यस्ता बन्दै छन् अब एमालेका कमिटी
काठमाडौं । स्थानीय संरचना बदलिएलगत्तै नेकपा (एमाले) ले पार्टीको सांगठनिक ढाँचालाई त्यसअनुसार पुनर्गठनको काम सुरु गरेको छ । साबिकको क्षेत्रीय, इलाका, गाउँ र नगर कमिटीलाई नयाँ स्थानीय तहको संरचनाअनुसार रूपान्तरण गर्ने गरी एमालेले जिल्ला मातहतका सबै कमिटी पुनर्गठन गर्ने अभियान अघि बढाएको हो । गत ५ गते अन्तरपार्टी निर्देशन (सर्कुलर) जारी गर्दै महाचिव ईश्वर पोखरेलले १५ चैतभित्र स्थानीय तहको नयाँ संरचनाअनुसार जिल्ला मातहतका कमिटी पुनर्गठत गरिसक्न निर्देशन दिएका थिए । आगामी ३१ वैशाखका लागि तोकिएको स्थानीय तहको निर्वाचनको समयसीमाको ‘काउन्ट डाउन’ सुरु भइसकेकाले एमालेले ती काम यथाशीघ्र सम्पन्न गरेर उम्मेद्वार छनोट प्रक्रिया अघि बढाउने योजना बनाएको छ । उम्मेदवार छनोटसम्बन्धी मापदण्ड र कार्यविधिसमेत छिट्टै जारी हुने जनाउँदै महासचिव पोखरेलले पहिले आन्तरिक सांगठनिक पुनःसंरचनाको काम यथाशीघ्र सम्पन्न गर्न निर्देशन दिएका छन् ।
गत २७ फागुनबाट स्थानीय तहहरूको नयाँ संरचना कार्यान्वयनमा आएपछि चार महानगरपालिका, १३ उपमहानगरपालिका, २ सय ४६ नगरपालिका र ४ सय ८१ गाउँपालिका र त्यसअन्तर्गत ६ हजार ६ सय ८० वटा वडा गठन भइसकेका छन् । यसलाई मध्यनजर गर्दै एमालेले जिल्ला कमिटीलाई कार्यकारी भूमिकामै राखेर तलका कमिटीलाई भने गाउँपालिका, नगरपालिका र वडा कमिटीमा रूपान्तरण गर्ने गरी पुनर्गठन गर्ने काम सुरु गरेको हो ।
यसरी बन्दै छ, एमालेको गाउँपालिका र नगरपालिका
एमालेले गाउँपालिका र नगरपालिकाको कमिटीमा घोषित गाउँपालिका र नगरपालिकाको भूगोलभित्र पर्ने साबिकका सबै गाउँ÷नगर कमिटीका पदाधिकारीहरू, इलाका कमिटीका पदाधिकारी र सदस्य, निर्वाचन क्षेत्रीय कमिटीका पदाधिकारी र सदस्यहरू पदेन सदस्य रहने तथा जिल्ला कमिटीका वरिष्ठ सदस्यहरूमध्येबाट संयोजक÷सहसंयोजक चयन गरेर गाउँपालिका कमिटी बनाउन निर्देशन दिएको छ । सचिव भने कमिटीबाटै निर्वाचित गर्न भनिएको छ । त्यस्तै, साबिकका गाउँ कमिटीलाई वार्ड कमिटी तथा वार्ड कमिटीलाई टोल कमिटीमा रूपान्तरित गर्न भनिएको छ ।
त्यस्तै, निर्वाचन क्षेत्रीय कमिटीका पदाधिकारी र सदस्य तथा गाउँ कमिटीका अध्यक्षहरू रहेको गाउँपालिका कमिटी रहेको सचिवालय निर्माण गर्न एमालेले निर्देशन गरेको छ । नयाँ घोषणा भएका नगरपालिका र उपमहानगरपालिकामा पनि गाउँपालिकाकै शैलीमा जिल्ला कमिटीको वरिष्ठ सदस्यलाई संयोजक र सहसंयोजक चयन गर्न निर्देशनमा भनिएको छ ।
। वडाहरू टुक्रिएका गाउँ र नगरपालिकाका पार्टी कमिटीका पदाधिकारी र सदस्यहरूको हकमा मतदाता जहाँ पर्छ, त्यतैको गाउँपालिका वा नगरपालिका कमिटीमा समायोजन हुने सर्कुलरमा उल्लेख छ । यो निर्देशनअनुसार एमालेले कम्तीमा सातदेखि नौ वटासम्म पुराना गाउँ र इलाकाका साथै क्षेत्रीय कमिटीका पदाधिकारी र सदस्यहरूसमेत मिलाएर छुट्टाछुट्टै गाउँपालिका र नगरपालिका कमिटी बनाउनेछ । गाउँ कमिटीलाई भने वडा कमिटीमा तथा वडा कमिटीलाई टोल कमिटीमा रूपान्तरण गर्न एमालेले भनेको छ ।
सीमांकनको मुद्दा थाँती राखेर निर्वाचनका लागि प्रस्ट मुद्दाका साथ मधेसी मोर्चा आएको खण्डमा सत्तापक्ष र प्रतिपक्ष साझा निष्कर्षका लागि तयार भएपछि
उम्मेदवारको मापदण्ड छिट्टै
महासचिव ईश्वर पोखरेलले तत्काल नयाँ संरचनाअनुसार साविकका कमिटी पुर्नगठित गर्न निर्देशित गर्दै छिट्टै उम्मेदवार छनोटको कार्यविधि पठाइने सर्कुलरमार्फत जनाएका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply