व्यापारीको चुनावमा युवा आकांक्षी धेरै
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन जति–जति नजिकिँदै छ, उद्योगी–व्यापारीहरूबीच आफ्नो समूहलाई जिताउने दौडधुप पनि उत्तिकै बढेको छ । वरिष्ठ उपाध्यक्षका उम्मेदवारद्वय शेखर गोल्छा र किशोर प्रधान बेग्लाबेग्लै समूह घोषणा गरेर चुनावी मैदानमा होमिएका छन् । प्रधान समूहले यसअघि नै आफ्नो समूह घोषणा गरेका थिए भने गोल्छाले भने मंगलबार उम्मेदवार घोषणा सभा गरेको छ ।
वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने व्यवस्था विधानले गरेपछि अहिले वरिष्ठ उपाध्यक्षका लागि कडा प्रतिस्पर्धा देखिएको हो । वरिष्ठ उपाध्यक्षका साथै अरू उपाध्यक्षहरूमा पनि कडा प्रतिस्पर्धा हुने देखिएको छ । तर, एसोसिएटतर्फको उपाध्यक्षमा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्र ढकाल निर्विरोध भएका छन् । एसोसिएटतर्फको उपाध्यक्षमा अरू कसैले उम्मेदवारी नदिएका हुँदा उनी स्वतः चयन भएका हुन् ।
गोल्छा समूहबाट वस्तुगततर्फको उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्ला नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ उठेका छन् भने प्रधान समूहबाट वस्तुगततर्फ शंकर पाण्डे र जिल्ला नगरमा प्रमोद श्रेष्ठ उठेका छन् । वस्तुगतकै उपाध्यक्षमा अनुपबहादुर मल्ल पनि उठेका छन् । त्यस्तै, जिल्ला नगरतर्फ १८ सदस्यका लागि २९ जनाले, एसोसिएटतर्फ १९ सदस्यका लागि ३१ जनाले उम्मेदवारी दिएका छन् ।
यसपटकको महासंघको चुनावमा केही पूर्वअध्यक्षका छोराहरूले पनि उम्मेदवारी दिएका छन् । जसमा पूर्वअध्यक्ष पद्मज्योतिका छोरा सौरभ ज्योति, प्रदीपकुमार श्रेष्ठका छोरा उदीप श्रेष्ठ र प्रदीपराज पाण्डेका छोरा प्रबलजंग पाण्डेले एसोसियटतर्फ सदस्यमा उम्मेदवारी दिएका छन् । यसपटकको महासंघको निर्वाचनमा अधिकांश युवाहरूले आकांक्षा देखाएका छन् ।
गोल्छाको समूहमा विवादमा मुछिएका उम्मेदवारहरू त्यति नभए पनि प्रधानको समूहमा भने केही विवादास्पद व्यक्तिहरू रहेका छन् । वैदेशिक रोजगारी क्षेत्रमा विसंगति भिœयाउन माहिर ठानिएका हंसराज वाग्ले र ग्यासको फुटरिंक गरेर बदनामी कमाएका शिवप्रसाद घिमिरे प्रधान समूहबाट चुनाव उठेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply