्म केही पत्ता लाग्न सकेको छैन । तर, मृतक गौतमले आत्महत्या गर्नुअघि आफ्नो मोबाइलको सिमकार्ड भने निकालेर खल्तीमा राखेको जनाइएको छ ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply