शिक्षामन्त्री बहिनीलाई जागिर खुवाउन व्यस्त
काठमाडौं । शिक्षा नियमावलीमा मुख्य सचिव डा. सोमलाल सुवेदीले खलनायकको भूमिका खेलेपछि रन्थनिएका शिक्षामन्त्री धनीराम पौडेलले आफ्नी बहिनीलाई साझा प्रकाशनको प्रशासन प्रमुखमा नियुक्त गर्न पहल थालेका छन् । साझा प्रकाशनका अध्यक्ष एवं महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मा बेलायतबाट फर्केपछि सम्भवतः शिक्षामन्त्री पौडेलकी बहिनीले नियुक्ति पाउनेछिन् ।
गएको फागुन २९ गते बेलायत जानुअघि नै महाप्रबन्धक शर्माले शिक्षामन्त्रीकी बहिनी गीता पौडेललाई साझाको प्रशासन प्रमुखमा नियुक्त गर्न खोजेका थिए । तर, बेलायत उड्ने हतारोमा रहेका शर्माले पौडेललाई नियुक्त गर्न सकेनन् । त्यसपछि बेलायत पुगेर शर्माले आफ्ना स्वकीय सचिव सन्जिता केसीलाई फोन गरेर भने, ‘मैले एउटी बहिनीलाई पठाइदिएको छु, अहिले काम सिकाउँदै गर्नू । म फर्केपछि उनलाई त्यहाँ नियुक्ति गर्ने हो ।’
साझामा काम सिक्न गएकी शिक्षामन्त्री पौडेलकी बहिनी गीताले अध्यक्ष शर्माका स्वकीय सचिवलाई ‘मलाई प्रशासन प्रमुख बनाउन लाग्नुभएको छ’ भनेर कुरा खोलेकी थिइन् । शिक्षामन्त्री पौडेलले सिधै निर्देशन दिएर साझामा आफ्नै बहिनीलाई नियुक्ति गर्न लागेको बताइन्छ ।
यसैगरी, साझाका कर्मचारीहरूले व्यवस्थापन पक्षलाई दबाब दिन केही मागहरूसमेत राखेका छन् । साझा प्रकाशन कर्मचारी संघ र साझा प्रकाशन कर्मचारी संगठन नेपालले व्यवस्थापनसमक्ष राष्ट्रिय सहकारी बैंकलाई तिर्नुपर्ने ऋण तत्काल भुक्तानी गर्न, २० वर्षे अनिवार्य अवकाशको निर्णय खारेज गर्न, पद, दायित्व र जिम्मेवारीअनुरूप कर्मचारीहरूको व्यवस्थापन गर्न र स्वैच्छिक अवकाशको नाममा जबर्जस्ती हटाइएका कर्मचारीहरूले पाउने उपदान तत्काल उपलब्ध गराउन ध्यानाकर्षण गराएको छ ।
त्यसो त साझाका कर्मचारीहरूले विगत एक वर्षदेखि तलब खान पाइरहेका छैनन् । र, कर्मचारीहरूले उपदानसमेत पाइरहेका छैनन् । तर, महाप्रबन्धक शर्माले आफूखुसी भर्ना गरेका करिब ३५ जना नयाँ कर्मचारीहरूले भने तलब थापिरहेको बताइन्छ । साझाको बोर्डले महाप्रबन्धक शर्मालाई एकजना चालक र एकजना सहायक राख्न अनुमति दिए पनि उनले भने भटाभट ३५ जना कर्मचारी भर्ना गरिसकेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply