राष्ट्रपतिमार्फत एमालेलाई सन्देश दिने दिल्लीको तयारी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीे छिमेकी राष्ट्र भारतको ६ दिने राजकीय भ्रमणका लागि ४ वैशाखमा नयाँ दिल्ली प्रस्थान गर्ने भएकी छन् । यद्यपि, सरकारले कार्यक्रम स्वीकृत गरिनसकेकाले भ्रमण सुनिश्चित भने भइसकेको छैन । नयाँ संविधान जारी भएपछि कार्यान्वयन हुन नदिने उद्देश्यले भारतले गरेको नाकाबन्दीले दुई देशबीचको सम्बन्धमा उत्पन्न दरार अझै पूर्ति नभइसकेको पृष्ठभूमिमा राष्ट्रपति भण्डारीको भ्रमणलाई निकै अर्थपूर्ण ढंगले हेरिएको छ । ३१ वैशाखमा आयोजित स्थानीय तहको निर्वाचनको संघारमा राजकीय भ्रमण हुन लागेकाले पनि यसलाई अझ बढी महŒवका साथ हेरिएको हो ।
४ वैशाखबाट ९ गतेसम्म राष्ट्रपति भण्डारीको भ्रमण ‘सेडुअल’ रहने त्यसक्रममा उनले भारतीय राष्ट्रपति प्रणव मुखर्जी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, सत्तारूढ पार्टी बीजेपीका अध्यक्ष अमित साह कंग्रेस आईकी अध्यक्ष सोनिया गान्धी, वरिष्ठ मन्त्रीहरू, प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोबललगायतसँग भेटवार्ता हुने सूचना बाहिर आए पनि सरकार र राष्ट्रपति कार्यालय दुवैले अहिलेसम्म औपचारिक रूपमा बाहिर ल्याएको छैन । आफ्ना स्वार्थहरू पूरा नभएपछि मधेसी मोर्चालाई ‘स्पेस’ दिएर दुई चरणमा चुनाव गर्नुपर्ने लाइनमा उभिएको भारतले कम्तीमा राष्ट्रपति भण्डारीको भ्रमणअघि संविधान संशोधन भएमा सम्बन्ध पूर्ववत् र सहज ढंगले अघि बढ्थ्यो भन्ने सन्देश कूटनीतिक र अनौपचारिक च्यानलमार्फत सम्प्रेषित गरिरहेको बुझिएको छ । त्यसो हुँदा चुनावलाई खुलेर सहयोग गर्ने मात्रै होइन, नेपालले लाभ लिन सक्ने गरी अन्य प्रकारका सम्झौता गर्नसमेत भारतीय पक्ष तयार रहेको सूत्रहरूले जनाएका छन् । त्यसका निम्ति नवनियुक्त राजदूत मन्जिभसिंह पुरीले कूटनीतिक माध्यमबाट सक्रियता देखाइरहेको बताइएको छ । तर, स्थानीय तहको अधिकार कटौती गर्ने गरी संशोधन ल्याइएकाले भ्रमणअघि भारतीय चाहनाअनुसार संविधान संशोधनको सम्भावना लगभग शून्यजस्तै देखिएको छ । किनकि, संशोधनमा अनिवार्य सहमति आवश्यक पर्ने प्रमुख प्रतिपक्षी दल एमालेले स्थानीय तहलाई थप कमजोर तुल्याउने गरी मधेसी मोर्चाको सानो झुन्डको स्वार्थमा सिंगै मधेसका नाममा संशोधनलाई कुनै हालतमा स्विकार्न नसकिने अडान राखिरहेको छ । सीमांकन मुद्दा थाती राखेर सामाजिक सद्भाव भड्काउने, मोर्चाको माध्यमबाट चलखेल जारी राखी अस्थिरता कायम राखिरहने ‘डिजाइन’ बारे एमाले नेतृत्व सजग मात्रै होइन, अझ बढी एकताबद्ध साथ चुनाव सामना गर्दै अघि बढ्ने निष्कर्षमा पुगेको छ । एमालेले चुनाव नजिकिँदै गर्दा देशव्यापी पक्षमा माहोल सिर्जना हुँदै जाँदा राष्ट्रिय–अन्तर्राष्ट्रिय शक्ति घेराबन्दीमा लागेको बताउँदै आएको छ । यस परिप्रेक्ष्यमा भारतले राष्ट्रपति भण्डारीमार्फत एमालेलाई सन्देश दिन खोजेको समेत बुद्धिजीवीहरूले विश्लेषण गर्न थालेका छन् । स्रोतका अनुसार भारतले राष्ट्रपति भण्डारीमार्फत आफूहरू मधेसी मोर्चाको निकट नभएको र एमालेविरोधी पनि नहुने सन्देश दिँदै बहुमत ल्याउने सम्भावना देखिएकाले सम्बन्ध प्रगाढ बनाउँदै अघि बढ्न चाहेको सन्देश दिन खोजेको छ । मधेसी मोर्चाको नाममा संविधान संशोधनबारे अनेक भ्रम फैलाइएकाले राष्ट्रपति भण्डारी स्वयं संशोधनले मधेसको हित गर्छ कि गर्दैन ? मधेसका अग्रज बुद्धिजीवी र विश्लेषकहरूसँग गम्भीर परामर्शमा छिन् । त्यस सिलसिलामा उनले एक चरण राष्ट्रपति कार्यालयमै छलफलसमेत चलाइसकेकी छन् ।
यद्यपि, भारतले भने राष्ट्रपति भण्डारीलाई भव्यतापूर्वक स्वागत गर्न आतुरता देखाएको बताइन्छ । केही दिनअघि बंगलादेशकी प्रधानमन्त्री सेख हसिना वाजेदको स्वागतका लागि प्रधानमन्त्री नरेन्द्र मोदी स्वयं विमानस्थलमा पुगेर दक्षिण एसियामा राम्रो सम्बन्ध स्थापित गर्दै अघि बढ्न खोजेको सन्देश दिइएकाले पनि राष्ट्रपति भण्डारीको भ्रमणलाई त्यही स्तरको महŒव दिने अनुमान गरिएको छ । पटक–पटक आमन्त्रण गरे पनि नाकाबन्दीका कारण तत्कालीन केपी ओली नेतृत्वको सरकारले अनुमति नदिएपछि राष्ट्रपति भण्डारीको भारत भ्रमण रोकिएको थियो । तर, यसपटकको भ्रमणमा भने परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत नै सामेल हुने भएकाले दुई देशबीच कुनै महŒवपूर्ण सम्झौताका लागि पनि आन्तरिक गृहकार्य भइरहेको हुनसक्ने अनुमान गरिएको छ । राष्ट्रपतिको भ्रमण टोली उच्चस्तरीय हुने भएकाले बढीमा डेढदेखि दुई दर्जन मात्रै सामेल हुने स्रोतको भनाइ छ ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply