कोषले पूर्णता पाए पनि उस्तै चाल
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले दुईजना पाल्पाली र एकजना आफ्नै जिल्लावासीलाई राखेर लुम्बिनी विकास कोषलाई पूर्णता दिए पनि कोषको काम झनै लथालिंग बन्न पुगेको छ । पदाधिकारीसहित नौजनाको सञ्चालक समिति रहने कोषलाई पूर्णता दिएपछि काम अगाडि बढ्ने अपेक्षा राखिए पनि सोचेअनुरूप काम हुन सकिरहेको छैन । सदस्य–सचिव अजितमान तामाङको गलत कार्यशैलीका कारण लथालिंग अवस्थामा पुगेको कोष अहिले भने पूर्ण हुन पुगेको छ । केही समयअघि मन्त्री शाहीले कोषको रिक्त कोषाध्यक्षमा पाल्पाका सुरेन्द्रमणि शाक्यलाई नियुक्त गरेका थिए । रिक्त रहेका सञ्चालक सदस्यहरूमा पाल्पाकै हेमन्त कोलाक्षपति, बुटवलका राजेन्द्र ज्ञवाली र मन्त्री शाहीको गृह जिल्ला हुम्लाका समाजसेवी अर्जुन महतारालाई नियुक्त गरिएको छ । महताराले मन्त्रीको जिल्लावासी भएको फाइदा उठाएका छन् भने कोलाक्षपतिचाहिँ यती ट्राभल्समा मालिक हुन् । कोषले पूर्णता पाए पनि सर्वोच्च अदालतको अन्तरिम आदेश ल्याएर सदस्य–सचिवमा पुनः बहाल भएका तामाङ भने अझैसम्म सम्पर्कविहीन नै रहेका छन् । कोषका ज्यालादारी कर्मचारीहरूले तामाङको राजीनामा माग्दै आमरण अनशनमा बसेपछि उनलाई मन्त्रालयमा तानेर उपाध्यक्ष भिक्षु निग्रोधलाई जिम्मेवारी दिइएको थियो । तर, तामाङले अदालतबाट अन्तरिम आदेश ल्याएर पुनः जिम्मेवारीमा फर्किएका थिए । कोषका कर्मचारीहरूले आन्दोलन गर्ने सुइँको पाएपछि लुम्बिनी छाडेर हिँडेका तामाङ अझैसम्म फर्किएका छैनन् । राष्ट्रिय गौरवको आयोजनामा पर्ने लुम्बिनीको विकास, निर्माणको काम लथालिंग र ठप्प भएपछि कर्मचारीहरूले उपाध्यक्ष भिक्षु निग्रोध र भर्खरै मात्र नियुक्त भएका कोषाध्यक्ष शाक्यको राजीनामा माग्न थालेका छन् । कर्मचारीहरूले कोषलाई बन्द अवस्थामा राख्नुभएन, कि त काम अगाडि बढाउनुप¥यो, होइन भने राजीनामा दिएर अरुलाई काम गर्ने मौका दिनुप¥यो भनेर माग गरेका छन् । कर्मचारीहरूले चर्को दबाब दिएपछि उपाध्यक्ष र कोषाध्यक्ष दुवैजना ‘हामी कुरा मिलाउँछौं’ भन्दै सोमबार मात्र लुम्बिनीबाट काठमाडौंतिर लागेका छन् । विगतमा पदाधिकारीहरूकै लापरबाहीका कारण राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको लुम्बिनी क्षेत्रको काम अपेक्षाकृत रूपमा अगाडि बढ्न सकेको छैन । मधेस आन्दोलन, कोषका पदाधिकारीहरूको उदासीनता र अरू कारणहरूले गर्दा लुम्बिनीमा विकास, निर्माणका कामहरूले गति लिन नसकेको बताइन्छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply