साझाका कर्मचारी दीनानाथका ड्राइभर
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वशिक्षामन्त्री दीनानाथ शर्माले चढ्ने गरेको गाडीको चालकमा साझा प्रकाशनका कर्मचारी रहेका छन् । साझाका अध्यक्ष एवं महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले साझाका स्थायी कर्मचारीलाई दीनानाथको गाडी चलाउन पठाएका छन् भने आफ्नो निजी प्रकाशन गृह अक्सफोर्डका चालकलाई भने साझाको चालक पदमा नियुक्ति दिएका छन् ।
अहिले बेलायत भ्रमणमा रहेका अध्यक्ष शर्माले बेलायत जानुअघि नै साझाका कर्मचारी मेघराज ढुंगेललाई दीनानाथको ड्राइभिङ गर्न पठाएका थिए । त्यसअघि भने साझाकै अर्का चालक हरि तिमल्सिनाले दीनानाथको गाडी चलाउँथे । तर, तिमल्सिनाको एउटा दुर्घटनामा खुट्टा भाँचिएको हुँदा अहिले ढुंगेलले चलाइरहेका हुन् ।
आफ्ना कर्मचारीलाई दीनानाथको ड्राइभरमा पठाएका अध्यक्ष शर्माले आफ्नै प्रकाशन गृह अक्सफोर्डमा चालकका रूपमा काम गर्दै आएका सुवासप्रसाद पाण्डेलाई भने साझाको केन्द्रीय कार्यालयमा चालक पदमै हालसालै नियुक्त गरेका छन् । अध्यक्ष शर्माले सञ्चालक समितिले स्थगन गर्न भने पनि साझामा करारअन्तर्गत थुप्रै कर्मचारीहरू भर्ना गरेका छन् । सबै राजनीतिक दलका प्रभावशाली नेताहरूका एक–एकजना मान्छे राखेर उनले करिब चार दर्जन नयाँ कर्मचारी भर्ना गरेका छन् ।
अरूका चाकडी बजाउन सिपालु शर्माले साझामा अक्सफोर्डकै केही कर्मचारीलाई करारमा भर्ना गर्न भ्याएका छन् । अक्सफोर्डमा काम गर्ने डाइलकबाबु हमाल र उनका भाइ कुमार हमाललाई करारमा भर्ना गरेका छन् । यसैगरी, वन तथा भूसंरक्षणमन्त्री शंकर भण्डारीको सिफारिसमा विमल केसी, नेत्रविक्रम चन्दको पार्टीमा रहेका ललितबहादुर विश्वकर्मा र सांसद रञ्जुकुमारी झाको सिफारिसमा दिनेशकुमार मण्डल र हीरानन्द झालाई समेत करारमा राखेका छन् । यसैगरी, स्वैच्छिक अवकाशमा सूचीमा चढिसकेका केही कर्मचारीलाई माओवादीनिकट भएकै आधारमा थमौती गरिएको छ । ती भाग्यमानी कर्मचारीहरूमा जितेन्द्र मालाकार, गुनुमाया गुरुङ, राजु गुरुङ र डोलिन्द्रको चम्चागिरी गर्ने आत्मराम घिमिरेलाई थमौती गरिएको छ । यसैगरी, पत्रकार ठाकुर बेल्वासेकी श्रीमती रेवता पौडेल बेल्वासेलाई पनि करारमा भर्ना गरिएको छ । साथै, पहिला माउन्टेन टेलिभिजनमा काम गर्ने सुजिता केसीलाई डोलिन्द्रले आफ्नै स्वकीय सचिवमा राखेका छन् । उनलाई सूचना अधिकारीका रूपमा नियुक्त गरे पनि पीएका रूपमा राख्दै आएका छन् ।
अध्यक्ष शर्माले माओवादी नेता दीनानाथलाई कतिसम्म चाकडी गर्छन् भन्ने उदाहरण साझाका पूर्वअध्यक्ष ममता झाको छोरीको बिहेमा देखिएको थियो । ममताकी छोरीको बिहेको निम्तो मान्न पुगेका दीनानाथले बेहुलीलाई टीका लगाएर दिने पैसाको बन्दोबस्त पनि डोलिन्द्रले नै गरिदिएका थिए । डोलिन्द्रले खाममा केही रकम राखेर ‘दुलहीलाई दिनू’ भन्दै दीनानाथको हातमा त्यो खाम थमाइदिएका थिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply