कर्मचारी सरुवामा खेलोमेलो
काठमाडौं । सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकी अनावश्यक सरुवा बढुवामा चासो नदिने र पैसाको पछि नलाग्ने स्वभावका भए पनि उनलाई उनकै विश्वासपात्रहरूले बदनाम पारिरहेका छन् । उनले ल्याएका कर्मचारी प्रशासन महाशाखाका कर्मचारीका कारण मन्त्री बुढाथोकीलार्ई अनावश्यक विवादमा तान्ने काम भइरहेको उनीनिकट स्रोतले बतायो ।
हालै सरुवा भएर श्रम तथा रोजगार मन्त्रालय गएका सहसचिव मुकुन्द निरौला, निजी सचिव तीर्थराज खनाल, शाखा अधिकृत तीर्थराज भट्टराई, कुलप्रसाद भट्टराई, राजकुमार बोहोराहरूका कारण मन्त्री बुढाथोकी निकै बदनाम भएको बुझिएको छ ।
निर्वाचन आचारसंहिता लागेको भइसके पनि हिजो मंगलबारसम्म पनि रकम लिएर आकर्षक स्थानमा सरुवाको सहमति दिने काम भइरहेको बताइन्छ । कर्मचारीहरूले बढी आकर्षक ठानिएका नापी, मालपोत, अख्तियार यातायातलगायतका कार्यालयहरूमा पैसा तिरेरै सरुवा हुन लागेका र त्यसको सेटिङ मन्त्रीका विश्वासी ठानिएका कर्मचारीहरूबाट भइरहेको स्रोतको दाबी छ ।
गाविस सचिवहरूलाई नचलाउन प्रधानमन्त्री कार्यालयबाट निर्देशन दिएको भए पनि भर्खरै सरुवा भएका सहसचिव मुकुन्द निरौलाले आफू जाने बेलामा १२ जनाभन्दा बढी गाविस सचिवहरूलाई विभिन्न आकर्षक कार्यालयहरूमा पठाएका थिए । त्यसका लागि मोटो रकमको खेल भएको बताइएको छ । तर, वास्तविक पीडित, अपांग, बिरामी परेका गाविस सचिवहरू, जसको आग्रहबाट मन्त्रीसमेत प्रभावित भएपछि सहसचिव खनाललाई बोलाएर ‘मिल्ने भए मिलाएर गरिदिनू’ भन्ने निर्देशन दिएका थिए । उनीहरूको भने पैसा नपाउने निश्चित भएपछि सरुवा नभएको गुनासो छ । मन्त्रीले उनीहरूको वास्तविक अवस्था हेरी सरुवा गर्नभन्दा पनि नमानेपछि उनीहरू पैसाको चलखेलमा लागेको पुष्टि भएको छ । महाशाखाका कर्मचारीहरूले प्रत्येक दिनजसो कार्यालयमा र आफ्नो कार्यकक्षमा नबस्ने र तर साँझ ७ बजेतिर मात्र आवश्यक टिप्पणी उठाउने र नयाँ महाशाखा प्रमुख महेश्वर न्यौपानेलाई केही रकम बुझाएर दस्तखत गराउने गरेका छन् । नियमसंगत रूपमा विभिन्न मन्त्रालयबाट आउने सरुवाको सहमतिलाई पनि महिनौंसम्म रोक्ने गरेको पाइन्छ । हालै कृषि मन्त्रालयबाट पठाएको सरुवा फाइल विगत दुई महिनादेपखि स्वीकृत नभएपछि कृषिमन्त्री र सचिवले सामान्य प्रशासनमन्त्री बुढाथोकीलाई भेटेरै कर्मचारीको रवैयाको बारेमा गुनासो गरेका थिए । तर, मन्त्रीलाई नै भेटेर गुनासो गर्दा पनि महाशाखाका कर्मचारीहरूले उक्त सरुवा फाइल अघि बढाउने छाँट देखाएका छैनन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply