कृषिमन्त्रीले देखाए बहुलठ्ठीपन
काठमाडौं । नक्कली आरोप लगाएर नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का कार्यकारी निर्देशक डा. यमराज पाण्डेलाई निलम्बन गरिएको छ । कृषि विकासमन्त्री गौरीशंकर चौधरी र सचिव डा. सुरोज पोखरेलको सक्रियतामा नार्कको इतिहासमै पहिलोपटक नक्कली आरोप खडा गरेर कार्यकारी निर्देशक डा. पाण्डेलाई निलम्बन गरिएको हो ।
माओवादी केन्द्रका कार्यकर्ताहरूको बाहुल्य रहेको नार्कको परिषद्को बैठक गएको आइतबार बेलुकी मन्त्री चौधरीले मन्त्रालयमै बोलाएका थिए । सो परिषद्को सदस्य–सचिवमा नार्कको कार्यकारी निर्देशक रहे पनि डा. पाण्डेलाई भने बैठकमा बोलाइएको थिएन । बैठकमा मन्त्री चौधरीले कार्यकारी निर्देशक डा. पाण्डेलाई निलम्बन गर्ने एजेन्डा प्रस्तुत गरेका थिए । परिषद्मा रहेका १६ जनामध्ये अधिकांश माओवादी समर्थकहरू रहेका हुँदा नक्कली आरोप सिर्जना गरेर डा. पाण्डेलाई निलम्बन गर्ने प्रस्ताव पारित गरिएको थियो ।
परिषद्को बैठकमा पूर्वकार्यकारी निर्देशकद्वय दिलबहादुर गुरुङ र कृष्णप्रसाद पौडेलसमेत सामेल थिए । कार्यकारी निर्देशक भइसकेका गुरुङ र पौडेल तल्लो पद मानिने परिषद्को सदस्य रहेका छन् । दुवैजना माओवादी पक्षधर मानिन्छन् । सोही बैठकमा चितवनका माओवादी कार्यकर्ता मित्रराज दवाडी, माओवादीका ७ नम्बर प्रदेशका कार्यकर्ता भीमबहादुर खत्री, माओवादीका कार्यकर्ता तथा एउटा गैरसरकारी संस्थामा कार्यरत हेमराज पौडेल, गोरखाका माओवादी कार्यकर्ता खोपराज कँडेल र त्रिभुवन विश्वविद्यालय कृषि क्याम्पसका डिनसमेत उपस्थित भएर डा. पाण्डेलाई निलम्बन गर्ने निर्णयमा सही गरेका थिए ।
तर, बैठकमा उपस्थित रहेका परिषद्का तीन सदस्यले भने निर्णय पुस्तिकामा सही नगरी हिँडेको बताइन्छ । त्यसरी सही नगर्नेहरूमा अर्थ मन्त्रालयका सहसचिव मधुकुमार मरासिनी, राष्ट्रिय योजना आयोगका सदस्य प्रभु बुढाथोकी र नास्टको सचिव बुद्धिरत्न खड्गी रहेको बताइएको छ । उनीहरूले निलम्बन गर्नुपर्ने व्यक्तिको आरोपबारे स्पष्ट नभएको जनाउँदै सही नगरेको बताइन्छ । निलम्बन गर्नुपूर्व तीन सदस्यीय छानबिन समिति गठन गरिएको बताइन्छ ।
कार्यकारी निर्देशक डा. पाण्डेलाई निलम्बन गर्ने टुंगो गरे पनि उनलाई कुनै स्पष्टीकरण सोधिएको थिएन । कुनै पनि कर्मचारीलाई निलम्बन गर्नुअघि स्पष्टीकरण सोध्ने र त्यसमा चित्त नबुझे निलम्बन गर्ने सामान्य प्रक्रियालाई समेत नपछ्याई डा. पाण्डेलाई निलम्बन गरिएको जनाइएको छ । डा. पाण्डेलाई हटाउनुमा मन्त्री चौधरीले आफ्नो बहुलठ्ठीपन देखाएको अहिले नार्ककै कर्मचारीहरू बताउन थालेका छन् ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply