भारतीय सुरक्षाकर्मीलाई बास दिन दाहाल तयार
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल असुरक्षित रहेको हौवा पिटाउ“दै नेपालमा सुरक्षा सक्रियता बढाउने भारतीय योजना नेकपा माओवादी केन्द्रले नै साकार पारेको खुलासा भएको छ । चार वर्षअघि माओवादी केन्द्रका मन्त्रीले तयार पारेको भारतीय विमानमा एअर मार्सल राख्न पाउने हवाई उड्डयन सुरक्षासम्बन्धी नियमावली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि गत असोज पहिलो साता पारित भएको खुलासा भएको हो ।
चार वर्षअघि तत्कालीन पर्यटन तथा नागरिक उड्डयन मन्त्री पोष्टबहादुर बोगटीको अध्यक्षतामा बसेको हवाई उड्डयन प्राधिकरणको बैठकले हवाई उड्डयन सुरक्षासँग सम्बन्धित नियमावलीको पहिलो मस्यौदा तयार पारेको थियो । त्यसअघि तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालकै पालमा उक्त नियमावली ल्याएर आफ्ना हवाईजहाजमा एयरमार्सल राख्न पाउने व्यवस्था गर्न भारत सरकारले पटक–पटक दबाब दिए पनि त्यसलाई नेपाल सरकारले निरन्तर अस्वीकार गरेको थियो । तर, त्यही प्रस्तावलाई मन्त्री बोगटीको नेतृत्वमा मस्यौदा गरिएको हो । सो नियमावलीलाई सुशील कोइराला नेतृत्वको सरकारकै पालामा आओस् भन्ने भारतीय चाहना रहे पनि एमालेका तर्फबाट लगातार पर्यटनमन्त्री रहेकाले मन्त्रिपरिषद्मा उक्त नियमावली जानबाट रोकियो । दराजमै लामो समय नियमावली थन्किरहेकै बीचमा प्रधानमन्त्री प्रचण्डले सरकारको नेतृत्व गरेपछि अन्ततः भारतीय स्वार्थ पूरा भएको हो । गत असोज ११ गतेको मन्त्रिपरिषद्मा पेस गरिएको सो नियमावलीमाथि छलफल गरी मन्त्रिपरिषद्अन्तर्गतको विधायन समितिले पारित गरेको हो । सो नियमावली पारित भएसँगै भारतीय पक्षले नेपाल आउने विमानहरूमा वैधानिक रूपमै सुरक्षाकर्मी राख्दै आएको छ । सोही नियमावलीलाई टेकेर भारतीय पक्षले विमानस्थलबाहिर उनीहरूका सुरक्षाकर्मी आवतजावत गर्न पाउने र बासको समेत व्यवस्था मिलाइदिन प्रधानमन्त्री प्रचण्डलाई ‘लबिङ’ गरिरहेको बुझिएको छ । निरन्तर भारतीय पक्षको दबाबका कारण भारतीय सुरक्षाकर्मीलाई सोसम्बन्धी व्यवस्था गर्न पनि उनी तयार भएको स्रोतको दाबी छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply