बाबुराम किन भए निरंकुश ?
काठमाडौं । आफूले फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जालहरूको प्रयोग गर्ने तर कार्यकर्तालाई चाहिँ चलाउन बन्देज लगाउन थालेपछि नयाँ शक्ति, नेपालका संयोजक डा. बाबुराम भट्टराईले कार्यकर्ता पंक्तिबाटै आलोचना झेल्नुपरेको छ । डा. भट्टराईको कदमबारे आवाज उठाएबापत कारबाहीको डन्डाले सेकिएका केन्द्रीय परिषद्का सदस्य निर्मल भट्टराई, देव लिम्बूलगायत नौजनाले उनको निरंकुश शैलीको विरोध गरेका छन् ।
केही दिनअघि कारबाहीमा परेकाहरूले डा. भट्टराईलाई बुझाएको ११ बुँदे आग्रहपत्रमा भट्टराईले नयाँ शक्तिलाई निरंकुश ढंगले चलाइरहेको छर्लङ्गै देखिन्छ । उनीहरूले ‘पार्टीभित्र आन्तरिक लोकतन्त्रको ग्यारेन्टी गर्नुपर्ने’ माग नै गरेका छन् । व्यक्तिगत स्वतन्त्रतासँग गाँसिएका फेसबुक, ट्विटर, भाइबर आदि चलाउन बन्देज लगाउन नहुने पनि उनीहरूले डा. भट्टराईसमक्ष पेस गरेको आग्रहपत्रमा उल्लेख गरेका छन् ।
केही समय पहिलासम्म नयाँ शक्तिमै आबद्ध मुमाराम खनाल फेसबुकमा स्टाटस लेखेकै आधारमा पार्टीबाट बाहिरिनुपरेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारत भ्रमणका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग गरेका १६ बुँदे सम्झौताको नयाँ शक्तिले तत्काल नै विरोध जनाएको थियो । विरोधस्वरूप नयाँ शक्तिले भद्रकालीमा धर्नाको आयोजना गरेको थियो । नयाँ शक्तिको धर्नालाई खनालले ‘बाबुराम बबन्डर सुरु भयो’ भनेर फेसबुकमा लेखेका थिए ।
आफ्नै निकटस्थ खनालले फेसबुकमा त्यस्तो स्टाटस लेखेपछि बाबुरामको आदेशमा खनाललाई तत्काल स्पष्टीकरण सोध्ने कुरा पार्टीभित्र उठेको थियो । तर, खनालले भने आफूलाई स्पष्टीकरण सोध्नुअघि नै नयाँ शक्तिबाट राजीनामा दिएर बाहिरिएका थिए । अहिले खनाल रवीन्द्र मिश्रले हालसालै खोलेको साझा पार्टीमा आबद्ध भएका छन् ।
यसैगरी, डा. भट्टराईसमक्ष बुझाइएको आग्रह पत्रमा ‘जम्बो केन्द्रीय परिषद् विघटन गरी राम्रो राजनीतिक अभ्यास राख्ने नेताहरू सम्मिलित केन्द्रीय नेतृत्व बनाउनुपर्ने, जातिगत, आंगिक संगठन, पेसागत संगठन खारेज गरी सम्पूर्ण शक्ति भूगोलकेन्द्रित गर्नुपर्ने, स्थानीय तह र कुनै पनि निर्वाचनमा नयाँ शक्तिले निःसर्त भाग लिनुपर्ने, मधेसलगायत आन्दोलनरत क्षेत्रमा छुट्टै अवधारणा तय गर्नुपर्ने,’ कुरा पनि उठाइएको छ ।
संघीय समाजवादी फोरमसँग भएको संयुक्त आन्दोलनमा सहभागी हुने गरी भएको हस्ताक्षर गरिएको वक्तव्य फिर्ता लिनुपर्ने, पार्टीको नारा ‘आन्दोलनमुखी राजनीति धेरै ग¥यौं, अब गरौं विकासमुखी राजनीति’ भनिएको हुँदा कुनै पनि आन्दोलनमा जान नहुने र सत्याग्रह, राजनीतिक अभियान र सामाजिक अभियान सञ्चालन गर्नुपर्ने, आफ्नो पार्टीलाई लागेको भारतपरस्त आरोप खण्डन गर्न विशेष योजना बनाउनुपर्ने, दस्तावेजमा उल्लेख भएको ४० प्रतिशत युवा पार्टीका हरेक तहमा सामेल गरिनुपर्ने, पार्टीको नेता–कार्यकर्तालाई अविलम्ब स्थानीयकरण गर्नुपर्ने र तोकिएकै मितिमा महाधिवेशन गर्न अविलम्ब प्रक्रिया सुरु गर्नुपर्नेलगायत कुरा पनि उल्लेख गरिएको छ ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply