बाबुरामलाई जताततै झड्का
काठमाडौं । माओवादीमा छँदा पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेलेपछि नयाँ शक्ति खोलेर राजनीतिमा जम्ने इच्छा पालेका डा. बाबुराम भट्टराई बिस्तारै एक्लिँदै गइरहेका छन् । विगत केही समययता नयाँ शक्ति छाडेर हिँड्नेहरूको लर्को नै लागेपछि डा. भट्टराईलाई अब पत्नी हिसिला यमी र केही आसेपासेहरूले मात्र पछ्याउने सम्भावना बढ्दै गएको छ ।
नयाँ शक्ति छाडेर हिँड्नेहरूले डा. भट्टराईले पार्टीभित्र निरंकुशता लादेको आरोप लगाउने गरेका छन् । डा. भट्टराईमा प्रजातान्त्रिक शैली रत्तिभर नभएको आरोप पनि सो पार्टी छाडेर हिँड्नेहरूले लगाउने गरेका हुन् । केही महिनाअघि नयाँ शक्तिभित्र डा. भट्टराईपछि ‘वैचारिक नेता’ बन्ने हैसियत राख्ने मुमाराम खनालले पनि आफ्नो विचार राख्न नपाएको झोंकमा पार्टी छाडेका थिए । प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण सिध्याएर नेपाल फर्किएपछि त्यसको विरोधमा नयाँ शक्तिले जुलुस निकालेपछि खनालले बाबुरामप्रति कटाक्ष गर्दै फेसबुकमा असन्तुष्टिका केही शब्दहरू लेखेका थिए । त्यसलगत्तै खनाललाई स्पष्टीकरण सोध्ने तयारी भइरहेकै बेला खनालले सो पार्टी त्यागेका थिए ।
खनालपछि अर्का खनाल अर्थात् रामेश्वर खनालले पनि बाबुरामको साथ छाडेका थिए । पूर्वसचिव खनालको राम्रो छवि भएको हुँदा उनलाई बाबुरामले नयाँ शक्तिमा राम्रै स्थान दिएर भिœयाएका थिए । तर, बाबुरामको शैलीप्रति चित्त नबुझेपछि खनालले नयाँ शक्तिसँग सम्बन्धविच्छेद गरेका थिए । त्यसपछि नयाँ शक्ति छाड्नेहरूको लर्को नै आएको छ ।
केही दिनअघि पूर्वप्रधानमन्त्री झलनाथ खनालको जनसम्पर्क सल्लाहकार रहिसकेका निर्मल भट्टराईलगायतले पनि नयाँ शक्ति छाडेका छन् । एमालेसँग बिरक्तिएर नयाँ शक्तिमा गएका भट्टराई, हरिराम रिमाललगायतले सो पार्टीभित्र वैचारिक बहस गर्न नपाएको भन्दै फरक मत राख्दै आएका थिए । उनीहरूले समानान्तर भेला राख्ने सुइँको पाएपछि नयाँ शक्तिले कारबाही गरेर निष्कासन गरेको थियो । त्यसअघि नै नयाँ शक्तिको सिंगो सोलुखुम्बु जिल्ला कमिटी नै एमालेमा समाहित भएको थियो । नयाँ शक्तिका केन्द्रीय पार्षद् उत्तम बस्नेतसहित सयौं कार्यकर्ताले एमाले प्रवेश गरेका थिए । बस्नेतलाई अहिले एमालेले १ नम्बर प्रदेश सदस्यको जिम्मेवारी दिइसकेको छ ।
पछिल्लोपटक डा. भट्टराईलाई ठूलो झट्का सो पार्टीका तीनजनामध्ये एक सहसंयोजक महेश कोर्मोचाले पार्टी छाडेर विजयकुमार गच्छदारको फोरम लोकतान्त्रिकमा गएपछि लागेको छ । कोर्मोचालाई आदिवासी, जनजाति फाँट हेर्ने गरी डा. भट्टराईले जिम्मा दिएका थिए । तर, उनी देव लिम्बूसहित ठूलो संख्या लिएर फोरम लोकतान्त्रिकमा प्रवेश गरेका छन् । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग सहकार्य गरेका डा. भट्टराईका सहसंयोजक कोर्मोचाले यादवसँग छुट्टिएका गच्छदारको पार्टीमा प्रवेश गर्नुले भट्टराईलाई झट्का लाग्न पुगेको बताइन्छ ।
माओवादी केन्द्रको आन्तरिक मूल्यांकन ः राप्रपा मुख्य प्रतिस्पर्धी
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply